Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उप-निर्वाचनको तयारी अन्तिम चरणमा
उप-निर्वाचनको तयारी अन्तिम चरणमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर १३, २०८१

तम्घास, गुल्मी । यही मंसिर १६ गते हुने उप-निर्वाचनको लागि गुल्मीमा तयारी अन्तिम चरणमा पुगेको छ।

उप-निर्वाचनमा उम्मेदवारले मत माग्ने, घरदैलो गर्ने, मतदाता भेट्ने एवं सरकारको तर्फबाट तर्फबाट सुरक्षा व्यवस्था गर्ने, उम्मेदवारको सूचि तयार गर्ने, मतदान केन्द्र तथा मतगणनास्थलको उचित व्यवस्था लगायतका सबै तयारी पूरा भएको हाेछ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा मात्रै उप-निर्वाचन हुने भएकोले समग्र जिल्लाको ध्यान सोही वडामै छ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माआवादी केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय तथा जिल्लास्तरका नेताहरुको जमघट मुसिकोटमा राम्रै देखिन्छ ।

उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रम गर्ने, मतदाता भेट्ने, विकासका आश्वासन बाँड्ने, अन्य ठाउँमा भएका मतदातालाई भोट राख्न बोलाउने, निर्वाचनको रणनीति बनाउने लगायतका काम गरिसकेका छन्। माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार दुर्गा विक र एमाले नेता गणेश खनालले उम्मेदवारी दिएका छन् ।

कुल ४ हजार ९१ मतदाता रहेको मुसिकोट-१ मा नेपाल राष्ट्रिय सर्वोदय मावि, जनज्योती मावि र सरस्वती मावि गरी तीन स्थानमा मतदान हुनेछ ।

निर्वाचन कार्यालयले मनोनयन दर्ता, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने, मतपत्रको व्यवस्था लगायतको निर्वाचनसम्बन्धि आवश्यक तयारी गरेको निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।

मंसिर १३ गते राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पनि दलहरु प्रचार-प्रसारको अन्तिम तयारी गरेका हुन्। २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित मोहन घिमिरेको निधन भएपछि मुसिकोट-१ मा उप चुनाव हुन लागेको हो।

राजनीतिक दलहरुले निर्वाचनमा विकासका ठूला-ठूला आश्वासन दिने तथा निर्वाचनपछि आश्वासन पूरा नगरेका कारण जनतालाई भने दलप्रति खासै भरोसा छैन ।

सांगठनिक हिसाबले एमाले बलियो देखिएता पनि स्थानीय निर्वाचनमा नागरिकले व्यक्ति हेरेर मतदान गर्ने भएकाले निर्वाचनको नजिता यसै भन्न सकिन्न ।

तर राजनीतिक हरेक निर्वाचनमा पूरा नहुने विकासका झुटा आवश्वासन बाँड्न बन्द गरी निर्वाचित प्रतिनिधि र दलले नागरिकप्रति उत्तरदायी भएर काम गर्नु आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २२:४०
##Election
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्