Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • हाम्रो जीवन र प्रकृति
हाम्रो जीवन र प्रकृति
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, जेठ १२, २०८१

 जीवनको परिभाषा दिने दार्शनिकहरू धेरै छन् कोही जीवनलाई वियोगान्तसँग गाँसेर जिन्दगीका आयामहरूलाई चिरफार गर्छन् त कोही संयोगान्तसँग जीवनलाई गाँसेर रमाइलोलाई जिन्दगीको पर्याय हो भनेर बताउँछन् ।

जीवनको बारेमा जसले जस्तो व्याख्या गरेपनि पूर्वीय दर्शनले मोक्षको महत्वलाई जीवनको मूल लक्ष्य हुनुपर्छ भनेर मान्दछ। जसबाट दीक्षित हुने हो भने जीवन मृत्युसँग मात्र लक्षित भएर व्यथित हुन्छ भन्दा फरक पर्दैन ।

वास्तवमा प्रकृतिभन्दा सुन्दर आधुनिकताबाट निर्मित कुनै पनि भौतिक वस्तु हुनै सक्दैन । भौतिक रमझमले भुलाइएको समाज प्रकृतिको निकटता भन्दा धेरै टाढा हुनु आफैमा मानवता विपरीत कर्म हुने भएकोले आधुनिकताले पृथ्वीको नेतृत्व गर्न सक्दैन ।

नजरहरू भ्रममा भएकै कारण आज विश्व नै मान्छेको परिभाषाभित्र अट्न सकेको छैन । आधुनिकता स्वार्थको पुलिन्दा हुनु भनेको जगतको मर्यादा राख्न नसकेर जगत नै मान्छेको पर्याय हुन नसक्नु हो ।

संसार आज सुविधाहरूभित्र मान्छेलाई कैद गरेर मेसिन झैँ भएर बसेको छ । आफ्ना र पराई छुट्याउने साधन मन नै हो। तर आज मन पनि मेसिन भित्र कैद छ । मित्रता, दया, माया, करुणा र मनसँगै सम्बन्धित मानवीय संवेदनशीलता भौतिकतासँग साटिएको वर्तमान परिस्थिति यसको बलियो दृष्टान्त हो । आज भौतिक उन्नतिमा मात्र केन्द्रित मान्छे प्रकृति भन्दा माथि उठ्न चाहन्छ्र तर प्रकृति दैवीय शक्तिसँग निकट भएका कारण यो असम्भव छ ।

परिवर्तनशील समयले वातावरणको निर्धारित  रेशा कोर्दछ । जसमा विविध रमाइला पक्षहरूको  रसस्वादन गर्ने अवसरहरू पाइन्छ । यामहरूको विविधतालाई प्रकृतिले गति दिएर परिवर्तनशील वातावरणको निर्माण गर्दछ । कुनै पनि ठूलो भौतिक उन्नति भीमकाय भएर नजर नपुगी ओझेलमै परेर छेकिएता पनि प्रकृतिको तुलनामा यो आमाको लागि शिशु  भए झैँ हुन जान्छ्।

मानिसले बनाएका जस्तोसुकै निर्माण किन नहोस् त्यो प्रकृतिका निर्माता अदृश्य शक्तिसँग तुलनीय हुन सक्दैन। सुखसँग मात्र गाँसिएर हेरिने कृतिम सोच मान्छेका लागि जति उपयोगी हुन्छ तत्कालदेखि क्रमबद्ध भएर आउने नकारात्मक असर त्यो भन्दा अनुपयोगी भएर मानिस भित्रै देखा पर्दछ्।

प्रकृतिले दिने आनन्द सधैँ सकारात्मक ऊर्जाबाट सञ्चालित हुन्छ । यो आफैमा मानव कल्याण र हितमा अग्रसर हुन्छ। हिजोका मान्छेहरुले धेरै सुविधा भोकको चाहना राखेर जिन्दगीको यात्रा गरेकै कारण संसार भौतिक उन्नतिको पराकाष्टा नजिक पुगेको हो।

यो अस्वभाविक भने पटक्कै होइन। तर प्रकृतिको दोहनबाट मान्छेले प्राप्त गरेको सुविधा आफ्नै विरुद्ध भएको स्वयं उसले थाहा पाएर बुझ पचाउनु भने जगतकै लागि चुनौती मात्र नभएर वर्तमानबाट रमाएका मान्छेकै विरुद्ध मान्छे उभिनु हो ।

पछिल्ला पुस्ताहरूको आयु विगतका मान्छेहरुसँग तुलनात्मक अध्ययन गर्दा देखिएको असमान औसत आज  मान्छेका लागि मान्छेले सुविधा दिलाउनको  लागि गरेको भौतिक उन्नतिकै कारण देखा परेको हो ।

औद्योगिकरणले विश्व ढाकेर मान्छेलाई मेसिन झैँ जिउन बाध्य यसरी क्रमश बनाउँदै लैजाने हो भने  भौतिक सुविधाले मान्छे तृप्त भएपनि  क्रमश मानवीय सम्बन्धहरू स्नेह रहित हुँदै जाने सम्भावना बलियो बन्दै जान्छ्र ।

