Top Navigation
Main Navigation
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ? काे-काे परे सिफारिसमा ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस २७, २०८२

युवराज कार्की (सन्ताेष)

 उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उदयपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट लक्ष्मण पौड्यालसहित ८ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्ला तहमा बसेको पार्टी बैठकले प्रतिनिधिसभा सदस्यका लागि ८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस गरिएका उम्मेदवारमध्ये दीर्घकालीन राजनीतिक संघर्ष, संगठन निर्माण र जनआन्दोलनको नेतृत्वका कारण लक्ष्मण पौड्याललाई क्षेत्रको सशक्त र सम्भावनाशील उम्मेदवार का रूपमा लिइएकाे नेता कार्यकर्ताकाे भनाइ छ । 

वि.सं. २०४५ फागुन २८ गते जन्मिएका पौड्याल ३७ वर्षे युवा हुन् । २०५८ सालमा जनयुद्धको नेतृत्व गरेको नेकपा नेकपा माओवादी पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इकाई अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनि २०६० सालमा संगठनको एरिया उपाध्यक्ष हुँदै सोही वर्ष नेकपा (माओवादी) को पार्टी सदस्यता प्राप्त गरेका उनी जनयुद्धमा सक्रिय रूपमा सहभागी भएका नेता हुन् ।

२०६१ सालमा पार्टी एरिया सदस्य, पछि एकीकृत नेकपा (माओवादी) को जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हालेका पौड्याल २०६९ सालमा नेकपा–माओवादीको किरात राज्य कमिटी सदस्य बने हुन् । २०७२ देखि २०७४ सालसम्म नेकपा सिरहा जिल्लाको सेक्रेटरी इन्चार्जका रूपमा काम गरेका उनले २०७५ सालमा सिन्धुली इन्चार्जको भूमिका निर्वाह गरेका थिए । 

पार्टी प्रतिबन्धित अवस्थामा पूर्वी कमान्ड कार्यालय सचिव तथा सुनसरी इन्चार्ज रहेका बेला उनी राज्यद्वारा गिरफ्तार भएका थिए । सात जिल्लामा फैलिएको मुद्दाका कारण १४ महिना जेल हिरासतमा रहेका पौड्याल सर्वोच्च अदालतको आदेशबाट रिहा भएका थिए ।

रिहाइपछि पुनः पार्टी जिम्मेवारीमा फर्किएका उनले धनुषा र उदयपुर इन्चार्जका रूपमा कार्य गर्दा कम्युनिस्ट जेष्ठ नागरिकको घर निर्माणलगायत थुप्रै सामाजिक तथा जनमुखी अभियानको नेतृत्व गरेका छन् । त्यसपछि ओखलढुंगा इन्चार्जको जिम्मेवारी सम्हालेका उनी बाम घटकाे एकतासँगै उनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  केन्द्रीय सदस्यमा निर्वाचित हुन् । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् ।

देशमा बढ्दै गएको राष्ट्रघात, भ्रष्टाचार, महँगी र बेरोजगारीविरुद्ध, साथै स्वाधीनता, सुशासन, समृद्धि र रोजगारीका पक्षमा जेनजी युवा आन्दोलनको नेतृत्व गर्दै आएका पौड्याललाई परिवर्तनको प्रतिनिधि शक्तिशाली युवा नेतृत्व का रूपमा पार्टीभित्र र बाहिर व्यापक समर्थन रहेको बताइन्छ।

पार्टी स्रोतका अनुसार उदयपुर–२ मा संघर्षशील, वैचारिक र जनमुखी नेतृत्व आवश्यक रहेकाले लक्ष्मण पौड्यालको नामलाई विशेष प्राथमिकताका साथ केन्द्रमा सिफारिस गरिएको हो । सिफारिसमध्य बलियाे उम्मेदवार पनि पाैडेल रहेकाे बताइन्छ ।
पाैडेल भन्छन्-अहिलेकाे युवा आवश्यकता र पार्टी आन्दाेलनलाई समाजवादकाे बाटाे लैजाने प्रतिबद्धताकासाथ उम्मेदवारी दाबी गरेकाे छु । म जनयुद्धलाई न्याय गर्ने जनयुद्धकै एक सिपाँही पनि हुँ । 

काे काे परे सिफारिसमा ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रत्यक्ष निर्वाचन प्राणालीतर्फ जिल्लाबाट १८ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिसिभा निर्वाचनको लागि नेकपा उदयपुरले दुवै निर्वाचन क्षेत्रको लागि १८ जनाको नाम सिफारिस गरेको हो ।

नेकपा उदयपुरको उम्मेदवार सिफारस कार्यदलका सदस्य विनाेदकुमार खड्का अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा १० जना र प्रतिनिसभानिर्वाचन क्षेत्र –२ मा ८ जनाको नाम बर्णनुक्रमअनुसार सिफारिस गरिएकाे छ । 

उनले भने, ‘बर्णनुक्रमअनुसार प्रतिनिसभा–१ मा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, बिशाल राई, मणी खम्बु किराती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई रहेका छन् ।’ यसै प्रतिनिसभा निर्वाचन क्षेत्र–२ मा एबिराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल,  सुरेशकुमार राई र हेमराज दाहाल रहेका छन् ।

सिफारिस गरिएको नाममा जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको नेकपा उदयपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने शुक्रबार, पुस २५, २०८२
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै शुक्रबार, पुस २५, २०८२
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर मंगलबार, पुस २२, २०८२
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्