काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले सिंहदरबारमा पदभार ग्रहण ग्रहणपश्चात उनले भने, "जुन परिस्थितिमा म आएँ, रहरले होइन। जतातैबाट मलाई जिम्मेवारी दिने आवज आयो। सेवा गर्न पाइन्छ भने किन नगर्ने भनेर आएँ। मेरो जुन टिम छ, काम सुरु गरिसकेका छौँ। सत्ताको, पदका रस्वासादन गर्न आएको होइन, उमेर पनि होइन।"
प्रधानमन्त्री कार्कीले भनिन्, "सक्दो हामीले ६ महिना अवधि, त्योभन्दा बढी नबस्ने। कुनै हालतमा आफ्नो काम गरेर नयाँ आउने संसदलाई जिम्मेवारी सुम्पने अठोट गरेका छौँ। यसमा यहाँहरूको साथ नपाइ सम्भव छैन।"
प्रधानमन्त्री कार्कीले ६ महिनाभन्दा बढी पदमा नबस्ने अठोटका साथ काम गरेर आफ्नो टिमले ६ महिनाभित्रैमा जिम्मेवारी पूरा गरेर जिम्मेवारी सुम्पिने बताइन्।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ १२:५६