Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • धिरेन दाइले नसमात्नुभएको भए आज जीवित हुँदैन थिएँ होला : अभिनेत्री विपना थापा
धिरेन दाइले नसमात्नुभएको भए आज जीवित हुँदैन थिएँ होला : अभिनेत्री विपना थापा विपना थापा अभिनित फिल्म ‘हस्व दीर्घ’ आजबाट रिलिज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, कात्तिक ३०, २०८१
Api Himal

काठमाडौँ । ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्थे सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी अभिनेत्री मनिषाको छायाँ उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ।

भारतको बलिउड नगरीमा एउटी नेपाली छोरीको ओजपूर्ण चर्चाले उनमा त्यो सोच आएको हुनुपर्छ। तर विडम्बना थापाका बाबुले छोरीलाई नायिकाका रुपमा सिनेमाको पर्दामा कहिल्यै देख्न पाएन । विपना छ वर्षको हुँदा उनी दिवङ्गत भए। उनलाई बुबाको त्यतिधेरै सम्झना पनि छैन।

आफ्ना बाबुको सपना सुनेकी अभिनेत्री विपना सानै उमेरदेखि नाच्नमा पारगङ्त थिए। काठमाडौँ स्युचाटारमा जन्मिएकी विपनासँग स्कुले जीवनमा के हुने र के गर्ने कुनै लक्ष्य थिएन । चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिए । नाच्न सिपालु विपना विमलालाई हेर्दै आफूलाई त्यस्तै बनाउने कल्पना गर्थे र आफैँलाई भन्थे, “कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु ।”

नभन्दै विपना नाच्नमा यति सिपालु थिए कि कक्षा ९ मा पढ्दै गर्दा नै स्कुलको वार्षिकोत्सवका लागि अरूलाई नृत्य सिकाउथे। आफ्ना बाबुको मनिषा जस्तै बनाउने सपना र अर्कोतर्फ विमला फूपु झैँ नृत्यङ्गना हुने चाहनाका बीच १३ वर्षको उमेरमा नै उनका लागि अभिनयको ढोका खुल्यो। त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएको थियो ।

Nepal Oil Corporation

उनी बाल कलाकारका रुपमा भएको अभिनय यात्रा यसरी सम्झना गर्छन् । “उहाँ मेरो बाबाको साथी हो। उहाँले मलाई ‘आमा’ भन्ने टेलिशृङ्खलामा छोरीको भूमिकामा पहिलोपटक अभिनय गराउनुभएको थियो । मेरो अभिनय यात्रा सोही टेलिशृङ्खलाबाट बाल कलाकारका रुपमा भएको हो। त्यो टेलिशृङ्खलाको सुटिङ सकिँदासम्म म १४ वर्षको भइसकेकी थिएँ । त्यो टेलिशृङ्खला छायाङ्कन भए पनि कहिले पनि ‘रिलिज’ भने हुन पाएन।” टेलिशृङ्खला प्रसारणमा नआए पनि यसले उनको अभिनयको लामो यात्रा कोरिदिने काम भने गर्याे ।

यो २०५१ सालतिरको कुरा हो । आचार्यले त्योसँगै विपनालाई शक्ति साबुनको विज्ञापनमा समेत अभिनय गराए। ‘आमा’ टेलिशृङ्खलाको सुटिङका दौरानमा कलाकार तथा निर्देशक मोहन निरौला सुटिङस्थल पुगेको थियो । दुवै जनाको पुरानै मित्रताको चिनाजानी थियो । उनले सुटिङमा विपनालाई सिनेमा गर्ने प्रस्ताव गरे। त्यतिबेला मोहन एउटा सिनेमा निर्देशनको तयारी गरिरहेको थियो । भर्खर १४ वर्ष लागेकी विपनाले टेलिशृङ््खलालाई नै सिनेमा मानिरहेको थियो र उनले अबोध शैलीमा मोहनको प्रस्तावमा ‘मैले त खेलिसकेँ’ भन्ने जवाफ दिए ।

निरौलाले विपनालाई पुनः ‘ठूलो पर्दाको फिल्म खेल्ने हो’ भनेर सोधेपछि भने विपनाले ‘मेरो घरमा आएर सोध्नुस्’, भन्ने जवाफ दिए। त्यसपछि निर्माता छविराज ओझा, राजकुमार शर्मा, निरौलालगायतका विपनाको घरमै पुगे र परिवारसँग कुरा गरे। “एसएलसी दिएको पर्सिपल्टको कुरा हो यो”, उनले भने । परिवारले विपना थापालाई सिनेमा गर्ने अनुमति दियो । यसरी ‘जन्मभूमि’ उनको डेब्यू सिनेमा हुनपुग्यो।

