Top Navigation
Main Navigation
बिहीबार, चैत २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, चैत २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत २२, २०८२

ललितपुर । जीवन सधैं सरल हुँदैन। यसले कहिले काँडा देखाउँछ, कहिले फूल ! कहिले उज्यालो दिन्छ, कहिले अँध्यारो सुरुङ। नेपाली तथा नेपालभाषा कला–संस्कृति र साहित्यका आँट, साहस र धैर्यका प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन ४२ बर्षको अल्पायुमा सवैलाई रुवाएर यति धेरै चाँडै विदा भएको पनि बर्ष दिन पनि पुगेको छैन्। 

मिति २०८२ साल असार २८ गते शनिवारको मिरमिरे विहानीसंगै सवैवाट टाढ्एिका स्वतन्त्र संसार महर्जनको केही दिनअघि मात्र सम्झना गरियो । मिति २०८२ साल चैत्र १३ गते शुक्रवारका दिन काठमाडौंको मध्यबानेश्वर स्थित सनराइज क्याफेमा रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको गाला नाइट नामक सांगीतिक कार्यक्रममा स्वतन्त्र संसार महर्जनको सम्झना गर्ने कार्य भएको हो। 

स्वतन्त्र संसार महर्जनले नेपाली तथा नेपालभाषा कला र कलाकारिता क्षेत्रमा दिएको योगदानलाई त्यहाँ सम्झनेहरुमा युगीन कलाकार तथा निर्देशक पवन जोशी देखि समाजसेवी गायिका सरिता महर्जनसम्म थिए । स्वतन्त्र संसार महर्जनको सम्झनामा  जुजुकाजी रञ्जित, निशा देशार, रत्नशोभा महर्जन, दीपा महर्जन, सतीश महर्जन, युनिशा शर्पा देशार, सरिता महर्जन, आश्रय रञ्जित, राज गोपली, सुभाष मण्डल, गौतम मानन्धर, लसता जोशी र मनोज महर्जनसम्मले गीत गायन प्रस्तुत गरे । उनीहरुका गीत गायनमा स्वतन्त्र संसार महर्जनलाई सुने र उनलाई धेरै पटक सम्झना गर्ने कार्य भयो।

जसमा समाजसेवी गायिका सरिता महर्जनले पछिल्लो समय स्वतन्त्र संसार महर्जनलसंगै गाएको युगल गीत ल्यायम्हं जुयावल छ ल्यासे स्वः जुल-ल्यासे स्वय् न्ह्यः न्हापां कमाइ बःलाकेमाल–छं दुःख सिल तता जिगु मन मच्वन–कारे तता भमचा छम्ह हयाब्यु याकन बोलको उक्त गीतलाई त्यहाँ खोकनाकै सुप्रसिद्ध कलाकार मनोज महर्जनसंग गाएकी थिइन्। मनोज महर्जनसंग गीत गाउंदै गर्दा सरिता महर्जनले आफूसंगै स्वर्गवासी बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन गाइरहेको अनुभूत गर्दा कतिपटक उनलाई सम्झेर भक्कानिएकी थिइन्। 

मनको पिडा मनकै बोझ सवै विर्सेर उही कालो चश्मा लाउने स्वतन्त्र संसार महर्जन भाइसंगै गीत गाउंदै गर्दाको त्यो पललाई यादमा साँचेकी सरिता महर्जनले उक्त गीतको भिडियो समेत निर्माण गरेकी थिइन्। युगीन कलाकार तथा निर्देशक पवन जोशीको शव्द रचना तथा अनिल तुलाधरको संगीत रहेको उक्त गीतको भिडियोमा स्वतन्त्र संसार महर्जन आफैले पनि गीत गाएरै अभिनय गरेका थिए। जसमा सरिता महर्जन दिदी र भाइको रोलमा स्वतन्त्र संसार महर्जन नै थिए । जुन गीत स्वतन्त्र संसार महर्जनको जीवनकै अन्तिम गीत हुन पुग्यो। 

