Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, जेठ २९, २०८३

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दलहरूको गुटबन्दी, भागबण्डा, स्वार्थ समूह र सत्ता संघर्षको अन्त्य गर्ने वाचा गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गरेको थियो । त्यही आशाका साथ जनताले उसलाई अभूतपूर्व समर्थन पनि दिए । 

तर सरकारको नेतृत्व सम्हालेको केही समयमै रास्वपा नेतृत्वको सरकारभित्र देखिएका घटनाक्रमले भने पार्टीभित्रको शक्ति संघर्ष र नेतृत्वबीचको अविश्वास सतहमै देखिन थालेको संकेत दिएका छन् । बाहिरबाट एउटै राजनीतिक उद्देश्य र साझा प्रतिबद्धता देखिए पनि भित्रभित्रै प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच दूरी बढ्दै गएको अनुभूति विभिन्न घटनाले गराइरहेका छन् ।

सरकार सञ्चालनमा सबैभन्दा महत्त्वपूर्ण मानिने विषय आपसी विश्वास र समन्वय हो । तर अहिले क्याबिनेटभित्र मन्त्रीहरू नै एकअर्कालाई विश्वास गर्न नसक्ने अवस्था सिर्जना भएको देखिन्छ । मन्त्रालयहरूबीच सहमतिका लागि पठाइने गोप्य दस्तावेज, नियमावलीका मस्यौदा तथा नीतिगत प्रस्ताव सार्वजनिक हुन थालेका छन् । कुनै पनि सरकारका लागि नीति निर्माणको प्रारम्भिक चरणमा हुने छलफल गोप्य मानिन्छ । तर शिक्षा मन्त्रालयले तयार पारेको शैक्षिक परामर्श केन्द्रसम्बन्धी नियमावलीको मस्यौदा अर्थ मन्त्रालय पुगेको केही समयमै बाहिरिनु सामान्य प्रशासनिक कमजोरी मात्र होइन, सरकारभित्रको अविश्वासको गम्भीर संकेत हो । 

सूचना चुहावटपछि सम्बन्धित व्यवसायीहरू आन्दोलनमा उत्रिए, मन्त्रालयमाथि दबाब बढ्यो र नीति निर्माण प्रक्रिया नै प्रभावित बन्यो । अझ चिन्ताजनक पक्ष त के छ भने स्वयं शिक्षा मन्त्रालयका अधिकारीहरूले नै अर्थ मन्त्रालयबाट सामग्री ‘लिक’ भएको आरोप लगाइरहेका छन् । एउटै सरकारका दुई मन्त्रालयबीच यस्तो आरोप–प्रत्यारोप हुनु सरकारभित्रको समन्वय कति कमजोर छ भन्ने प्रमाण हो । 

यस घटनाले अर्को प्रश्न पनि उठाएको छ । के अहिले सरकार दुई शक्ति केन्द्रमा विभाजित हुँदै गएको छ ? राजनीतिक वृत्तमा लामो समयदेखि प्रधानमन्त्री बालेन्द्र शाह उर्फ वालेन र सभापति रवि लामिछाने निकट नेताहरूबीच छुट्टाछुट्टै समूह सक्रिय रहेको चर्चा चल्दै आएको थियो । पछिल्ला घटनाहरूले त्यो चर्चालाई थप बल पुर्‍याएका छन् । क्याबिनेटका केही मन्त्रीहरू सभापति लामिछानेको विश्वासपात्र मानिन्छन् भने केही मन्त्रीहरू प्रधानमन्त्री शाहको राजनीतिक लाइनसँग नजिक रहेको बुझाइ छ । 

यसले सरकारभित्र एउटै नीति र उद्देश्यभन्दा पनि आन्तरिक शक्ति सन्तुलनको खेल चलिरहेको आभास दिन थालेको छ । विद्युतीय सवारीसाधन आयात प्रकरणले यो अन्तरविरोधलाई अझ सतहमा ल्याएको छ । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतामा सशस्त्र प्रहरी परिचालन गरेर सयौं विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइनु र त्यसपछि संयुक्त छानबिन समिति गठन गरिनु सामान्य प्रशासनिक प्रक्रिया मात्र होइन । यसले अर्थ मन्त्रालयमाथि नै अविश्वास गरिएको सन्देश दिएको छ । अर्थ मन्त्रालय स्वयं सरकारको शक्तिशाली मन्त्रालय हो । तर प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई जानकारी गराउनेभन्दा पनि निगरानी गर्ने भूमिकामा देखिनु सम्बन्ध सहज नरहेको संकेत हो । 

यस घटनापछि अर्थमन्त्री स्वर्णिम वाग्ले आलोचनाको केन्द्रमा पुगे । संसद र संसदीय समितिमा उनीमाथि प्रश्न उठे । तर रोचक कुरा के देखियो भने अर्थमन्त्रीको बचाउमा खुलेर उत्रिनेहरू प्रधानमन्त्री पक्ष होइन, सभापति रवि लामिछाने निकट नेताहरू थिए । यसले राजनीतिक रूपमा एउटा स्पष्ट सन्देश दिएको छ । सरकारभित्रको शक्ति समीकरण अब केवल प्रशासनिक विषयमा सीमित छैन, बरु राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख भइरहेको छ । 

