Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • शिरिषको फूलबाट चम्किएका युगिन कलाकार जगत राजथला 
शिरिषको फूलबाट चम्किएका युगिन कलाकार जगत राजथला 
श्याम स्मृत
श्याम स्मृत शनिबार, जेठ १९, २०८१

काठमाडौं । नेपाली साहित्य आकाशमा पारिजातको ’शिरीषको फूल’ अमर कृति हो । यो अमर कृति लेखेर विष्णुकुमारी वाइवा अर्थात पारिजात कालजयी बनिन्। विसं.२०२२ सालमा प्रकाशित कृतिले त्यही वर्ष मदन पुरस्कार पायो।

साहित्य अनुरागीमाझ विशिष्ट कृतिका रुपमा गढेको ’शिरीषको फूल’ माथि चलचित्र निर्माण गर्ने साहस मिठो भूलवाट बनेका युगिन कलाकार जगत राजथलाले गरे। 

चलचित्र ’शिरीषको फूल’मा शिवराजको बुलन्द अभिनय गर्ने कलाकारका रुपमा पनि उनी चर्चित बने । यो चलचित्र साठीको दशकमा कलाकार राजथलाले निर्माण गरेका भएतापनि विभिन्न आर्थिक कारणले विसं.२०७० सालमा आएर मात्र प्रर्दशन भयो । 

sirisko-phool-1717252180.jpg

जापानी निर्देशक तोसिआकी इतोहको निर्देशन तथा शर्मिला गुरुङ र गणेश लामा अभिनित जगत राजथलाको चलचित्र ’शिरीषको फूल’ बैशाख-जेठ महिना यसैपनि काठमाडौं सहर शिरीष फुलेर निलाम्मे भएको यही याममा चलचित्र रिलिज भयो ।

शहर सुन्दर देखाउने यो फूलको आयु लामो हुँदैन । फूलभन्दा पनि छोटो आयु चलचित्र ’शिरीषको फूल’को रह्यो। संयोगले फिल्म र फूल सँगै फुले, फूलले भमरा लोभ्याउने ल्याकत राख्यो होला । तर, फिल्मले साह्रै थोरैलाई आकर्षित गरेको त्यो बेलाका समिक्षकहरुले समिक्षा गरे। कृतिमा आधारित राम्रो चलचित्रले खासै बजार पाउन सकेन ।

जसको कारण युगिन कलाकार जगत राजथलाको यस चलचित्रमा भएको एक करोड लगानी फिर्ता हुन सकेन। राजथलाकै भाषामा भन्ने हो भने, चलचित्र ’शिरीषको फूल’वाट एक सुक्का पनि आम्दानी भएन ।

Jagat-Rajthala-14-1717252233.jpg

Jagat-Rajthala-5-1717252320.jpg

यद्यपि, उनलाई परम आनन्दको अनुभव भएको छ । चलचित्र ’शिरीषको फूल’को निर्माण गरेर आफू परमहंस जस्तो नै भएको र त्यति धेरै आनन्द कहिले पनि नपाएको बताउने उनी यो जीवनकै मिठो भूल भन्न रुचाउँछन् ।

वि.सं.२०४२ सालवाट रङ्गमञ्च अर्थात नाटक लाइनवाट नेपाली कलाकारिता क्षेत्रमा होम्मिएका कलाकार राजथला अभिनित पहिलो नाटक सिन्दूर माग्छ अधिकार हो । कलाकार राजथलाको थातथलो ललितपुरको लुभुका स्थानीयले निर्माण गरेको यसै नाटकवाट उनी कला क्षेत्रमा मज्जाले लागेका हुन् । जुन नाटक उनको कला क्षेत्रको लागि रोडम्याप नै बन्यो ।

