Top Navigation
Main Navigation
शुक्रबार, फागुन १५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, फागुन १५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि आर्थिक विधेयक-२०८१
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १६, २०८१

काठमाडौँ । संसद्मा प्रस्तुत भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले विभिन्न वस्तु तथा सेवामा करका दर हेरफेर गरेको छ ।

आर्थिक विधेयकमार्फत उद्योगले पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम कायम गरेको छ । 

औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका कच्चापदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ ।

आलु, प्याज, स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज भएको छ । मदिरा, बियर, सूर्ति र चुरोटमा लगाइएको अन्तःशुल्क बढेको छ ।

पेट्रोलियम पदार्थ र कोइलाजन्य वस्तु आयातमा हरित कर लगाइएको छ । मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्ड वृद्धि गरी तीस लाख पुर्याइएको छ ।

दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फार्म तथा उद्योगले पैठारी गर्ने ‘स्टिल मिल्क क्यान’मा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ १ प्रतिशत मात्र कायम गरिएको छ ।

निकासी कर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेश गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पुर्याइएको छ ।

आर्थिक विधेयकअनुसार विभिन्न वस्तुको आयातमा भन्सार विन्दुमा लाग्ने कृषि सुधार शुल्क ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत कायम गरिएको छ। ‘प्यासिफिक सालमोन’, ‘सोले’, ‘स्पिकज्याक टुना’, ‘डगफिस’ तथा अन्य ‘सार्क’हरु, ‘अल्बाकोर’ तथा लामो पखेटा भएका टुनालगायत माछाको आयातमा शुल्क ९ प्रतिशत पुर्याइएको छ ।

मुसुरोको दाल (स्प्लिट रेड लेन्टिल्स) को निकासीमा प्रति किलोग्राम रु १ निकासी महसुल लाग्दै आएकोमा त्यसलाई हटाइएको छ। ‘पोलिप्रोपलिन’, ‘पोलिआइसोब्युटलिन’, ‘प्रोपलिन कोपोलिमर’ जस्ता वस्तुमा प्रति किलोग्राम रु ५ बराबर निकासी महसुल लाग्ने गरी परिवर्तन भएको छ। 

काठमा कोणधारी (कोनिफेरस), गैरकोणधारी (नन्को(निफोरस) मा दुई सय प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारिएको छ। सल्लो, देवदारु, भोजपत्र, लहरे पिपललगायतका काठमा लाग्ने निकासी महसुल घटेको हो ।

यसअघि पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा भन्सार महशुल नलाग्ने र योभन्दा बढी परिमाणमा आयात भएको १ सय ५० ग्रामसम्मको सुनमा ३ प्रतिशत भन्सार महशुल तिरेर ल्याउन सक्ने व्यवस्था रहेकोमा अब भन्सार तिरेर थप ५० ग्राम सुन मात्रै ल्याउन पाइनेछ ।

अस्थायी पैठारीमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि परिवर्तन गरिएको छ । एलपी ग्याँस ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्य स्थलमा अनलोड गर्न  वस्तु जाँचपास भएको ९६ घण्टासम्मको लागि १ हजार ५ सय कर लगाउने नयाँ व्यवस्था ल्याइएको छ ।

एलपी ग्यासबाहेक अन्य ढुवानी गरी ल्याएको ट्रक, ट्रेलर ट्याक्टर र अन्य ढुवानीका साधनलाई सो वस्तु गन्तव्यस्थलमा अनलोड गरी फर्कनका लागि वस्तु जाँचपास भएको ७२ घण्टासम्मको लागि १ हजार ५ सय रुपैयाँ शूल्क लाग्नेछ ।

अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कुटरमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । त्यस्तै, विद्युतीय सवारीमा प्रयोग हुने स्वदेशी उद्योगबाट उत्पादन भएका ‘डिप साइकल लिड एसिड ब्याट्री’ मा पनि शून्य दरको भ्याट कायम गरिएको छ ।

मूल्य अभिवृद्धि कर २०५२ को दफा ५ को उपदफा ३ सँग सम्बन्धित आधारभूत कृषिवस्तु आलु, प्याज, छ्यापी, लसुन, डुण्डु, स्याउ, नास्पाती, ‘क्विन्स’लगायत उत्पादनहरुमा भ्याट नलाग्ने व्यवस्था गरिएको छ ।

जलविद्युत् उत्पादन, वितरण तथा प्रसारणलाइन आयोजनाका लागि आवश्यक पर्ने निर्माण उपकरण, मेसिनरी औजार र त्यससँग सम्बन्धित पाटपुर्जा आयात गर्दा सम्बन्धित निकायको सिफारिसमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था राखिएको छ ।

विसं २०८२ चैत महिनासम्म वित्तीय व्यवस्थापन सम्पन्न भएका दुई सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशययुक्त जलविद्युत् आयोजनाको लागि लगानी बोर्डको सिफारिस र अन्य आयोजनाको हकमा विद्युत् विकास विभागको सिफारिसमा निर्माण उपकरण, प्लान्ट मेसिनरी औजार तथा त्यसका पाटपूर्जा, विस्फोटक पदार्थ, पेनस्टक पाइपलगायतका वस्तुमा भ्याट छुट दिइएको छ ।

