Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रुकुमपूर्वमा प्रचण्डका चार दिन
रुकुमपूर्वमा प्रचण्डका चार दिन
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, फागुन ४, २०८२

रुकुमपूर्व । हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे, त्यहाँ हिउँको सेतो थुप्रोले उनलाई स्वागत गर्‍यो। २९ फागुनमा रुकुम पूर्व प्रवेश गरेका प्रचण्ड हिउँमा खेल्दै गरेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए।

यो भ्रमण केवल दृश्यात्मक क्षण मात्र नभई उनले पहिलोपटक प्रधानमन्त्री हुँदा अगाडि सारेको मध्यपहाडी लोकमार्ग र जनयुद्धको आधार क्षेत्रमा फर्किएको राजनीतिक तथा भावनात्मक पुनःउपस्थिति पनि बनेको देखियो।

सात दिने मतदाता भेटघाट कार्यक्रमअन्तर्गतका पहिलो चार दिन (८४ घण्टा) औपचारिक कार्यक्रमभन्दा बढी अनौपचारिक संवाद, ऐतिहासिक स्मरण र स्थानीयसँग प्रत्यक्ष सम्पर्कमा केन्द्रित रहे। जनयुद्धका ऐतिहासिक स्थल पुगे, सहिद परिवारसँग भेट गरे, घाइते योद्धालाई सम्मान गरे र स्थानीयका समस्या सुन्दै विकासका प्रतिबद्धता व्यक्त गरे।

यसले रुकुम पूर्वका मतदाता र कार्यकर्तामा उनको उम्मेदवारीलाई लिएर नयाँ राजनीतिक सक्रियता देखिएको संकेत गर्‍यो। गाउँका चुल्हो, हिउँका थुप्रा, तातोपानीका कुण्ड र सहिद गेटमा भएका संवादले अभियानलाई भावनात्मक स्वरूप दिएको देखियो।

पहिलो दिन : पातीहाल्नादेखि भूमेसम्म स्वागत र राजनीतिक संकेत

बागलुङ–रुकुम सिमाना पातीहाल्नामा पुगेपछि स्थानीय नेता–कार्यकर्ताले स्वागत गरे। हिउँले ढाकिएको डाँडामा केहीबेर हिँडे र स्थानीयसँग भेटघाट गरे। त्यसपछि भूमे–१ लुगुम पुगे, जहाँ खाम मगर संस्कृतिअनुसार फेटा लगाएर स्वागत गरिएको थियो। त्यही क्रममा एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गराए र लुगुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरे। टेलिफोन समस्याबारे जानकारी पाएपछि समाधानका लागि स्वकीय सचिवलाई पहल गर्न निर्देशन दिए।

साँझ खाबाङबगर पुगेपछि स्थानीयसँग आगो ताप्दै संवाद गरे र त्यहीँ बास बसे। स्थानीयले यसलाई नेता र जनताबीचको नजिकको सम्बन्धको संकेतका रूपमा व्याख्या गरे।

दोस्रो दिन : लाबाङ र महतमा इतिहाससँग पुनःसाक्षात्कार

३१ औं जनयुद्ध दिवसको सन्दर्भमा लाबाङ पुगे। त्यही गाउँमा २०६१ मा भएको महत्वपूर्ण पोलिटब्यूरो बैठकको स्थल अवलोकन गरे। स्थानीयले परम्परागत खानासहित स्वागत गरे। उनले विगत र वर्तमानको तुलना गर्दै विकासका अधुरा काम पूरा गर्ने बताए।

त्यसपछि महत गाउँ पुगे र जनयुद्धको पहिलो युद्धबन्दी साटफेरसँग सम्बन्धित स्मृति संरचना अवलोकन गरे। डीएसपी ठूले राई पक्राउ र देव गुरुङसँग भएको साटफेरको प्रसंगलाई जनयुद्धको ऐतिहासिक मोडका रूपमा स्मरण गरे। स्थानीयले गाजाबाजासहित स्वागत गर्दै आफ्ना समस्या सुनाए।

खाबाङबगरमा आयोजित कार्यक्रममा सहिद परिवार, बेपत्ता परिवार र घाइतेलाई सम्मान गरे। साँझ चुनबाङको गैरिगाउँ पुगे, जहाँ स्थानीय सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो।

तेस्रो दिन : चुनबाङदेखि तकसेरासम्म-राजनीतिक निर्णयस्थलको पुनःअवलोकन

२ फागुन बिहान चुनबाङको भेरीडाँडामा पुगे र ऐतिहासिक बैठक स्थल तथा निर्माणाधीन युद्ध संग्रहालय अवलोकन गरे। यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेको थियो, जसले पछि शान्ति प्रक्रिया र संविधान निर्माणको मार्ग खोलेको थियो।

स्थानीयसँग अन्तरक्रिया गर्दै रुकुमपूर्वले आफूलाई नयाँ ऊर्जा दिएको बताए। पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै संगठन विस्तारको संकेत गरे। साँझ पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा पुगे। त्यहाँ सडक, पर्यटन र सांस्कृतिक संरक्षणका विषयमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे र त्यहीँ बास बसे।

चौथो दिन : बस्ती–बस्तीमा संवाद र समाजवादको राजनीतिक सन्देश

३ फागुन बिहान तकसेरामा मर्निङ वाक गरे र दलित समुदायको घरमा आगो ताप्दै स्थानीयसँग संवाद गरे। विभिन्न बस्ती-बाछीगाउँ, पदमी, ओम्खा, हुकाम, मयाङलगायत स्थान पुगे। स्थानीयले माला, खाना र सांस्कृतिक स्वागतमार्फत सहभागिता जनाए।

सिस्ने हिमाल क्षेत्रको अवलोकन गर्दै खानी र पर्यटनको सम्भावनाबारे छलफल गरे। डिम्बुरगैरा तातोपानीमा स्थानीयसँगै परम्परागत खाना खाँदै यहाँको संस्कृति विशिष्ट रहेको बताए।

साँझ मैकोट पुगेपछि स्थानीयले भव्य स्वागत गरे। सम्बोधनका क्रममा उनले रुकुम पूर्वलाई विकास र समाजवादको प्रयोगस्थल बनाउने बताए। “पहिले बन्दुक बोकेर आएको थिएँ, यसपटक विकासका लागि आएको छु,” भने। त्यहीँ बास बसे।

राजनीतिक, भावनात्मक र संगठनात्मक पुनःउपस्थिति

यी ८४ घण्टामा उनले सहिद परिवारलाई सम्मान गरे, ऐतिहासिक स्थल पुगे, स्थानीयसँगै खाना खाए, सांस्कृतिक कार्यक्रममा सहभागी भए र विभिन्न समुदायसँग प्रत्यक्ष संवाद गरे। समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी, सुनिता बुढा तथा नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुनलगायत नेताहरू यात्रामा सहभागी थिए।

चार दिनको यो कार्यक्रम केवल चुनावी प्रचार मात्र नभई जनयुद्धको आधार क्षेत्रमा राजनीतिक पुनःउपस्थिति,संगठन सुदृढीकरण र विकासको प्रतिबद्धता जोडिएको अभियानका रूपमा देखियो। स्थानीयको सक्रिय सहभागिता र स्वागतले राजनीतिक वातावरणलाई थप चलायमान बनाएको संकेत गर्‍यो।

रुकुमपूर्वमा उनको कार्यक्रम अझै जारी छ। तर पहिलो चार दिनले विगतको स्मृति, वर्तमानको संवाद र भविष्यको राजनीतिक लक्ष्यलाई जोड्ने अभियानको रूप लिएको स्पष्ट देखिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्