Top Navigation
Main Navigation
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ ५, २०८२

काठमाडाैं । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि आज सोमबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आइतबार सरकारलाई आचारसंहिता लागू गर्ने तयारीबारे जानकारी गराएको थियो । आयोगको बैठकले सोमबार राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसँग भएको छलफलमा आयोगले आचारसंहिताबारे प्रस्तुतीकरण गरेको थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको टोलीले आचारसंहिताका मुख्य प्रावधानबारे जानकारी गराएको थियो । 

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी निर्वाचन सफल बनाउनु आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबैको साझा दायित्व भएको बताए। कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता थियो ।

कस्तो छ आचारसंहिता ?

आचारसंहिताअनुसार कुनै पनि व्यक्ति, दल वा उम्मेदवारले निर्वाचनमा पक्ष वा विपक्षमा स्रोत–साधन र सम्पत्ति प्रयोग गर्न पाउने छैनन्। निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा अवरोध पुर्‍याउन, सरकारी तथा सार्वजनिक संस्था र विद्यालय क्षेत्रभित्र निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न निषेध गरिएको छ ।

त्यसैगरी दल वा उम्मेदवारको चुनाव चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार गर्न पनि रोक लगाइएको छ ।

चरित्रहत्या हुने गरी प्रचार गर्न, बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गर्न, निषेधित समय र स्थानमा जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइने छैन । सार्वजनिक यातायात अवरुद्ध हुने गरी जुलुस वा सभा गर्नसमेत रोक लगाइएको छ।

सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न, झुटा खाता वा वेबसाइट सञ्चालन गर्न, होच्याउने, दुष्प्रचार गर्ने, अपमानजनक तथा द्वेषपूर्ण (हेट स्पिच) टिप्पणी गर्न निषेध गरिएको छ ।

यसैगरी उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न वा मतपरिणाम सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ। मतदाताको गोप्यता भंग गर्न, मतदानमा खटिएका कर्मचारीलाई हतोत्साहित गर्न वा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख छ ।

चुनावमा प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने उद्देश्यले विचार व्यक्त गर्न, प्रचार गर्न, विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन, सेयर वा प्रतिक्रिया दिनसमेत निषेध गरिएको छ ।

निर्वाचन आयोगले आइतबार राजनीतिक दलहरूले पेस गरेका समानुपातिकतर्फका बन्दसूची सार्वजनिक गर्दै उम्मेदवारको संख्या सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको योग्यतामाथि दाबी–विरोध गर्न चाहने मतदाताले आगामी माघ १० गतेभित्र निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्