नायिका हुने पक्का भएको दिन उनले आफ्नो पिताजीले भनेको कुरा स्मरण गरे र यस्तो सोचे, ‘‘ओहो ! म त कत्रो ठूलो के–के भइछु लागेको थियो किनभने मैले अभिनेत्री भनेर चिनेको–सुनेको नाम मनिषा कोइराला थियो । उहाँ राजनीतिक परिवारमा जन्मिएकी र हुर्केकी मान्छे। अनि मेरो बुबाले पनि यसलाई त मनिषाजस्तो नायिका बनाउनुपर्छ भन्नुहुन्थ्यो सानैदेखि । त्यसैले नायिका हुने पक्का हुनेबित्तिकै मैले मनिषा म आफू नै हो कि भनेर अनुभव गरिरहेकी थिएँ । म पनि त्यस्तै बन्ने भएँ भन्ने लागेको थियो ।”

विपनाले आफ्नो पहिलो सिनेमाका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि त्यतिबेलाको लोकप्रिय ह्वाइट र्याबिट चक्लेट पाइन्। पाँच हजार पैसाले धेरै खुसी भए या एक मुट्ठी चकलेटले भन्ने प्रश्नमा उनी हासिन् । ‘ओहो ! पाँच हजार रुपैयाँ भयो। त्यो पनि आजभन्दा करिब २८–२९ वर्ष अगाडि, आजको पाँच लाख सरहको पैसा होला त्यो सायद ।’

पाँच हजारमा पहिलो सिनेमा खेलेकी विपनालाई त्यस वर्ष सिनेमाको ओइरो नै लाग्यो । त्यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सहित सात वटा सिनेमामा काम गरिन्। पाँच हजार र एक मुठ्ठी ह्वाइट र्याबिट चक्लेटबाट सुरु भएको उनको पारिश्रमिक बाँकी छ सिनेमामा कुनैमा २० त कुनैमा २५ हजार रुपैयाँ पारिश्रमिक लिइन् । ठ्याक्कै सम्झना नभए पनि उनले सोही वर्ष ३५ हजारसम्म पैसा पाएको सम्झना छ।

सिनेमा उद्योगबाट बिदा नहुँदासम्म अधिकतम पाँच लाख रुपैयाँ बुझिन् । यो रकम लिँदा नेपाली रजतपट बृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउँछिन् । “त्यो बेलामा राजेश हमाल–विपना थापाले त एउटै सिनेमाको पाँच लाख रुपैयाँ लिन्छन् भनेर ठूलै हल्लाखल्ला भएको याद छ। यो पैसा मैले ‘वरमाला’ र ‘बहादुर’ भन्ने दुई वटाका लागि मात्र लिएकी थिएँ”, थापाले भनिन्। २०५१ सालमा सुरु भएको उनको त्यो अभिनय यात्रा २०६५ सालसम्म करिब १५ वर्ष लगातार व्यस्ततामै बित्यो ।

उनी आफूलाई अभिनेत्रीका हिसाबले डेब्यू सिनेमा ‘जन्मभूमि’ले नै परिपक्व बनाएको बताउछिन् । यसो हुनुको पछाडि उनीसँग सो सिनेमामा सँगै काम गरेका त्यतिबेलाका चर्चित र प्रतिभाशाली कलाकारलाई दिन्छन् । त्यो सिनेमामा त्यतिबेलाका चर्चित अनुहारहरु सरोज खनाल, शिव श्रेष्ठ, मौसमी मल्ल, गीताञ्जलि तथा सुनिल थापालगायतका कलाकारको पल्टन नै थियो ।

“चर्चित कलाकारहरुको भिडमा म १४ वर्षकी सानी केटी पहिलोपटक सिनेमा खेल्दै थिएँ । उहाँहरुबीच म पहिलोपटक ठूलो पर्दाको सिनेमा खेल्दै गरेकी केटीलाई अभिनय सिकाउने प्रतिस्पर्धाजस्तो हुन्थ्यो”, उनले भनिन्, “सरोज दाइसँग सिन पर्दा बसुन्धरा भुसाल दिदी आएर सरोजले आफ्नो मात्र अनुहार देखाउला नि नानी भन्नुहुन्थ्यो, मौसमी दिदीले त्यस्तै भनेर गाइड गर्ने, सरोज दाइले त्यस्तै भन्ने। सब मेरो गुरुजस्तो हुनुभयो र सिकाउनुभयो ।” विपनाका अनुसार दिग्गज कलाकारहरुको मार्गदर्शन र सिकाइले सिनेमाको लाइट, क्यामरासँग कसरी साक्षात्कार गर्ने भनेर उनलाई दोस्रो सिनेमाको अनुभव आवश्यक परेन ।

