Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • अमेरिकामा बन्यो नेपाली ट्रकका कथामा फिल्म
अमेरिकामा बन्यो नेपाली ट्रकका कथामा फिल्म
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन २६, २०७८

नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन्।

 “टयाटुड ट्रक्स अफ नेपाल-हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा रहेको छ। साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ। साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ। 

करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन कि यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ।

त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ। त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन्।

मानिसका यी चुनौतीमाथि सडकको कहालीलाग्दो अवस्था त जोडिएकै छ। अहिले पनि पहिलो पटक यात्रा गर्नेहरुका लागि यो जोखिमपूर्ण यात्रा नै हो। त्यसमाथि आधा शताब्दी अगाडि राजधानी जोडने एक मात्र राजमार्ग कस्तो थियो होला? अहिले त सहजै अनुमान गर्न पनि सकिन्न। यस्तै विषयहरुको व्याख्या भोलिको पुस्तालाई रोमाञ्चक इतिहास बन्न सक्छ। यो डकुमेन्ट्रीमा त्यसबेलाको परिस्थिति र अवस्थालाई त्यसैगरी पस्किएको छ रनले।  

अमेरिकामा कला र नाटक अध्यापन गराउने उनको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम्ति रोचक छैन। सन् १९६४ मा एउटा पिस क्रप्स  स्वयंसेवकको रुपमा जोडिएको नेपालको साइनो अहिले आएर फिल्ममा उतार्न पाउँदा उनी खुशी छन्। कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरेका छन् । 

आफ्नो विगतबारे स्मरण गर्दै उनले नेपालको बहुआयामिक पाटोका बारेमा चर्चा गरेको छ। सन् १९६४ मा जब उनलाई अमेरिकी सरकारको पिस क्रप्सका प्रतिनिधिले विभिन्न देशको नाम दिए, उनले नेपाल नै रोजे। 

जब उनलाई नेपालको बारेमा जानकारी दिँदै ती अधिकारीले सोधे त्यसपछि आफूमा ऊर्जा आएको अनुभव रनको छ। आजभन्दा ५७ वर्षअघिको स्मरण गर्दै उनले भने, “मलाई नेपालको बारेमा जानकारी थिएन, तसर्थ मैले एट्लस (विश्वमान चित्रको जानकारी दिने पुस्तक) पल्टाएर नेपाल देश खोजे। एउटा सानो भूगोल भएको यो देशमा मलाई उर्जा दिने धेरै कुरा भेटेँ। त्यसपछि नै नेपाल जाउँ जाउँ लाग्यो।” 

उनले जब नेपाल जाने भनेर मनस्थिति बनाए, त्यसपछि नेपालबारे पाएसम्मको जानकारी लिने प्रयत्न गरे। नेपाल दुई वर्ष बसेर नेपाली परिवेशलाई पछ्याउँदै आफ्नो स्वयंसेवी सेवामा योगदान पुर्‍याएका रनलाई साँच्चै नै नेपालले मोहनी लगायो। त्यसपछि उनी धेरै पटक नेपाल पुगेको छ। 

अमेरिकाबाट १० हजार माइल टाढा रहेको नेपालका बारेमा अझै कतिपय अमेरिकीहरुलाई पर्याप्त जानकारी पनि छैन। तर पाँच दशकदेखि जोडिएका रनले भने नेपालको कला संस्कृतिको समेत जानकारी दिने गरी कथा लेख्ने र त्यसलाई फिल्ममा उतार्न सक्नु उनको क्षमता र लगाव दुवै हो।

नेपाल पुगेर उनले त्यो बेला भर्खरै बस्ती बस्दै गरेको चितवनको नारायणगढमा रहेको चितवन हाईस्कूलमा स्वयंसेवक शिक्षकको रुपमा काम गरे। त्यो बेलादेखि नै अमेरिकी स्वयंसेवकहरुले शैक्षिक रुपान्तरणको लागि शिक्षक स्वयंसेवकहरुले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै हालसालै अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले भनेको थियो, “७० वर्ष अगाडि नै अमेरिकीहरु गएर स्वयंसेवी भावका साथ शिक्षा स्वास्थ्यको क्षेत्रमा निर्वाह गरेको भूमिकाले नै नागरिकस्तरको सम्बन्ध मजवुत बनाउन महत्वपूणर् भूमिका खेलेको थियो।”

डा. खतिवडाको विचारमा बल दिने गरी रन भन्छन्, “त्यो बेला एक त छात्राहरुको सङ्ख्या कम हुने त्यसमा पनि नाटक खेल्न छात्राहरुलाई स्टेजमा पुर्‍याउनु भनेको क्रान्तिकारी कदम नै थियो तर मैले त्यो कदमलाई मूर्त रुप दिन सफल भएको थिएँ।”

“अभिभावक र शिक्षकहरुको समेत समन्वयमा छात्राहरुको आत्मबल वढाउन गरिएको त्यो कामले अहिले पनि मलाई निकै खुशी लाग्छ।” आठ दशकको उमेर पार गरिसकेका रनले उत्साहित हुँदै आफ्नो अनुभूति सुनाए। रन जस्तै ३ हजार ८८० जनाले अमेरिकाबाट अर्को गोलाद्र्धमा रहेको नेपाल पुगेर आफ्ना ज्ञान र सीपमार्फत सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भइसकेका छन्। 

नेपाली माटो र कथालाई फिल्ममा उतार्न सफल रन अहिले यसैमा दंग छन्। नेपाल जस्तो एक भुपरिवेष्ठित देशको विकासको महत्वपूणर् आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महत्वपूर्ण साधन हो। ती ट्रकमा कोरिएका चित्रहरुले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उनको अनुभव छ। 

ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्‍याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रुपका चित्रहरुले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको कुरा पनि फिल्ममा समेटिएको छ।

परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो फिल्मा गरिएको छ।वास्तुकलाको प्यागोडा शैलीका बारेमा व्याख्या गर्दै १६ सय वर्ष अगाडिको वास्तुकलालाई त्यसभित्र अटाउन सफल भएको छ। त्यसमा हिन्दू देवीदेवताको चाडपर्वअनुसारको रुप र कलाबारे समेत चर्चा गरिएको छ। 

अमेरिकी समाजमा ट्याटुको लोकप्रियता अत्याधिक छ। त्यसलाई समेत आकर्षण बनाएर दर्शकहरुमाझ पुर्याउने अभिप्रायले रनले ट्याटुड ट्रक्सको शीर्षक छनौट गरेको देखिन्छ। यसले फिल्मको माध्यमवाट दुई देशबीचको नागरिक तहको सम्बन्धमा इँटा थप्ने काममा योगदान पुगेको धेरैले महसुस गरेका छन्। 

डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याएइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अगाडिको अवस्था र मानिसको चहलपहल फिल्ममा समावेश गरिएको छ।

पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको डकुमेन्ट्री निर्माणका लागि फोटो ग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गरेका रनलाई सहलेखकका रुपमा निकोला रयान्सनले सहयोग गरेका छन् भने जेजे मिजर र होल्डन सिस्कोको सम्पादनमा निर्माण भएको डकुमेन्ट्रीमा केन केबो, दावा ग्याञ्जेन, डयाल्यान केबो, तोपग्यास लामाले सहयोग गरेको थियो। 

केही साताभित्र लोकार्पण गर्न लागिएको डकुमेन्ट्रीलाई विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन गरिने र एयरलायन्सहरुसँग सहकार्य गरेर यात्रामा देखाउन पहल गरिने योजना रहेको रनले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः ३ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्