Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस २५, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ प्रारम्भ गर्न लागिएको हो । 

समानुपातिक र प्रत्यक्षतर्फका नमुना मतपत्र छपाइ सम्पन्न भएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रक्रिया सुरु गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छपाइ कार्य सञ्चालन गरिने छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल मतदाताको संख्याभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छापिने छ । सरदर दुई करोड मतपत्र समानुपातिक प्रणालीका लागि छापिने अनुमान गरिएको छ । फागुन २१ गते हुने निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने आयोगले जनाएको छ ।

आयोगबाट स्वीकृत डिजाइनअनुसार समानुपातिक मतपत्र सेतो कागजमा कालो रङ प्रयोग गरी छापिने छ । समानुपातिक निर्वाचनमा सहभागी हुने गरी बन्दसूची पेस गरेका राजनीतिक दलका ५८ वटा निर्वाचन चिह्न मतपत्रमा समावेश हुने छन् । समानुपातिकतर्फ देशभर एउटै प्रकारको मतपत्र प्रयोग गरिने छ भने प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्र रहने छन् ।

समानुपातिकतर्फ राजनीतिक दलहरूले पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । ती सूचीको जाँचबुझ गर्दा सबै दलका बन्दसूचीमा कुनै न कुनै त्रुटि फेला परेपछि आयोगले सच्याउनका लागि सम्बन्धित दलहरूलाई पत्राचार गरिसकेको छ । पुस २७ गतेसम्म बन्दसूची सच्याउन समय दिइएको छ भने पुस २८ गते उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । माघ ४ गते अन्तिम बन्दसूची सार्वजनिक गरिने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि सुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्ष प्रणालीका लागि पनि करिब दुई करोड मतपत्र छापिने अनुमान गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै गरी करिब चार करोड मतपत्र छपाइ हुने छन् ।

नमुना मतपत्र छपाइ सम्पन्न

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदाता शिक्षा प्रयोजनमा प्रयोग हुने नमुना मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमुना मतपत्र छपाइ कार्य सकिएको आयोगले जनाएको छ ।

नमुना मतपत्रमा समानुपातिकतर्फ सेतो कागजमा कालो रङ तथा प्रत्यक्षतर्फ रातो रङ प्रयोग गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै तर्फ गरी १० लाख नमुना मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्