यसर्थ, यो गीत स्वतन्त्र संसार महर्जनको जीवनकै अन्तिम गीत भएकै कारण यसको अझ महत्व भएको स्वयम् गायिका सरिता महर्जनले भनेकी छन्। दुई सालअघि मात्र २०८० सालको दशैंको बेलामा मात्र चिनाजानी भएको स्वतन्त्र भाइसंग यति धेरै नजिकता भयो–दुई बर्षको चिनाजानी पनि युगौं युगको भएको जस्तो आत्मअनुभूत भएको तर्क राख्ने सरिता महर्जनको अनुभवमा स्वतन्त्रको मुस्कान, कुरा गर्ने शैली, आत्मिय बोली, र अझ गहिरो रूपमा भन्नुपर्दा आँखाभित्रको मानवीय संवेदना–ती सबैले छोएको थियो।

सरिता महर्जन भन्छिन्–”कहिलेकाहीँ कुनै मान्छे मात्र होइन, ती मान्छेले ल्याउने ऊर्जा नै पर्याप्त हुन्छ, कसैलाई नयाँ उचाईमा पुर्याउन। स्वतन्त्र भाइ त्यस्तै ऊर्जा हुन्। उहाँको बोलीमा प्रोत्साहन थियो, साथमा अथाह प्रेरणा, अनि व्यवहारमा प्रतिबद्धता। उहाँ मेरो जीवनका ती थोरै मानिसहरूमा पर्नुहुन्छ, जसले मलाई जीवनमा धेरै प्रेरणा दिएर गएको छ । 

आत्म साहस र आत्मबल छाडे्र जानु भएको छ । स्वतन्त्र भाइलाई सदा सम्झिरहने छु। उहाँ अमर कलाकार बन्नु भएको छ। उहाँ आकाशको तारा भएर हामी सवैलाई हेरिरहनु भएको छ । मलाई अझैपनि सरिता दिदी भनिरहेको जस्तो आभास हुने गरेको छ।”

स्वतन्त्र संसार महर्जन-प्रेरणादायक परिचय

नेवाः संस्कृति, ऐतिहासिक चेतना र कलाको आत्मामा हुर्किएका स्वतन्त्र संसार महर्जन नेपाली कला, संगीत र समाजसेवामा समर्पित बहुमुखी प्रतिभा हुन्। विसं.२०३९ साल माघ १४ गते ललितपुरको लिच्छविकालिन ऐतिहासिक गाउँ तत्कालिन जितापुर हाल ललितपुर महानगरपालिका वडा नंबर २१ स्थित खोकनामा जन्मेका उनी पिता स्वः तेज बहादुर महर्जन र माता कान्छी माया महर्जनका कान्छा सुपुत्र हुन्।

उनका दाजु पवित्र कुमार महर्जन र दिदी पुण्यवती महर्जन हुन्। सानैदेखि सिर्जनशील मन भएका स्वतन्त्र संसार महर्जन बाल्यकालमा गाउँकै सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागी हुन्थे। मौलिक र आत्मीय बोली, विनम्र व्यवहार र सबैलाई समेट्ने आत्मीयताका कारण उनी सानैदेखि सबैको प्रिय पात्र थिए।

समयको यात्रामा उनको कलाको बहुआयामिक दुनियाँमा प्रवेश भयो। अभिनय, संगीत, निर्देशन र निर्माण-सबै विधामा उनले आफ्नो विशिष्ट पहिचान बनाउँदै गए। नेपाली सांगीतिक म्युजिक भिडियो, लघुचलचित्र, समाजिक सन्देशमूलक श्रव्य-दृश्य सामग्रीहरूमा उनको अभिनय, निर्देशन र निर्माणले छुट्टै धार बनाएको छ। गायकको रूपमा पनि उनको स्वर मधुर, भावनात्मक र आत्मस्पर्शी छ। उनले स्वरमा आत्मा मिसाएर दर्शक तथा श्रोतामाझ आफ्नो छुट्टै स्थान बनाएको छ।