प्रकृतिले केवल हिमाल, पहाड, नदी र जङ्गलसँग मात्र आफ्नो अस्तित्व जागृत गर्दैन । संसारमा अटेका सबै प्राणी र तिनले गर्ने व्यवहार, संस्कार, संस्कृति  र परम्परा आदि सबै प्रकृतिबाटै प्राप्त अवयवहरू हुन् । किनभने विभिन्न भूभागमा बसोबास गर्ने हरेक प्राणीहरूले त्यहाँको वातावरण र हावापानी सुहाउँदो जीवन यापन गरेर आफ्नो संस्कार, संस्कृति र परम्परालाई धानिरहेका हुन्छन् ।

प्रकृतिको सुन्दरता वातावरण र समयानुकूल हुने भएकै कारण विभिन्न भूभागमा बस्ने मानिसहरू आआफ्नै ढङ्गबाट लाभान्वित हुने गर्छन्। र त विज्ञानको मूल आधार प्रकृति नै हो भन्ने कुरा विभिन्न ठूला ठूला वैज्ञानिक आविष्कारहरूले सिद्ध गरिसकेको छ।

प्रकृति भन्दा टाढा रहेर यदि विज्ञानले आफ्नो अस्तित्वको लडाई लडेको भए आज विश्वले यति ठूलो भौतिक उन्नति गर्न सक्दैन थियो। किनकि हरेक मान्छेका लागि मान्छेले गरेको हितमा सम्बन्धित प्राविधिक प्रयोगहरू प्रकृतिकै आधारमा निर्धारित भएर हामीसम्म आइपुगेको हुन्छ।

त्यसैले मान्छेको जीवन प्रकृति भन्दा टाढा भएर एकछिनको रमझममा हराउँदा कालान्तरमा मान्छे नै  समुल रुपमा हराउने सम्भावना बढेर जान्छ।मानव सभ्यताको विकास सम्बर्धन र सवलीकरण प्रकृतिकै रेखदेखमा सम्भव भएको हो । हाम्रा पुर्खाहरूले अहिले हामीले गरेको जस्तो प्रकृतिको दोहन गरेको भए आज हामी सबैको संख्या यति ठूलो हुने थिएन ।

विगतदेखि निरन्तर प्रकृतिले आफ्नो अस्तित्व जागृत अवस्थामा राखेकै कारण आजको विश्वले मान्छेको महत्व र औचित्यलाई दर्शाउन सकेको  हो। अन्यथा हामी मानवीय हितको आवाज र व्यवहार विहीन भइ सक्ने थियौँ ।

आँखाले देखिने भौतिक वस्तुहरूले हामीलाई क्रमश भुलाउँदै लग्यो भने आफूलाई पनि भुल्नेछौँ । र आफ्नै मौलिकताबाट पनि वञ्चित हुनेछौं भन्ने कुराको हेक्का हामीले समयमै राखेनौ भने हाम्रा पछिल्ला पुस्ताहरुले आफ्नो मौलिक अस्तित्वको खोजी गर्ने क्रममा हामीलाई क्षमा गर्ने छैन।

प्रकृति हाम्रो वास्तविक स्वरूप हो । मान्छे स्वयं पनि प्रकृतिकै पर्याय हो ।  प्रकृतिको विपरीत भएर हामी अगाडि बढ्न खोज्यौँ भने संसारमा अमानवीय क्रियाकलापको तीव्र वृद्धि भएर जानेछ ।

विश्वभरिका मानिस आज असन्तुलित, अराजक र अशान्त हुनुको कारण पनि यही हो। प्रकृतिले मान्छे, घर, परिवार, समाज, देश र संसारलाई नै सन्तुलित राखेर जिउने आधारहरुको निर्माण गर्दछ । प्रकृति नै मान्छे हो र मान्छे नै प्रकृति किनभने प्रकृतिकै चाहना बमोजिम हामी सबैले आफ्नो जीवन यापन गर्ने क्रम र अवयवहरूको संरक्षण र सम्बर्धन गर्ने गर्दछौं।

प्रकृतिको सम्मान नगर्दा खेरिको दुष्परिणामहरु कहिले बाढी कहिले पहिरो बनेर हामी माझ बेलाबेलामा देखापर्दै मानवीय क्षति गरिरहेको हुन्छ तसर्थ प्रकृतिको विरुद्ध जानु भनेको हामीले आफ्नै विरुद्ध जानु हो।

तसर्थ हाम्रो जस्तो गरिब देशमा अर्थोपार्जनको लागि नदीनालाहरूबाट बालुवा, गिट्टी झिक्नु मानव स्वार्थका लागि वनजङ्गल को विनाश गर्नु आदि सबै हेर्दा प्रत्यक्ष रुपमा मानव हित विपरीत नदेखिएता पनि अप्रत्यक्ष रुपमा यस्तो कार्यले हामीलाई नै प्राकृतिक दुर्घटना तर्फ डोर्याउँछ्र त्यसकारण प्रकृतिको सम्मान र संरक्षण गर्नु भनेको हामीले आफ्नै संरक्षण र सम्मान गर्नु हो ।

                    

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १७:२६
##PrajwalGhimire
प्रतिक्रिया दिनुहोस्
थप विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
  • नंः ५ महाविपत्तिमा एकता अपरिहार्य
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्