त्यो वर्ष लगातार सात सिनेमामा अभिनय गरेकी विपनाले डेब्यू वर्षमा नै सर्वोत्कृष्ट नवअभिनेत्री अवार्ड उचाल्न सफल भइन्। “यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’ सँगै, गोठालो, अपहरण, चुनौती गरी सात सिनेमा खेलेँ । त्यो वर्ष मैले सर्वोत्कृष्ट नवअभिनेत्री तथा व्यस्त अभिनेत्रीको अवार्ड जितेँ”, उनले सुनाइन् ।

त्यो समयमा यो–त्यो भूमिका कथा विषयवस्तु नभनी सिनेमाहरु गर्ने गरेको उनी बताउँछिन् । उनी प्रस्ताव आएका र समयले भ्याएसम्मका सिनेमा गरेको सम्झिन्छिन्। हामी यो त्यो सिनेमा गर्दैनथ्यैा‌ । प्रस्ताव आएका सबै सिनेमा गर्थ्र्यौं । समय मिलायो काम गर्या्, अब अहिलेजस्तो परिपक्व भएर पनि आइएको हुँदैनथ्यो । हामी निर्देशकले जे भन्यो त्यो गथ्यौँ । यो गर्छु, त्यो गर्दिन, यस्तो खाँदिन भन्ने पनि हुन्नथ्यो । एउटा पारिवारिक माहोलमा काम गर्थ्याे।”

पर्दामा उनको कुशल नृत्यकौशल र अभिनय क्षमताबाट नै दर्शकमाझ लोकप्रिय बन्न सफल भइन्। उनी आधुनिक युवती, बुहारीलगायतका सबै भूमिकामा फिट लाग्थ्यो र सबैभन्दा बढी एउटा मेहनती कलाकारको परिचय उनले बनाएको थियो। करिब १ सय १४ वटा सिनेमामा अभिनय गरेको बताउने विपनाले धेरै सिनेमा उस्तै खालको भूमिका गरे पनि ‘तँ त साह्रै नै बिग्रिस नि बद्री !’ सिनेमामा निर्वाह गरेको चरित्रलाई कहिल्यै बिर्सन सक्दिनन्।

सुरुमा उनलाई नायिकाको सकारात्मक भूमिकामा काम गराउने सहमति भए पनि परिस्थितिवश नकारात्मक भूमिका गर्नुपर्ने बाध्यता आइपर्याे। उनले त्यो भूमिकालाई खुबै टार्न खोजिन् । सो भूमिका नगराइयोस् भनेर सिनेमाका निर्माता–निर्देशकसँग रोइन् समेत।

त्यो समयमा सकारात्मक भूमिका गर्दै आएको अभिनेत्रीले नकारात्मक भूमिका गर्नु ‘करियर’कै लागि ठीक नहुने सोचिन्थ्यो र कलाकारहरु पनि सोही कुरामा विश्वास मान्थे । विपनाले सो सिनेमा खेल्नुअघि नायिकाका रुपमा सकारात्मक भूमिकामा देखिँदै आएको थियो।

यो सिनेमामा नकारात्मक भूमिका खेल्दा भोलिका दिनमा आफूलाई असर गर्नसक्ने उनको बुझाइ थियो। पछि उनको बिहेमा कन्यादानसमेत दिएका निर्माता किरण केसीले सम्झाएपछि मात्र मनले नमानीनमानी अभिनय गरिन् ।

सो सिनेमाको ‘ह्विस्की’ नामको पात्र आजसम्म पनि उनलाई मन पर्दैन । ‘अर्काको श्रीमानसँग लाग्ने र घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती पनि बनाउन खोज्ने मान्छे मलाई पहिलोदेखि नै मन नपर्ने । मेरो पात्र ठ्याक्कै त्यस्तै सिनेमामा । त्यो पात्र मलाई पटक्कै गर्न मन लागेको थिएन। तर हरिवंश आचार्य र किरण केसीले यो एउटा चरित्र हो, कलाकार भएपछि हरेक किसिमको भूमिका गर्नुपर्छ, यसले तिम्रो फिल्मी ‘करियर’मा कुनै पनि नकारात्मक असर गर्दैन भनेर कर गरेपछि मैले गरेँ।’ सिनेमा ‘रिलिज’ भएपछि उनले जे सोचेर डर मानेकी थिइन, ती कुनै पनि कुराले उनलाई असर गरेन। उनी त्यसपछि पनि सकारात्मक भूमिकाको रोजाइमा परी नै रहिन्।

