Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • ग्लोबल एनआरएन सिंगिङ आइडलमा २० उत्कृष्ट प्रतिस्पर्धी छानिए 
ग्लोबल एनआरएन सिंगिङ आइडलमा २० उत्कृष्ट प्रतिस्पर्धी छानिए 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन ३१, २०७८

काठमाडौँ । ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन्।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेसन सिजन-१ को गाला राउण्ढको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएको हो।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउण्डको अन्तरा, सारेगम र पियानो राउण्ड पार गर्दै छनौट भएका २५ जनामध्येबाट ‘गाला राउण्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन्।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, विजय लामा, गायिका प्रश्ना शाक्य र सुनिता दुलाल रहेका छन्। 

छानिएका २० जना उत्कृष्ट प्रतिस्पर्धाहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), किशोर लम्साल (कतार) रहेका छन्।

त्यस्तैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुवेत), दीपेश सिग्देल (नर्वे), राधिका कुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङतान (बहराइन) उत्कृष्ट २० मा परेका छन्।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धाहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए।

एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीहरुले प्रस्तुति दिएका थिए।

गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको रेग्मीले बताए।

संयोजक रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन्। सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन्।

‘नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ र गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्नुपर्छ भन्ने अभिप्रायले नै हामीले ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजना गरेका हौं,’ रेग्मीले भने। 

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन्। त्यसैगरी, दोस्रो पुरस्कार ४ लाख रुपैयाँ, तेस्रो पुरस्कार २ लाख रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। साथै ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्तले नेपाली भाषा, कला र संस्कृति असाध्यै धनी रहेको बताउँदै यसलाई विश्वभरि फैलाउनका लागि दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहने बताए। 

ग्लोबल एनआरएन सिंगिङको विजेता जो भए पनि कार्यक्रम सफल हुँदा सबै गैरआवासीय नेपालीहरूले जित्ने धारणा राख्दै अध्यक्ष पन्तले नेपाली संगीतको विश्वव्यापीकरणका लागि दोस्रो पुस्ताले अझै रचनात्मक कार्यहरू गर्न सक्ने धारणा व्यक्त गरे।

त्यसैगरी गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले कला र संस्कृति देशको पहिचानसँग जोडिने भएकाले जो–जहाँ पुगे पनि यसको श्रीवृद्धिमा लाग्नु पर्ने सुझाव दिए। 

उपाध्यक्ष लामाले देशभन्दा बाहिर रहे पनि नेपालीहरू आफ्नो देशको कला र संगीतलाई अघि बढाउन प्रतिबद्ध छन् भन्ने पुष्टि ग्लोबल एनआरएन सिंगिङ आइडलको उपस्थितिले पुष्टि गरेको बताए।

गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङले आफू संगीतकर्मी नभए पनि संगीत क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न सधैं लागिरहने उद्घोष गरे।  

कार्यक्रममा एनआरएनए मध्यपूर्व उपसंयोजक मनोजकुमार श्रेष्ठ, कार्यक्रमका सल्लाहकार मिलन लामा, संचारकर्मी, कलाकार निर्देशक सुर्य चन्द  तथा एनआरएनए अभियन्ताहरू रोशन थापा, राजन त्रिपाठी, रोविन्द प्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, होमनाथ पाण्डे, मोहम्मद मोक्तादा मुसलमान, राजेश राणा लगायतले शुभकामना व्यक्त गरेका थिए।


 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १३:३५
##GlobalNRNSingingIdole
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्