Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
शारदा बजगाईँ
शारदा बजगाईँ आइतबार, असार २१, २०८३

बालबालिका देशका भविष्य मात्र होइनन्, घर–परिवारका आशाका किरण पनि हुन्। तर, पछिल्लो समय आधुनिकता र प्रविधिको बढ्दो प्रयोगसँगै हाम्रो समाजमा एउटा भयानक शत्रु भित्रभित्रै सल्किरहेको छ ‘लागू औषध दुव्र्यसन’ ! कतिपय बालबालिकाहरू थाहै नपाई यो दलदलमा फसिरहेका छन्। जसले गर्दा व्यक्ति मात्र होइन, सिङ्गो परिवार र समाज नै छिन्नभिन्न भइरहेको छ।

यो समस्याबाट हाम्रा सन्ततीलाई जोगाउन कहाँनिर चुक भइरहेको छ? हामी कहाँ चुकिरहेका छौं? यसमा कसको के भूमिका हुन्छ भन्नेबारे गम्भीर बहस र सहकार्यको खाँचो देखिएको छ। स्वीकार नगरेपनि मलाई लाग्छ पहिलो जिम्मेवारी अभिभावकले नै लिनुपर्छ।

जग बलियो बनाउने पहिलो काम अभिभावकको नै हो! यसमा पारिवारिक व्यवहार, रेख देख, आपसी समझदारी आवश्यक छ। बालबालिका कुलतमा फस्नुको पछाडि खराब साथी–संगत एउटा ठूलो कारण त हो नै, तर त्योभन्दा पनि ठुलो कारण पारिवारिक वातावरण र अभिभावकीय जिम्मेवारीको कमी हो।

समयको अभाव, व्यस्तताका नाममा आफ्ना सन्ततीलाई पर्याप्त समय नदिँदा, रेख देख नगर्दा,निगरानी नराख्दा, उनीहरू एक्लोपन महसुस गर्छन् र त्यो खालीपन मेट्न गलत बाटो रोज्छन्। पारिवारिक कलहका कारण घरमा दिनहुँ हुने झैझगडा र अशान्त वातावरणले बालबालिकामा मानसिक तनाव सिर्जना गर्छ, जसबाट उम्किन उनीहरू सान्त्वनाको खोजीमा कुलततर्फ आकर्षित हुन्छन्।

अभिभावक हुनु भनेको केवल आर्थिक आवश्यकता पूरा गरिदिनु मात्र होइन, आफ्ना छोराछोरीका भावना, उनीहरूका साथीभाइ र दैनिक व्यवहारको सूक्ष्म निगरानी गर्नु पनि हो। समाजले के भन्ला ? भन्ने डर लुकाउने प्रवृत्तिको घातक परिणाम स्वरूप लागू औषध दुव्र्यसनले झनै धेरै विकराल अवस्था लिँदै गइरहेको छ।

हाम्रो समाजमा एउटा ठूलो रोग छ । समस्यालाई समाधान गर्नुभन्दा पनि लुकाउन खोज्नु। जब कुनै अभिभावकले आफ्नो सन्तान लागू औषधको कुलतमा फसेको चाल पाउँछन्, तब उनीहरू “समाजले थाहा पाए इज्जत जान्छ“ भन्ने डरले त्यसलाई दबाउन खोज्छन्। लागू औषध दुव्र्यसन कुनै अपराध होइन, यो एउटा मानसिक र शारीरिक रोग हो।

रोगलाई लुकाएर राखे भित्रभित्रै नियन्त्रण गर्न नसक्ने गरी फैलन्छ  तर समयमै उपचार गरे निको हुन्छ। व्यवहार लुकाउने यही प्रवृत्तिका कारण बालबालिकाहरूले बेलैमा परामर्श वा उपचार पाउँदैनन् र बिस्तारै उनीहरू अपराधको बाटोमा समेत धकेलिन पुग्छन्।

