Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
मंगलबार, असार ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख २६, २०८३

काठमाडाैं ।  नेपाली चलचित्र उद्योगमा लामो समयदेखि अभिनयको माध्यमवाट योगदान दिदैआएका कलाकार गोकुल सुवेदी कलाकारका हक, हित र अधिकारका लागि लाग्दैआएका संघर्षशील कलाकार हुन्। 

जसको पहिलो सोच अनि प्राथमिकता नै कला र कलाक्षेत्र नै हो। यसकारण पनि कलाकारको हक,हित र अधिकारका लागि अझ क्रियाशील बन्न आगामी जेठ ३ गते हुन गैरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको बताएका छन्। चलचित्र कलाकारको सुख–दुःखका साथी बन्न सदस्य पदमा उम्मेदवारी दिएको बताउने कलाकार गोकुल सुवेदी स्वभाविक अभिनयका धनी कलाकार हुन्।

जसले विभिन्न नेपाली टेलिसिरियल र चलचित्रहरूमा अभिनय गरेका छन्। उनले टेलिभिजन र ठूलो पर्दा दुवैमा विभिन्न भूमिकामा अभिनय गरेका छन्।

सत्रञ्ज, मोड, रातो भाले, तिरिमिरी झ्याइँ, भद्रगोल, भाग्य आ–आफ्नो, पिंजडाकी चरी लगायतका दर्जनौं टेलिचलचित्र तथा मातृभूमी, वान साइड लभ, किन किन, सकस, बाउन्सर, दलाल, बिर्खेलाई चिन्छ्स् लगायतका चलचित्रहरूमा अभिनय गरेका छन्।

हाल टेम्के द डेस्टिनेशन नामक नयाँ फिल्ममा नायक शिव श्रेष्ठका साथमा लिडिङ क्यारेक्टरमा अभिनयरत् छन्। यस चलचित्रमा पहिलो पटक नायक शिव श्रेष्ठसंग समानान्तर भूमिका रहेको छ। यसअघि झाँक्री नामक फिल्ममा पनि लिड रोल गरिसकेका छन्। सवैखाले सवै भूमिकामा उत्तिकै न्यायपूर्ण अभिनय गर्ने स्वभाविक अभिनयका धनी कलाकारका रुपमा उनलाई लिइने गरेको छ।

सुखमा त सवै हुन्छन्–दुःखमा कोही हुदैन । कोही नहुने दुःखमा सवैको साथी बन्न चाहने सोच, खोजका धनी कलाकार गोकुल सुवेदी आफूलाई सवैले दुःखको साथी भनेर सोचिदिएमा धन्य हुने भन्छन्।

सवैको दुःखका साथी कलाकार गोकुल सुवेदीका सन्देश

स्वभाविक अभिनयका धनी कलाकार गोकुल सुवेदीलाई विशेष गरी नेपाली टेलिचलचित्र र चलचित्र क्षेत्रलाई व्यावसायिक बनाउन र नयाँ पुस्ताका कलाकारहरूलाई मार्गनिर्देश गर्न महत्वपूर्ण भूमिका खेल्ने स्रष्टाका रूपमा चिनिन्छ। कला र कलाकारिताको संवद्र्धन तथा विकासका लागि सदा कटिवद्ध तथा प्रतिबद्ध भएर लाग्दैआएका उनको भाषामा कला र कलाकारिता क्षेत्रमा खासगरी युवाहरू तथा टिन एजर समूहको बाहुल्यता हुन्छ। कलाकारिता क्षेत्रको प्रवद्र्धन र विकासमा निजी क्षेत्रको भूमिका अहम् भएको पाईन्छ। स्कूल एजको यो उमेर अतिरिक्त कृयाकलाप सिक्ने उमेर पनि हो।

यसैले कलाकारिताको यो क्षेत्रमा टिन एजरको सहभागिता बढी नै हुने गरेको पाईन्छ। हिजोआज त बिभिन्न टेलिभिजन च्यानलले यो क्षेत्रका प्रतिभाहरू खोजी गर्ने क्रममा बिभिन्न कार्यक्रम समेत चलाउदै देशका कुना काप्चासम्म पुग्ने गर्छन्। यसप्रकारका प्रयासहरूले नयां नयां कलाकारहरूलाई जन्माएको पाईन्छ। जुन सकारात्मक पक्ष हो।

