Top Navigation
Main Navigation
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन  भत्केला त ओलीको किल्ला ?
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल मंगलबार, पुस २९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने संकेत गरेका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने तयारीमा बालेन रहेको रास्वपाका नेताहरूले बताएका छन् ।

आइतबार काठमाडौंमा रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको नेतृत्वमा आएको टोलीसँगको भेटघाटका क्रममा बालेनले झापा–५ को वस्तुस्थिति र जिल्लाको समग्र अवस्थाबारे चासो राखेका थिए । लामो छलफलपछि बालेनले झापा–५ बाटै निर्वाचनमा उठ्ने तयारी रहेको र प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियान पनि झापाबाटै सुरु गर्ने संकेत दिएको पाठकले जानकारी दिए ।

रास्वपासँग पार्टी एकता भएपछि बालेनलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरिएको छ । आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले काठमाडौं बाहिर चुनावी अभियानमा निस्कने संकेत गरेका छन् । उनले लेखेका छन्, “शुभकामना सबैलाई, हामी आउँदै छौं ।”

स्राेतका अनुसार माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन चुनावी प्रचारका लागि झापा पुग्ने र माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । प्रचार अभियानका क्रममा उनले देशभरका १६५ वटै निर्वाचन क्षेत्र पुग्ने र पुराना नेताहरूको ‘राजनीतिक किल्ला’ भत्काउने रणनीति बनाएका छन् ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा तय गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ । यस क्रममा बालेनको पहिलो परीक्षा एमाले अध्यक्ष ओलीविरुद्धको भिडन्त हुनेछ । झापा–५ एमालेको संगठन बलियो मानिने क्षेत्र भए पनि दमकजस्ता सहरी क्षेत्रमा युवा मतदाताको संख्या उल्लेख्य रहेको छ । बालेन र रास्वपाले यही नयाँ र तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न सकिने विश्वास लिएका छन् ।

झापा–५ एमालेको गढका रूपमा चिनिन्छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए भने रास्वपाका सुरेश पोख्रेलले ११ हजार ७ सय मत ल्याएका थिए ।

नेपाल टाइम्सको एक भिडियोमा प्रसारित समाचारअनुसार बालेनले पुरानो पुस्ताका शीर्ष नेताहरूलाई उनीहरूको ‘सुरक्षित’ मानिएका निर्वाचन क्षेत्रमै चुनौती दिने रणनीति बनाएकाे बताएका छन् । बालेनको उद्देश्य संसद् प्रवेश मात्र नभई, वर्षौंदेखि एउटै क्षेत्रमा पकड जमाएका नेताहरूलाई नयाँ पुस्ताको शक्ति देखाउनु र ओलीको राजनीतिक किल्ला भत्काउनु रहेको बताइएको छ ।

रास्वपा झापाको नेतृत्व पनि बालेनले सहजै चुनाव जित्ने विश्वासमा देखिन्छ । सभापति पाठकले भने, “बालेन आफैं नआए पनि यहाँ स्वतन्त्र वा रास्वपाकै उम्मेदवार उठाएर केपी ओलीलाई हराउन सकिन्छ भन्नेमा जिल्ला समिति दृढ छ । बालेन आफैं आउने कुराले उत्साह अझ बढेको छ ।”

पार्टी एकतापछि बालेन कुन क्षेत्रबाट निर्वाचनमा उठ्नेछन् भन्ने विषयमा चासो बढेको थियो । धेरैले ओलीप्रति कटु टिप्पणी गर्दै आएका बालेन उनकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न सक्ने अनुमान गरेका थिए । ओली र बालेनबीच विगत केही समयदेखि आरोप–प्रत्यारोप चल्दै आएको छ । ओलीले भदौ २४ को घटनालाई लिएर बालेनलाई समेत जोड्ने प्रयास गरेका थिए ।

उनीहरूबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । यही पृष्ठभूमिमा झापा–५ बाट पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गर्ने योजनासहित बालेन चुनावी प्रतिस्पर्धाको तयारीमा जुटिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्