विपना थापाको रुपमा आज पाइरहेको परिचयका लागि नेपाली सिनेमा उद्योगलाई आफूले सधैँ सम्झिराख्ने उनको भनाइ छ। नेपाली सिनेमामा नआएको भए आजकी विपना अर्को कुन संसारमा हुन्थेँ भन्ने जवाफ आफूसँग नभएको बताउछिन्। ‘१४ वर्षबाट सुरु मेरो सिनेमा यात्राका सक्रिय वर्षहरु हरेकवर्ष पाँच/सातवटा सिनेमा खेल्दैमा बिते । अन्तिम सिनेमा गर्दासम्म म व्यस्त नै थिएँ । १४-१५ वर्षको त्यो उमेरमै सिनेमामा नभए कता हुन्थे भनेर कहिले सोच्ने फुर्सद नै भएन ।’

आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म लखतरान भएर ढल्ने गरीसम्म काम गरेको सम्झिनिछन्। ‘मलाई याद छ। मैले नसुतीनसुती लगातार ३६ घण्टा सिनेमाको सुटिङ गरेको छु । अर्जुन भन्ने सिनेमामा धिरन शाक्यसँग बालाजुको बाइसधारा सिनेमामा त्यसरी काम गरेको थिएँ । त्यो बेला सुटिङ गर्दागर्दै बाइसधारा माथिबाट सिधै भुइँमा लडेँ । धिरेन दाइले नसमात्नुभएको भए आज विपना जीवित हुँदैन थिएँ होला। लगातार ३६ घण्टा काम गर्दा म निकै कमजोर भएको थिएँ ।

त्यस्तो व्यतस्तालाई चट्टै छोडेर घरजममा लागेकी विपना १७ वर्ष पछाडि ‘ह्रस्वदीर्घ’ सिनेमामार्फत पुनः नेपाली रङ्गीन दुनियाँमा फर्किंदै छन्। यो आफ्ना पति र छोराका कारण सम्भव भएको उनी बताउँछन् । “अहिले सिनेमामा फर्किनुको कारण मेरो छोरा र श्रीमान् हो। बाबुछोराले नै काम गर्न मन लागेको छ भने गर्नु भनेपछि फर्किएकी हुँ ।” विपनाका श्रीमान्ले “यो जीवन भनेको तिम्रो आफ्नो रोजाइको जीवन हो भनेर हौस्याउनुभयो भने छोराले पनि म आफूलाई हेर्नसक्छु तपाईं काम गर्नुस् भने । त्यसो त उनकी सासू पनि बुहारीको इच्छा मार्ने पक्षमा थिएन तर विवाहपछि छोराको जन्म र अन्य घरायसी परिस्थितिले विपना सिनेमामा फर्कन पाएनन् ।

“मेरो सासूलाई मेरो सुटिङ हेर्ने असाध्यै रहर थियो । विवाह लगत्तै एक/डेढ वर्षमै म गर्भवती भएँ। सन्तानका कारण काम गर्ने कुरा भएन, त्यसपछि मेरो सासूलाई क्यान्सर भयो । घरको जेठी बुहारी भएपछि उहाँलाई हेर्नुपर्याे”, उनले भने, “त्यसपछि ससुरा बिरामी पर्न थाल्नुभयो, फेरि उहाँको हेरविचार गर्नुपर्याे । यस्ता कुराले चाहेर पनि परिवारको समर्थन हुँदाहुँदै पनि मैले आफूलाई निरन्तरता दिन सकेकी थिइन। अहिले जिम्मेवारी कम छ, कामका लागि समय छ।”

यस बीचमा सामाजिक सञ्जालमा पोस्टहरु हाल्दा उनलाई सिनेमामा फर्किनुपर्ने सुझावहरु प्रशस्तै आए। यसले पनि उनलाई सिने क्षेत्रमा फर्किन हौस्यायो। अहिले उनको हातमा तीन–चारवटा सिनेमा छन् । वर्षौंपछि ‘सुटिङसेट’मा पुग्दा उनी भावुक हुन पुगिन्। विछोडिएको बछेडीले आमा भेटेजस्तो। “वर्षौंदेखि मन परेको मान्छेलाई भेट्दा कति रुन मन लाग्छ, मलाई त्यस्तै भयो। त्यो सम्झिँदा अहिले पनि मेरो आँखा भरिन्छन्। पुराना पत्रकार साथीहरुलाई भेट्दा पनि मलाई भावुक बनायो ।’

आज कातिक ३० गते उनी अभिनित ‘हस्व दीर्घ’ रिलिज हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०९:३५
##bipanathapa
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप मनोरञ्जन
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
सेल्फि हान्नेको ओइरो
सेल्फि हान्नेको ओइरो शनिबार, वैशाख २७, २०८२
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।। शनिबार, वैशाख २७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्