Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
शारदा बजगाईँ
शारदा बजगाईँ आइतबार, असार ७, २०८३

झापा ।     कुनै पनि पेशाले मानिसलाई जबरजस्ती रोजेको हुँदैन। बरु मानिस आफैंले आफ्नो पेशा रोजेको हुन्छ। अब हामी आफैले रोजेको पेशामा रहन्छौं भने त्यसको अपमान गर्ने अधिकार हामीलाई छैन् । हरेक दिन पेशाप्रतिको दृष्टिकोण सकारात्मक हुन नितान्त जरुरी छ। 

कुनै पनि काम गर्दा भित्री हृदयदेखि खुसी भएर गर्नुपर्छ। इच्छा र उत्साह बिना केवल बाध्यता वा आर्थिक प्रलोभनका लागि मात्र गरिएको पेशाले कहिले पनि सकारात्मक परिणाम दिन सक्दैन। विशेषगरी सेवामूलक क्षेत्रमा बिना इच्छा काम गर्ने व्यक्तिले सेवाग्राहीलाई कहिले खुशी र सन्तुष्ट राख्न सक्दैन सेवाग्राहीको असन्तुष्टिले अन्तत पेशागत असफलता निम्त्याउँछ । पेशाप्रतिको महत्व त्यो व्यक्तिलाई सोध्नुस् । जो क्षमता भएर सर्टिफिकेट बोकेर अवसरको आशामा बसेको हुन्छ।

यदि आफ्नो पेशाप्रति आघात प्रेम श्रद्धा र समर्पण छैन भने, हरेक दिन मन मारेर काम गर्नुभन्दा बेलैमा पेशा बदल्नु नै श्रेयस्कर हुन्छ। इच्छा नभएको पेशामा टाँसिरहनु भनेको आफ्नो क्षमता संस्था र सेवाग्राही तीनवटै पक्षहरु माथि अन्याय गर्नु हो।

मानव जीवन केवल सास फेर्नु र भौतिक सम्पत्ति आर्जन गर्नु मात्र होइन। श्रद्धा, प्रेम, दया र करुणा जस्ता कोमल मानवीय भावनाहरूले नै मानिसलाई अन्य प्राणीभन्दा श्रेष्ठ बनाएका छन्। आजको भौतिकवादी युगमा मानिसहरू वैभव र विलासितालाई नै सर्वस्व मान्ने गल्ती गरिरहेका छन्। तर, सत्य के हो भने, भौतिक सम्पत्ति सम्पूर्णता होइन। मानिस मरेर गए पनि उसले छोडेर जाने नैतिकता, जिम्मेवारी र इमान्दारिता नै त्यस्ता अमूल्य वस्तु हुन्, जसले उसलाई इतिहासमा अमर बनाउँछन्। त्यसैले, मानिस व्यवहार र बोलीमा पक्का हुन जरुरी छ।

हामी संसारलाई आँखामा छारो हालेर ढाँट्न सकौँला, तर आफ्नै अन्तरात्मालाई कहिल्यै ढाँट्न सक्दैनौँ। जब हामी कसैलाई छल्छौँ वा गलत व्यवहार गर्छौँ, अन्ततः त्यसले हाम्रै आत्मालाई प्रदूषित गरिरहेको हुन्छ। हरेक कर्ममा इमान्दारिता हुनु अनिवार्य छ। विशेष गरी पेसागत जीवनमा जब कुनै व्यक्ति आफ्नो जिम्मेवारीप्रति इमान्दार रहँदैन, तब व्यक्तिगत पतन मात्र हुँदैन, उसले काम गर्ने सिङ्गो संस्थाको समेत अन्त्य निश्चित हुन्छ। छलकपट र बहानाबाजीले क्षणिक लाभ त देला, तर दीर्घकालीन रूपमा यसले आत्मग्लानि र विनाश मात्र निम्त्याउँछ।

सबैलाई ढाँट्न सकिन्छ, तर आफ्नो मनलाई ढाँट्न सकिँदैन। हरेक कर्ममा इमान्दारिता नै सफलताको पहिलो शर्त हो।  “छैन“ र “हुँदैन“ भन्ने नकारात्मक मानसिकताले मानिसलाई कहिल्यै सुख दिँदैन। सधैँ अभाव र असन्तोषको रोदन  भएको व्यक्तिले आफ्नो पारिवारिक जीवनमा समेत अशान्ति, अस्थिरता र वैमनस्यता मात्र सिर्जना गर्छ। यसको विपरित, “मसँग जे छ पर्याप्त छ र म आफ्नो कर्तव्य निष्ठापूर्वक पूरा गर्न सक्छु“ भन्ने दृढ संकल्प राख्नुपर्छ।

जीवनको वास्तविक सार्थकता कर्तव्यनिष्ठ हुनुमा छ। आफ्नो पेशालाई ईश्वरको पूजा सरह मानेर सम्मान गरौँ। सकारात्मक ऊर्जाका साथ अगाडि बढौँ ताकि, हाम्रो बोली, व्यवहार र कर्मले समाजमा एउटा सुन्दर छाप छोड्न सकोस्। मनमा सन्तोष र कर्ममा इमान्दारिता नै मानव जीवनको सबैभन्दा ठूलो वैभव हो।
 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०६:३५
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्