यसरी विभिन्न प्रतियोगिताबाट खारिदै आउदा ओझेलमा परेका कलाकारहरू उजागर हुने मौका पाएर यिनीहरूले आफ्नो र देशको मुहार उज्यालो बनाएका छन्। जुनसुकै क्षेत्रको पनि दुईवटा पाटा हुन्छन् एउटा सकारात्मक र अर्को नकारात्मक ।  यो कलाकारिता क्षेत्र सकारात्मक हुदाहुदै पनि यसको ब्यबस्थापन गर्न नजान्दा र नसक्दा यो क्षेत्रमा उदाउदै गरेका प्रतीभाहरू बीचमै खतरामा पर्ने गर्छन् र यिनिहरूको भविष्य अन्धकार हुन पुग्छ।

यस्तो अबस्था आउनुका पछाडि धेरै कारण रहेको वताउंदै कलाकार सुवेदी ती मध्ये केही प्रमुख कारणमा यिनीहरूले संरक्षकत्वको अभाव भएको भन्छन्। उनका अनुसार, यिनीहरू घरको संरक्षकत्वबाट टाढा हुने र अर्को भर पर्ने र विश्वासिलो संरक्षकत्वको अभावमा बस्नु पर्ने हुदा यिनीहरू उपर सुरक्षा खतरा हुन्छ। यस्ता प्रतिभाहरुको कलाबाट जो कोही पनि आकर्षित हुन सक्छ र संरक्षकत्वको अभावमा सो आकर्षणको दुरूपयोग नहोला भन्न सकिदैन। 

त्यसैले यस्ता कलाकार सुरक्षाको खतरामा हुन्छन्। अधिकांश यस्ता कलाकार टिन एजर हुने हुदा यिनीहरू शारीरिक र मानसिक तवरले अपरिपक्व हुन्छन्। यिनीहरूसंग सोच्ने शक्ति कमजोर हुन्छ। आफ्नो भविष्य बारे सोच्न नसक्ने बेलामा यिनीहरू उपर हुने असुरक्षाको आंकलन गर्न सक्दैनन्।
अधिकांश कलाकारहरूको पढ्ने उमेरमा यो क्षेत्र तिर आकर्षण बढ्दै जान्छ जसले यिनीहरूको शैक्षिक विकास रोकिन सक्छ। यसरी शैक्षिक विकासमा अवरोध आउनु निश्चय पनि सुखद पक्ष हैन। 

यो क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी ग्ल्यामरस हुन्छ जुन स्वभावैले बढी खर्चिलो हुन्छ। यो पूरा गर्न खोज्दा कलाकारहरू कुलततिर लाग्ने डर हुन्छ। त्यसैगरी हाम्रो समाज यो क्षेत्रमा जति बढी जिम्मेवार हुनु पर्ने हो ? त्यति जिम्मेवार हुनुको सट्टा तमासे भएको पाईन्छ, जसले गर्दापनि यो क्षेत्रले संरक्षक विहीनताको समस्या झेल्दै गएको यथार्थ तर्क पनि कलाकार सुवेदीको छ।

यो समस्याबाट पुरूष कलाकारको तुलनामा महिला कलाकार बढी पीडित भएको पाईन्छ। यो क्षेत्रले प्रारम्भमा यस्तै समस्याहरु भोग्ने गरेको पाईन्छ तर यसबाट हरेश नखाई अगाडि बढ्ने र देखिएका समस्यालाई क्रमशः कम गर्दै जान सक्नु पर्छ। यसको निम्ति सम्बन्धित अभिभावक नै जिम्मेवार बन्नु पर्ने हुन्छ। आफ्ना सन्तानको कलाकारिता क्षेत्र तर्फको क्षमता पहिचान गरी उनीहरूको सहभागितालाई प्रोत्साहन र संरक्षण गर्न प्रारम्भमा स्वयं अभिभावक खट्नु पर्ने राय पनि सुवेदीको छ। जब उनीहरू परिपक्व हुदै जान्छन् अनि साथीहरूको साथमा छोड्न सकिन्छ।

त्यसै गरी विद्यालयले पनि आफ्ना विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूको औपचारिक शिक्षामा वाधा नआउने गरी साथ सहयोग र संरक्षकत्व दिनु पर्ने हुन्छ। यसरी बहकिन सक्ने उमेरलाई ख्याल गरेर कलाकारको क्षमतालाई अगाडि बढाउने नीति स्थानीय सरकारले पनि लिनु पर्ने हुन्छ। कलाकारलाई समाजको ऐना र राष्ट्रको गहना बनाउन परिवार, समाज र सरकारको अहं भूमिका रहन्छ। यसैले यस तर्फ सम्बन्धित सबैले बेलैमा ध्यान पु¥याउन जरुरी भएको राय पनि कलाकार सुवेदीको छ।

 


 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  ०६:५१
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ५ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्