उनको विशिष्टता केवल कलामा सीमित छैन्। उनी एक नायकको रूपमा मात्र नभई एक कुशल निर्देशक, दूरदर्शी निर्माता, र सामाजिक सेवामा समर्पित व्यक्तित्वको रूपमा समेत चिनिएका छन्। समाजप्रतिको उत्तरदायित्वलाई उनले व्यवहारमा उतार्ने कार्य भएको थियो। जहाँ-जहाँ सामाजिक पीडा, अन्याय वा अभाव देखिन्छ, उनी त्यहाँ कुनै न कुनै रूपले सहयोगको हात फैलाउन पुग्छन्।

उनी समाजसेवा र मानवीय सेवाभावमा प्रेरित भएर अग्रसर बन्दैआएका थिए। विशेषतः युवापुस्तालाई प्रेरणा दिने, उनीहरूलाई सिर्जनशील बनाउने र सकारात्मक सोचको बाटोमा अगाडि बढाउने कार्यमा उनको योगदान प्रशंसनीय छ।

व्यक्तित्वको दृष्टिकोणले हेर्दा स्वतन्त्र संसार महर्जन अत्यन्तै नम्र, विनम्र, पारदर्शी र मिलनसार व्यक्ति थिए। उनको सौम्य मुद्रा र आत्मीय बोलीले जो कोहीलाई सहजै प्रभावित पाथ्र्यो । हँसिलो अनुहार, स्पष्ट दृष्टिकोण र सबैप्रति सम्मानभाव राख्ने उनको स्वभावले उनी आम मानिसको मनमा छिट्टै बस्ने गरेको थियो। उनी कुनैपनि कार्यक्रममा सहभागी हुँदा आफ्नो टोलीसहित सधैं सहकार्य र सहभागिताको भावना लिएर प्रस्तुत हुने गर्दथ्ये । उनी सामूहिकताको पक्षधर थिए । जहाँ व्यक्तिगत होइन, समुहगत विकास र प्रगति हुन्थ्यो।

उनको जीवन यात्राले प्रेम, संघर्ष र आत्मविश्वासको मिश्रण बोकेको छ। यी पक्षहरूलाई लेखक दिपक विवश आँशुले “झीरमा उनेको मान्छे” संस्मरण संग्रहमार्फत कलात्मक रूपमा प्रस्तुत गरेका छन्। सो संस्मरणमा स्वतन्त्र संसार महर्जनको जीवनका विविध पक्षहरू कलासँगको नाता, गहिरो प्रेमसम्बन्ध, पारिवारिक अनुभव र जीवन दर्शन भावुक शैलीमा वर्णन गरिएको छ। उनको जीवन सधैं सरल नभएपनि जस्तोसुकै परिस्थिति सामना गर्दा पनि आफ्नो सौम्यता, निष्ठा र मानवीयता गुमाएनन । यो विशेषताले नै स्वतन्त्र संसार महजर्नलाई अनेक भीडमा फरक र प्रेरणादायी बनाएको छ।

स्वतन्त्र संसार महर्जन नाम आजको पुस्तामाझ केवल एउटा कलाकारको पहिचान नभई एउटा प्रेरणादायी जीवनपद्धतिको प्रतिक बनिसकेको छ। उनले कलामार्फत समाज रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वासका साथ जुन समर्पण, लगन र निष्ठाका साथ काम गरिरहनुभएको छ, त्यसले उनलाई अझ बढी सम्मानयोग्य बनाएको छ। उनका अभिव्यक्तिहरूमा सत्य, सादगी र संवेदना पाइन्छ, जुन आजको आत्मकेन्द्रित समयमा दुर्लभ हुन थालेको छ। त्यसैले, स्वतन्त्र संसार महर्जनको परिचय केवल यति भनेर सकिन्न उनी एउटा भावना, एउटा विचार, र एउटा जिन्दगीको सौन्दर्यपूर्ण व्याख्या पनि हो।

याे पनि : 

नामी साप्ताहिक
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
  • नंः २ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः ३ जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
  • नंः ४ नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
  • नंः ५ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्