Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ? काे-काे परे सिफारिसमा ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस २७, २०८२

युवराज कार्की (सन्ताेष)

 उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उदयपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट लक्ष्मण पौड्यालसहित ८ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्ला तहमा बसेको पार्टी बैठकले प्रतिनिधिसभा सदस्यका लागि ८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस गरिएका उम्मेदवारमध्ये दीर्घकालीन राजनीतिक संघर्ष, संगठन निर्माण र जनआन्दोलनको नेतृत्वका कारण लक्ष्मण पौड्याललाई क्षेत्रको सशक्त र सम्भावनाशील उम्मेदवार का रूपमा लिइएकाे नेता कार्यकर्ताकाे भनाइ छ । 

वि.सं. २०४५ फागुन २८ गते जन्मिएका पौड्याल ३७ वर्षे युवा हुन् । २०५८ सालमा जनयुद्धको नेतृत्व गरेको नेकपा नेकपा माओवादी पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इकाई अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनि २०६० सालमा संगठनको एरिया उपाध्यक्ष हुँदै सोही वर्ष नेकपा (माओवादी) को पार्टी सदस्यता प्राप्त गरेका उनी जनयुद्धमा सक्रिय रूपमा सहभागी भएका नेता हुन् ।

२०६१ सालमा पार्टी एरिया सदस्य, पछि एकीकृत नेकपा (माओवादी) को जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हालेका पौड्याल २०६९ सालमा नेकपा–माओवादीको किरात राज्य कमिटी सदस्य बने हुन् । २०७२ देखि २०७४ सालसम्म नेकपा सिरहा जिल्लाको सेक्रेटरी इन्चार्जका रूपमा काम गरेका उनले २०७५ सालमा सिन्धुली इन्चार्जको भूमिका निर्वाह गरेका थिए । 

पार्टी प्रतिबन्धित अवस्थामा पूर्वी कमान्ड कार्यालय सचिव तथा सुनसरी इन्चार्ज रहेका बेला उनी राज्यद्वारा गिरफ्तार भएका थिए । सात जिल्लामा फैलिएको मुद्दाका कारण १४ महिना जेल हिरासतमा रहेका पौड्याल सर्वोच्च अदालतको आदेशबाट रिहा भएका थिए ।

रिहाइपछि पुनः पार्टी जिम्मेवारीमा फर्किएका उनले धनुषा र उदयपुर इन्चार्जका रूपमा कार्य गर्दा कम्युनिस्ट जेष्ठ नागरिकको घर निर्माणलगायत थुप्रै सामाजिक तथा जनमुखी अभियानको नेतृत्व गरेका छन् । त्यसपछि ओखलढुंगा इन्चार्जको जिम्मेवारी सम्हालेका उनी बाम घटकाे एकतासँगै उनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  केन्द्रीय सदस्यमा निर्वाचित हुन् । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् ।

देशमा बढ्दै गएको राष्ट्रघात, भ्रष्टाचार, महँगी र बेरोजगारीविरुद्ध, साथै स्वाधीनता, सुशासन, समृद्धि र रोजगारीका पक्षमा जेनजी युवा आन्दोलनको नेतृत्व गर्दै आएका पौड्याललाई परिवर्तनको प्रतिनिधि शक्तिशाली युवा नेतृत्व का रूपमा पार्टीभित्र र बाहिर व्यापक समर्थन रहेको बताइन्छ।

पार्टी स्रोतका अनुसार उदयपुर–२ मा संघर्षशील, वैचारिक र जनमुखी नेतृत्व आवश्यक रहेकाले लक्ष्मण पौड्यालको नामलाई विशेष प्राथमिकताका साथ केन्द्रमा सिफारिस गरिएको हो । सिफारिसमध्य बलियाे उम्मेदवार पनि पाैडेल रहेकाे बताइन्छ ।
पाैडेल भन्छन्-अहिलेकाे युवा आवश्यकता र पार्टी आन्दाेलनलाई समाजवादकाे बाटाे लैजाने प्रतिबद्धताकासाथ उम्मेदवारी दाबी गरेकाे छु । म जनयुद्धलाई न्याय गर्ने जनयुद्धकै एक सिपाँही पनि हुँ । 

काे काे परे सिफारिसमा ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रत्यक्ष निर्वाचन प्राणालीतर्फ जिल्लाबाट १८ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिसिभा निर्वाचनको लागि नेकपा उदयपुरले दुवै निर्वाचन क्षेत्रको लागि १८ जनाको नाम सिफारिस गरेको हो ।

नेकपा उदयपुरको उम्मेदवार सिफारस कार्यदलका सदस्य विनाेदकुमार खड्का अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा १० जना र प्रतिनिसभानिर्वाचन क्षेत्र –२ मा ८ जनाको नाम बर्णनुक्रमअनुसार सिफारिस गरिएकाे छ । 

उनले भने, ‘बर्णनुक्रमअनुसार प्रतिनिसभा–१ मा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, बिशाल राई, मणी खम्बु किराती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई रहेका छन् ।’ यसै प्रतिनिसभा निर्वाचन क्षेत्र–२ मा एबिराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल,  सुरेशकुमार राई र हेमराज दाहाल रहेका छन् ।

सिफारिस गरिएको नाममा जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको नेकपा उदयपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्