काठमाडौंको राष्ट्रिय नाचघरवाट लगभग १५ किलोमिटर टाढाको बस्तीमा रहेको लुभुको शान तथा गौरब नै मानिएका कलाकार त्यस नाटकपछि काठमाडौंमा बाक्लै आतेजाते हुन थाल्यो । त्यो बेला सवारी साधनको बाक्लो सुविधा नभएको अवस्थामा पनि उनी आधारातसम्म काठमाडौंमा नै बसेर नाटकको रिहलसल गरेर सवारी नपाएपछि आधारातमा नै पैदल लुभु पुग्ने गरेका उनी घर पुग्दा विहान भैसकेको हुन्थ्यो।

Jagat-Rajthala-16-1717252402.jpeg

Jagat-Rajthala-17-1717252402.jpeg



यसरी संघर्षवाट बनेका कलाकार राजथला अभिनित गुरुप्रसाद मैनालीको अमर कृति नासोमा उनले गरेको जुठेको रोल त्यो बेला अत्यन्त चर्चाको विषय नै बन्यो । जसवाट अझ कला र कलाकारिताको लागि मरेर लाग्न आत्मप्रेरणा पाएको उनले यसवीचमा टेलिफिल्म आगोको झिल्कोमा पनि अभिनय गरे ।

धेरै नाटक र टेलिफिल्म खेले । त्यो बेलाका कलाकार दीपक क्षेत्रीसँग बाक्लै हिमचिम पनि बढ्यो । दीपक क्षेत्रीले नै अव नाटक र टेलिफिल्ममा मात्र रम्ने होइन, चलचित्र पनि बनाउनु पर्दछ भनेर प्रेरणा दिएपछि उनै कलाकार क्षेत्री मार्फत नेपाली चलचित्र उद्योगको दस्तावेज नै मानिएका चलचित्र लेखक तथा निर्देशक प्रकाश सायमीको उनको परिचय भयो ।

त्यो परिचय नै जीवनको अभूतपुर्व आयाम नै बन्न पुगेको उनको दावी छ । कला र कलाकारितामा कसैलाई गुरु नमानिकन अगाडि बढेको भएता पनि सिद्धहस्त चलचित्र लेखक तथा निर्देशक प्रकाश सायमीकै सदभाव, सदप्रयास र सहयोगवाट उनी राम्रा कलाकार बने।

Jagat-Rajthala-2-1717252320.jpg

कला क्षेत्रको गुरु उनले प्रकाश सायमीलाई नै मानेका छन् । मेरो आदर्श गुरु भनेर सम्मान दिएका छन् । प्रकाश सायमी निर्देशित सुपरहिट चलचित्र सिमानामा उनले अभिनयमा मात्र नगरिकन उक्त चलचित्रको योजनाकारको रुपमा पनि उनी थिए ।

लगानीकार नभएतापनि योजनाकार भएर प्रकाश सायमीसँग सहकार्य गर्न पाउँदाको त्यो गौरबतालाई उनले अविस्मरणीय नै मान्दै आएका छन्।चलचित्र सिमाना पछि प्रकाश सायमीकै चलचित्र रानीखोला तथा हतियारमा समेत विशेष भूमिकामा अभिनय गरेका कलाकार राजथलाले अनिल पाण्डेको निर्देशनमा चलचित्र मायाको जाल समेत निर्माण गरे ।

मायाको जाल देखि पछिल्लो कृतिमा आधारित चलचित्र ’शिरीषको फूल’ सम्मको अनुभवले परिपक्क बनेका उनले यस अवधिमा पितापूर्खाले अंशको रुपमा दिएको पाँच रोपनी जग्गा नै सिध्याएका थिए । यद्यपि, जिन्दगीप्रति कुनै गुनासो नराख्ने उनी यसलाई शिक्षाको रुपमा लिएर अगाडि बढ्ेको बताउँछन् ।

पाँच रोपनी जग्गा गएपछि जग्गाकै बिजनेश गरेर ती गुमेका सवै जग्गा फिर्ता लिन पनि सफल भएको बताउने उनी जिन्दगीवाट अत्यन्त खुशी छन्। पत्नी सरिता गुरुङ, दुई छोरी डिम्पल र मुस्कान, छोरा जमिनका साथमा खुशी र सुखी छन् ।

अनि याे पनि :

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १९:५०
##jagatrajthala
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्