Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ७, २०८३

काठमाडौं। नेपाली राजनीतिले विलकुलै नेपाली धार र समर्थनलाई आत्मसात गरेपछि नेपाली राजनीतिका मसिहा भन्नेहरु पनि हार मान्न थालेका छन्। उनीहरुले वर्तमान राजनीतिक धार र आम जन समर्थनलाई आत्मसात गरेर त्यसको मूल्याँकन गर्न थालेको पछिल्लो उदाहारण नेपाली कांग्रेसको युवा नेतृत्व हो। गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले वर्तमान नेपाली राजनीति र मूलधारलाई सोधखोज गरेर मूल्याँकन गर्ने कार्य हुन थालेको छ।

त्यसको पछिल्लो उदाहारण नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारसँग दुर्लभ जनसमर्थन र राजनीतिक बल रहेको भन्दै त्यसलाई आर्थिक रूपान्तरणका लागि प्रयोग गर्न आग्रह गरेको कुराले प्रष्ट पारेको छ। उनले सरकारको लोकप्रियतालाई प्रचारमुखी गतिविधिभन्दा अर्थतन्त्र सुधार, लगानी विस्तार र रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने बताएका हुन्।

गत शनिबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक श्रृङ्खला’ कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारलाई विगतका शक्तिशाली सरकारहरूसँग तुलना गरे। उनका अनुसार अहिलेको सरकारसँग २०१५ सालको जस्तो जनसमर्थन र २०४८ सालपछिको जस्तो राजनीतिक अनुकूलता छ।

“अहिले बलियो, लोकप्रिय र जनसमर्थन प्राप्त सरकार छ। यो सरकारले जे गरे पनि हिट हुन्छ— जुत्ता लगाए पनि, चिज खाए पनि,” थापाले भने, “यस्तो जनविश्वास र समर्थन भएको बेला अर्थतन्त्रमा ठूला सुधारका काम गर्नुपर्छ। सहुलियतपूर्ण ऋण प्रणालीमा विश्वास जगाउने, निजी क्षेत्रलाई उत्साहित गर्ने र उत्पादन बढाउने क्षेत्रमा सरकार केन्द्रित हुनुपर्छ।”

थापाको टिप्पणी केही समयअघि प्रधानमन्त्री बालेन शाहले स्वदेशी उत्पादनको प्रवद्र्धनस्वरूप डिडिसीको चिज उपभोग गरेको र गोल्डस्टारको जुत्ता प्रयोग गरेको विषय चर्चामा आएको प्रसंगतर्फ लक्षित थियो। कार्यक्रममा उनले सरकारका सकारात्मक र कानुनसम्मत काममा कांग्रेसले सहयोग गर्ने स्पष्ट पारे। तर संविधान र कानुनी प्रक्रियाभन्दा माथि रहेर काम गर्ने प्रयास भए कांग्रेसले कडा रूपमा आवाज उठाउने चेतावनी पनि दिए। “हामी अनावश्यक आलोचना गर्दैनौं। तर कानुनी शासनको उल्लंघन भयो भने कांग्रेस एकढिक्का भएर उभिन्छ,” उनले भने।

सभापति थापाले सरकारले एकैपटक ठूलो मात्रामा राजस्व वृद्धि गर्ने लक्ष्य राखेको विषयमा पनि शंका व्यक्त गरे। उनले त्यस्तो लक्ष्य पूरा हुने स्पष्ट आधार नदेखिएको उल्लेख गर्दै भविष्यमा असफलताको दोष अरूमाथि थोपर्ने वातावरण बनाउन खोजिएको हो कि भन्ने चिन्ता व्यक्त गरे।

म अर्थमन्त्रीलाई आरोप लगाइरहेको छैन,” उनले भने, “तर यति ठूलो राजस्व वृद्धि कसरी सम्भव हुन्छ भन्ने स्पष्ट आधार देखिएको छैन। बरु पछि ‘हामीले गर्न खोज्यौं, गर्न दिइएन’ भन्ने तर्कका लागि वातावरण तयार पारिँदैछ कि भन्ने आशंका छ।”

थापाले आर्थिक सुधारका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्पष्ट नीति, संस्थागत विश्वास र कार्यान्वयन क्षमता आवश्यक रहेको बताए। उनका अनुसार अहिले सरकारसँग रहेको जनविश्वासलाई दीर्घकालीन आर्थिक परिवर्तनमा रूपान्तरण गर्न सके मात्र त्यसको वास्तविक सफलता मापन हुनेछ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्