Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप १३ औं एनएसए कप च्याम्पियनसिप
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २१, २०८२

ललितपुर । नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ।

आर्मीले कुल ९ सय ५ अंक सहित प्रथम स्थान हात पार्दै उपाधी उचालेको हो । दोश्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको ७ सय १९ अंक र तेश्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले ४ सय ७२ अंक जोड्यो ।

महिलातर्फ आर्मीकी मिखा थापा र पुरुषतर्फ नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट खेलाडीहरुले २५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । आर्मीकी मिखा थापाले च्याम्पियनसिपमा कुल ९ स्वर्ण र १ कास्य पदक हात पारिन्। इरभिनले ३ स्वर्ण हात पारेका थिए ।

च्याम्पियनसिपमा कुल ९ राष्ट्रिय किर्तिमान कायम भएको छ । पहिलो दिन तीन राष्ट्रिय किर्तिमान भएकोमा दोश्रो दिन ६ राष्ट्रिय किर्तिमान कायम भएको छ । जसमा २ सय ५० मिटर फ्रिस्टायलमा पुलिसका इरभिन श्रेष्ठले १ मिनट ५६.२७ सेकेन्ड समयको किर्तिमान राखे।

यस अघि यो विधाको किर्तिमान नासिर याहा हुसेनको नाममा रहेको थियो । उनले दुवईमा २०२१ मा भएको १५ औं फिना वल्र्ड पौडी च्याम्पियनसिपमा १ मिनट ५८.३० सेकेन्ड समयको किर्तिमान राखेका थिए ।

कोशी प्रदेशका विकास कुमालले पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ३०.३९ सेकेन्डको किर्तिमान राखे। उनले हिट चरणमा आफ्नै नाममा रहेको ३१.०५ सेकेन्डको किर्तिमानमा सुधार गर्दै ३०.५३ सेकेन्ड समयको सुधार गरेका थिए ।

उनले २०२२ मा भएको २० औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा उक्त किर्तिमान राखेका थिए। यस्तै विकासले १ सय मिटर ब्रेष्टस्ट्रोकमा पनि आफ्नै नाममा रहेको १ मिनट ७.५० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ०६.८५ सेकेन्ड समयको किर्तिमान राखेका थिए।

पुलिसका जेडन श्रेष्ठले दुई राष्ट्रिय किर्तिमान राखे । उनले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३०.९४ सेकेन्ड र १ सय मिटर ब्याक स्ट्रोकमा १ मिनट १.४७ सेकेन्ड समयको किर्तिमान राखेका थिए । ५० मिटरमा बिकास कुमालको नाममा ३१.०५ सेकेन्डको किर्तिमान थियो।

उनले यो किर्तिमान २०२२ मा भएको २०औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा राखेका थिए। यस्तै १० मिटरमा एलेक्स शाहले २०१९ मा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुलदमा राखेको १ मिनट २.१० सेकेन्ड समयको किर्तिमान राखेका थिए। प्रत्येक राष्ट्रिय किर्तिमान कायम गरेका खेलाडीहरुले नगद ५ हजार प्राप्त गरेका थिए ।

च्याम्पियनसिपको दोश्रो तथा अन्तिम दिन १५ स्वर्ण पदकका लागि भएको स्पर्धामा महिलाको ८ सय मिटर फ्रिस्टायलमा त्रिभुवन आर्मी क्लबका आभा बैद्यले ११ मिनट २२.५४ सेकेन्ड समयका साथ स्वर्ण हात पारिन् । मिल्स वेरी स्कूलकी सिशोम्बुन राईले रजत र एपिएफकी जोया थापाले कास्य पाए।

यस्तै महिलातर्फकै १ सय मिटर ब्याकस्ट्रोकमा सेनाकी मिखा थापाले स्वर्ण हात पारिन्। उनले उक्त दूरी १ मिनट ८.४३ सेकेन्डमा पार गरिन्। द ब्रिटिष स्कुलकी स्निग्धा शेरचनले रजत र जेम्सकी श्रेया महर्जनले कास्य पदक पाईन।