आर्थिक विधेयकले सुकाएको नरिवलको गुदी (कोप्रा) मा १५ प्रतिशत अन्तःशूल्क लगाइएको छ । उखुको खुदोमा प्रति क्विन्टर रु १ सय ५ बराबर अन्तःशूल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु १ सय १० बनाइएको छ । 

बलगर गहुँ, कर्नफ्लेक्स र तौलमा कोकोको मात्रा ६ प्रतिशत भन्दा बढी भएका चकलेटमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ। भोगटे, पमेलो, भुईकटहर, क्यानबेरी, आँपलगायतका जुसमा १३ प्रतिशत अन्तःशूल्क लाग्दै आएकोमा ५० पैसा थप गरिएको छ ।

सूर्तीरहित पान मसलामा प्रतिकिलो रु ८ सय ५० अन्तःशुल्क लाग्दै आएकोमा रु ८ सय ७५ बनाइएको छ । सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो रु ३ सय ६५ लाग्दै आएको अन्तःशूल्कलाई रु ३ सय ७५ बनाइएको छ ।

अल्कोहल रहित बियरमा प्रतिलिटर रु ३५ बाट रु ४५, ‘इनर्जी ड्रिङ्स’मा प्रतिलिटर रु ५० बाट रु ५२ पुर्याइएको छ। १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर रु १६ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएमा प्रतिलिटर रु १९ बराबर अन्तःशुल्क बढाइएको छ। त्यस्तै, छ्याङ (कन्ट्रि बियर) मा प्रतिलिटर रु ४३ रहेको अन्तःशूल्कलाई रु ४८ पुर्याइएको छ ।

१५ युपि शक्तिको ४८ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्राण्डीमा प्रतिलिटर रु १ हजार ८ सय बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु १ हजार ८ सय ६० पु(याइएको छ । २५ युपि शक्ति भएको यस्तो प्रकृतिको ब्राण्डीमा प्रतिलिटर रु ४५ कर बढाइएको छ।

सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली रु ३० अन्तःशूल्क लाग्दै आएकोमा रु ३१ बनाइएको छ । त्यस्तै, फिल्टर नभएको चुरोटमा प्रति एम रु ७ सय ३० बराबर लाग्दै आएको अन्तःशुल्क लाई बढाएर प्रतिएम रु ७ सय ५५ बनाइएको छ ।

त्यस्तै, फिल्टर भएको रु ७० मिलिमिटरसम्मको चुरोटमा प्रति एम रु ५० अन्तःशुल्क बढाइएको छ । यसअघि प्रति एम रु १ हजार ६ सय ९० बराबर अन्तःशुल्क लाग्दै आएको त्यसलाई बढाएर रु १ हजार ७ सय ४० पु(याइएको छ ।

त्यस्तै, जर्दा, खैनी, नस गुट्खा र यस्तै सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलोग्राम रु ८ सय ५० बराबर लाग्दै आएको अन्तःशुल्कलाई रु प्रति किलोग्राम रु ८ सय ८० बनाइएको छ ।

खुद्रा बिक्रीको लागि राखिएको काटिएको सुर्ती तथा धुलो सुर्ती (डस्ट टोबाको) को प्रति किलोग्राम रु ४ सय ७५ बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई रु ४ सय ८० बनाइएको छ ।

चुना मिलाई खाने खुद्रा बिक्रीको लागि प्याकिङ गरिएको सुर्तीमा प्रति किलोग्राम रु ४५ बराबर अन्तःशुल्क बढेको छ। हुक्का फ्लेबरमा प्रतिकिलोग्राम रु १ हजार ४ सय बराबर लाग्दै आएको अन्तःशुल्क बढेर रु १ हजार ५ सय पुगेको छ ।

विद्युतीय चुरोट (भेप) मा ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ । सुगन्धित अत्तर (बडि स्प्रे) तथा व्यक्तिगत गन्ध हटाउने र पसिना रोक्ने वस्तुमा रु १५ बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु २० पुर्याइएको छ । टायलको रुपमा वा रोलमा रहेका भुई ढाक्ने वस्तु (फ्लोर कभरिङ) को अन्तःशुल्क ५ प्रतशितबाट बढेर १० प्रतिशत पुगेको छ ।

फलाम वा अमिश्रित इस्पात (नन एल्बाए स्टील) का अर्धतयारी उत्पादनको अन्तःशूल्क हटाइएको छ । ल्यापटप तथा नोटबुकमा ५ प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

पिक पावर ५० किलोवाटभन्दा कमका विद्युतीय सवारीलाई ५ प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५० देखि सय किलोवाटसम्मका विद्युतीय सवारी साधनलाई १५ प्रतिशत लगाइएको छ ।

पेट्रोलियम पदार्थमा हरित कर लगाइएको छ । बिटुमिन कोइलालगायत वस्तुमा प्रतिकिलो ५० पैसा र डिजेल तथा  पेट्रोलमा प्रतिकिलो रु १ बराबर हरित कर लगाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास बिहीबार, माघ ३०, २०८२
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक सोमबार, माघ २७, २०८२
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’ शुक्रबार, माघ २४, २०८२
हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे बुधबार, माघ २२, २०८२
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ४ कविता : गाउँ-शहर
  • नंः ५ मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्