परराष्ट्र नीतिमा देखिएको असहजताले पनि यही तस्वीरलाई थप स्पष्ट बनाउँछ । प्रधानमन्त्री शाहले संसदमा दिएको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिपछि सरकारलाई कूटनीतिक दबाब झेल्नुपर्‍यो । प्रधानमन्त्री स्वयं मौन बसे पनि परराष्ट्रमन्त्री शिशिर खनालले बारम्बार स्पष्टीकरण दिनुपर्‍यो । अझ प्रधानमन्त्री सचिवालय नै त्यसप्रति असन्तुष्ट रहेको चर्चा बाहिर आयो । सामान्यतया प्रधानमन्त्रीको अभिव्यक्तिको रक्षा गर्नु परराष्ट्र मन्त्रालयको दायित्व हो । तर त्यसै विषयलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच असन्तुष्टि देखिनु सरकारभित्र एउटै दृष्टिकोण र एउटै सन्देशको अभाव रहेको संकेत हो । 

परराष्ट्रमन्त्रीको भारत भ्रमणसम्बन्धी प्रक्रियाले पनि प्रश्न उठाएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुँदै भ्रमणको सूचना पार्टी निकट व्यक्तिहरूमार्फत बाहिर आउनु राज्य संयन्त्रभन्दा पार्टी संरचना बढी प्रभावशाली बन्दै गएको संकेतका रूपमा हेरिएको छ । सरकार सञ्चालनका संवेदनशील विषयहरू औपचारिक संयन्त्रभन्दा अनौपचारिक शक्ति केन्द्रबाट प्रभावित हुन थाले भने त्यसले प्रशासनिक उत्तरदायित्वलाई कमजोर बनाउने जोखिम रहन्छ ।

रास्वपाले नयाँ राजनीतिक संस्कृतिको वाचा गरेको थियो । तर अहिले देखिएका घटनाक्रमले पुराना दलहरूमा देखिने रोगहरू–गुटबन्दी, शक्ति संघर्ष, अविश्वास र समानान्तर शक्ति केन्द्र हुन् ।

नयाँ आवरणमा दोहोरिन थालेका त होइनन् भन्ने प्रश्न उठ्न थालेको छ । रोग पुरानै छ । जनताले पुराना दलहरूप्रति वितृष्णा व्यक्त गरेर रास्वपालाई अवसर दिएका थिए । तर यदि सरकारभित्र नै विश्वासको संकट गहिरिँदै जाने हो भने त्यो अवसर चाँडै चुनौतीमा बदलिन सक्छ । 

कुनै पनि सरकारको सफलताको आधार विपक्षी दल कमजोर हुनु होइन, आफ्नै नेतृत्व र मन्त्रीहरूबीच विश्वास बलियो हुनु हो । जब मन्त्रीहरू एकअर्कालाई शंकाको दृष्टिले हेर्न थाल्छन्, जब नीति निर्माणभन्दा सूचना लिक कसले गर्‍यो भन्ने बहस ठूलो बन्न थाल्छ, जब प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरूबीच समन्वयभन्दा प्रतिस्पर्धा देखिन थाल्छ, तब सरकारको ऊर्जा परिणाम दिनभन्दा आन्तरिक व्यवस्थापनमै खर्च हुन थाल्छ । 

आज वालेन सरकारको सबैभन्दा ठूलो चुनौती संसदमा रहेको विपक्षी शक्ति होइन । सबैभन्दा ठूलो चुनौती आफ्नै घरभित्र बढ्दै गएको अविश्वास, शक्ति संघर्ष र नेतृत्वबीचको दूरी हो । यदि यो दूरी समयमै कम गर्न नसके रास्वपाले प्रतिज्ञा गरेको नयाँ राजनीतिक संस्कृतिको सपना केवल नारामा सीमित हुन सक्छ । जनताले अपेक्षा गरेको परिवर्तन पनि परिणामभन्दा बढी विवाद, स्पष्टीकरण र शक्ति संघर्षमै अल्झिने खतरा बढ्नेछ । 

सरकार गठन हुँदा वालेन शाह र रवि लामिछानेको सहकार्यलाई नयाँ राजनीतिक प्रयोगका रूपमा हेरिएको थियो । तर आज प्रश्न उठ्न थालेको छ–के त्यो सहकार्य अझै मजबुत छ, कि भित्रभित्रै चिरा परिसकेको छ ? पछिल्ला घटनाक्रमले कम्तीमा यति त अवश्य देखाएका छन् कि सरकारभित्र सबै कुरा बाहिर देखिएजस्तो सहज छैन । 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०६:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्