Top Navigation
Main Navigation
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ओलम्पिकमा ४ महिलासहित ५ खेलाडी सहभागी 
ओलम्पिकमा ४ महिलासहित ५ खेलाडी सहभागी 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २३, २०७८

काठमाडौँ ।  जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । 

खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह, अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नेछ। 

नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुुर्याएको योगदानका आधारमा उनीहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनौटमा परेको हो। छनौट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी रहेका छन् ।  

Nepal Oil Corporation

सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनौट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा बधाई तथा शुुभकामना कार्यक्रमको आयोजना गरिएको थियो। 

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मानस्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरेको हो। सो अवसरमा प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म सङ्गठनका २४ खेलाडीले  ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए। 

प्रधानसेनापति थापाले भने, “ओलम्पिकमा सहभागी हुन पाउनु सेना र राष्ट्रका लागि महत्वपूर्ण अवसर हो। सैनिक खेलाडीलाई खेलविधामार्फत नेपाल र नेपालीको प्रतिष्ठा बढाउने अवसर प्राप्त भएको छ।” 

जापानको टोकियोमै आजभन्दा ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो।  

उक्त ओलम्पिकमा भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएको थियो । पहिलो प्रवेशको करीब ५६ वर्षपछि टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । संसारकै सबैभन्दा ठूलो खेलकूद कुम्भ मेलामा सहभागिता पाउनु नै पनि राष्ट्रका लागि ठूला प्रतिष्ठा हो।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रुपमा रहेको ओलम्पिकमा छनोट हुनुु पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताए । 

अध्यक्ष श्रेष्ठले भने, “ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्डकार्ड’ मार्फत छनौटमा पर्न सफल भएको छ।“

नेपाल खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र सङ्गीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्डकार्डमार्फत प्रतिनिधित्व हुँदै आएको बताए। 

उनले भने, “विगतमा पौडी र एथेलेटिक्समा दुई–दुईजना खेलाडीको अनिवार्य गरेकामा यस पटक भने एथेलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छौंं।”

नेपाली सेना सैनिक शारिरीक तालीम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमाझीले सेनामा खेलकूदका लागि संस्थापक रुपमा त्रिभुवन आर्मी क्लब स्थापनाबाट शुरु भएपछि तल्लो तहबाट खेलाडी छनौट गरी प्रतियोगिता सञ्चालन गर्दै आएको आधार र निरन्तरताले हाम्रा खेलाडी ओलम्पिक छनौटमा योग्य ठहरिनु निकै खुशीको क्षण भएको प्रतिक्रिया दिएका थिए। 

त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रका च्याम्पियन विभागीय टिम हो । नेपालका तर्फबाट सहभागी पाँचमध्ये चार अर्थात् ८० प्रतिशत महिला खेलाडी छन्। 

परिषद् र ओलम्पिक कमिटीले पहिलोपटक यस पटक खेलाडीलाई उत्साह र राम्रो प्रदर्शनी होस् भनेर पाँचतारे होटेलमा राखेर प्रशिक्षण दिइएको छ। 
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १९:३६
##TokyoOlympics
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्