Top Navigation
Main Navigation
सोमबार, कात्तिक ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, कात्तिक ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्लाई देश र जनतामा केद्रित गर्न सभामुखको जोड
संसद्लाई देश र जनतामा केद्रित गर्न सभामुखको जोड आज संसद् दिवस
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार १६, २०८१

काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएको छ ।

संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएको हो।

Devraj-Ghimire--1-1719725468.jpg

संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएको छ।

Nepal Oil Corporation

संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ।

मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेको छ ।

संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

आज संसद् दिवस

आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन ।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ।

संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन्।पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो।

उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।

देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ।बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् ।

उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८१  ११:२०
##devrajghimire
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा शनिबार, कात्तिक २, २०८२
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे शुक्रबार, कात्तिक १, २०८२
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन बिहीबार, असोज ९, २०८२
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड बिहीबार, असोज ९, २०८२
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन सोमबार, असोज ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ४ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ५ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्