Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस २५, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ प्रारम्भ गर्न लागिएको हो । 

समानुपातिक र प्रत्यक्षतर्फका नमुना मतपत्र छपाइ सम्पन्न भएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रक्रिया सुरु गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छपाइ कार्य सञ्चालन गरिने छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल मतदाताको संख्याभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छापिने छ । सरदर दुई करोड मतपत्र समानुपातिक प्रणालीका लागि छापिने अनुमान गरिएको छ । फागुन २१ गते हुने निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने आयोगले जनाएको छ ।

आयोगबाट स्वीकृत डिजाइनअनुसार समानुपातिक मतपत्र सेतो कागजमा कालो रङ प्रयोग गरी छापिने छ । समानुपातिक निर्वाचनमा सहभागी हुने गरी बन्दसूची पेस गरेका राजनीतिक दलका ५८ वटा निर्वाचन चिह्न मतपत्रमा समावेश हुने छन् । समानुपातिकतर्फ देशभर एउटै प्रकारको मतपत्र प्रयोग गरिने छ भने प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्र रहने छन् ।

समानुपातिकतर्फ राजनीतिक दलहरूले पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । ती सूचीको जाँचबुझ गर्दा सबै दलका बन्दसूचीमा कुनै न कुनै त्रुटि फेला परेपछि आयोगले सच्याउनका लागि सम्बन्धित दलहरूलाई पत्राचार गरिसकेको छ । पुस २७ गतेसम्म बन्दसूची सच्याउन समय दिइएको छ भने पुस २८ गते उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । माघ ४ गते अन्तिम बन्दसूची सार्वजनिक गरिने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि सुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्ष प्रणालीका लागि पनि करिब दुई करोड मतपत्र छापिने अनुमान गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै गरी करिब चार करोड मतपत्र छपाइ हुने छन् ।

नमुना मतपत्र छपाइ सम्पन्न

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदाता शिक्षा प्रयोजनमा प्रयोग हुने नमुना मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमुना मतपत्र छपाइ कार्य सकिएको आयोगले जनाएको छ ।

नमुना मतपत्रमा समानुपातिकतर्फ सेतो कागजमा कालो रङ तथा प्रत्यक्षतर्फ रातो रङ प्रयोग गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै तर्फ गरी १० लाख नमुना मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह
  • नंः ३ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
  • नंः ४ थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा 
  • नंः ५ नामी साप्ताहिक
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्