५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी मिखा थापाले ३८.२६ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा नेपाल पुलिस क्लबकी आध्याश्री जोशीले रजत र न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले कास्य पाईन् । १ सय मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले १ मिनट ००.८० सेकेन्ड समयका साथ स्वर्ण जितिन्। एपिएफकी आर्या महर्जनले रजत र पुलिसकी देवांशी जोशीले कास्य पाईन्।

ललितपुरस्थित २५ मिटरको हिटिङ्ग पौडी पोखरीमा भएको १ सय मिटर ब्रेष्ट स्ट्रोकमा एपिएफकी अदिप्सा बैद्यले स्वर्ण हात पारिन्। उनले उक्त दूरी १ मिनट १९.६९ सेकेन्ड समयमा पुरा गरेकी थिईन् । न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले रजत र पुलिसकी लुना श्रेष्ठले कास्या पाए।

दुई सय मिटर ईण्डिभिडुअल मिड्लेमा आर्मीकी मेखा थापाले २ मिनट ३९.१२ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। पुलिसकी लुना श्रेष्ठले रजत र मिल्स वेरीकी सिशोम्बुन राईले कास्य पाईन् । ५० मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले २८.३० सेकेन्ड समयमा दूरी पार गर्दै स्वर्ण हात पार्दा एपिएफका आर्या महर्जन र रोशा न्यौपानेले रजत र कास्य पाए ।

पुरुष तर्फको खेलको १ सय मिटर ब्याक स्ट्रोकमा एपिएफका जेडन श्रेष्ठले १ मिनट ००.५९ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे। एपिएफकै निर्भय थापाले रजत र पुलिसका आरुष अवालेले रजत पाए ।

चार सय मिटर फ्रिस्टायलमा जेम्सका कल्किन श्रेष्ठले ४ मिनट १४.२४ सेकेन्ड समयका साथ स्वर्ण जिते। आर्मीका सौर्यनबहादुर शाहले रजत र सुदूरपश्चिमका अथर्व सिंहले कास्य पाए । ५० मिटर ब्रेष्ट स्ट्रोकमा कोशी प्रदेशका बिकास कुमालले ३०.३९ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे । एपिएफका जेडन श्रेष्ठले रजत र सगरमाथा स्विम क्लबका आरेक कर्माचार्यले कास्य पाए।

१ सय मिटर फ्रिस्टायलमा नेपाल पुलिसका इरभिन श्रेष्ठले ५२.८६ सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्मीका अभिभ प्रधानले रजत र एपिएफका निर्भय थापाले कास्य पाए । पुरुषकै १ सय मिटर ब्रेष्ट स्ट्रोकमा कोशी प्रदेशका बिकास कुमालले १ मिनट ६.८५ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे । एपिएफका जेडन श्रेष्ठले रजत र आर्मीका आरभ अग्रवालले कास्य पाए।

२ सय मिटर इन्डिभिडुयल मिड्ले तर्फ सुदूरपश्चिमका अथर्व सिंहले स्वर्ण जिते। सिंहले उक्त दुरी २ मिनट १६.३३ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन्। जेभियरका आरोन भण्डारीले रजत र कोशी प्रदेशका अश्विन थापाले कास्य पाए। ५० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका ईरभिन श्रेष्ठले २४.१४ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । आर्मीका अभिभ प्रधानले रजत र एपिएफका निर्भय थापाले कास्य पाए।

मिक्स रिलेमा नेपाल एपिएफ क्लबले स्वर्ण जित्यो । एपिएफ क्लबका आर्या महर्जन, जेडन श्रेष्ठ, निर्भय थापा र रोशा न्यौपानेको समूहले दुरी पार गर्न २ मिनट १.९१ सेकेन्ड समय खर्च गरे । पुलिसले रजत र आर्मीले कास्य पाए।

४० बर्ष माथिको पुरुष मास्टर्सतर्फ चन्द्र सिंह महतोले ३२.३५ सेकेन्ड समयका साथ स्वर्ण, ब्रिटिष गोर्खाज नेपालका गौरव चन्द्र गुरुङ्गले रजत र शिविर रत्न शाक्यले कास्य पाए । बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मीला के.सी. नेपाल लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं बिहीबार, भदौ ४, २०८३
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु सोमबार, साउन २५, २०८३
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी  सोमबार, साउन १८, २०८३
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्