यसले गर्दा चोरी, डकैती र हिंसा जस्ता सामाजिक विकृतिहरू तीब्र रूपमा बढिरहेका छन्। यो राष्ट्रिय समस्याबाट बालबालिकालाई बचाउन समाजका हरेक अङ्ग उत्तिकै जिम्मेवार र सक्रिय हुन जरुरी छ।

परिवारले बालबालिकाको रेखदेख पालनपोषणमा जिम्मेवार हुन सक्नुपर्छ। अभिभावकहरू छोराछोरीका शासक होइन, साथी बन्नुपर्छ। उनीहरूसँग दैनिक रूपमा खुला कुराकानी गर्ने, गल्ती गर्दा गाली गर्ने भन्दा पनि मायाले बुझाउने र उनीहरूका साथीहरूको सर्कल कस्तो छ भन्ने कुरामा सचेत रहनुपर्छ।

समाजक्ले कुलतमा फसेका बालबालिकालाई समाजले ’अपराधी’ वा ’कलङ्क’ को रूपमा हेरेर घृणा गर्नु हुँदैन। उनीहरूलाई सुधारिने मौका र सहानुभूति दिनुपर्छ। टोल–टोलमा कुलतविरुद्धका सचेतना अभियान चलाउनु समाजको दायित्व हो। युवाहरूलाई संगठित बनाई कुलतविरुद्ध काम गर्न प्रोत्साहन गर्नुपर्छ।

स्थानीय सरकारले वडातहसम्मै खेलकुदका गतिविधिहरू, सिर्जनशील तालिमहरू र निःशुल्क मनोपरामर्श केन्द्रहरूको स्थापना गर्नुपर्छ। बालबालिकाको ऊर्जालाई सही ठाउँमा उपयोग गर्ने वातावरण स्थानीय तहले मिलाउनुपर्छ।

राज्यले लागू औषध ओसारपसार र बिक्री–वितरण गर्ने गिरोहमाथि निर्मम भएर कडा कानुनी कारबाही गर्नुपर्छ। साथै, प्रत्येक जिल्लामा सुविधासम्पन्न र वैज्ञानिक पुनरोत्थान गृह (रिह्याब सेन्टर) को व्यवस्था गरी विपन्न वर्गका बालबालिकाको पनि उपचारमा पहुँच पु¥याउनुपर्छ।

आशा अझै बाँकी छ । हामीले नै गर्ने हो सुरुवाती कसले के गर्छ? भनेर हेरेर बस्नुभन्दा पनि आफ्नै समाज र समुदायका युवा, बुद्धिजीवी, समाजसेवी सबैको सक्रिय सहभागिता राख्दै लागू औषध दुर्वेशनीमा फसेका व्यक्तिलाई लुकाएर होइन सुधारको प्रयास गरी सुधारेर समाजका लागि उदाहरणीय पात्रका रूपमा उभ्याउन सक्नुपर्छ।

कुलतको अँध्यारो सुरुङ जतिसुकै लामो र डरलाग्दो भए पनि त्यसको अन्त्यमा उज्यालो अवश्य हुन्छ। दुव्र्यसनमा फसेका बालबालिकाहरू खराब होइनन्, उनीहरू त केवल गलत परिस्थितिका सिकार भएका हुन्।

उनीहरूलाई सजाय होइन, सहायताको खाँचो छ; घृणा होइन, मायाको आवश्यकता छ। जब घरमा आत्मीय वातावरण बन्छ, समाजले सहयोगको हात बढाउँछ र राज्यले दह्रो अभिभावकत्व ग्रहण गर्छ, तब जस्तोसुकै कुलतको दलदलबाट पनि हाम्रा बालबालिकालाई सुरक्षित बाहिर निकाल्न सकिन्छ। आजैबाट प्रण गरौँ आफ्ना सन्ततीलाई समय दिऔँ, उनीहरूका कुरा सुनौँ र कुलतमुक्त समाज निर्माणमा आफ्नो तर्फबाट एउटा इँटा थपौँ।
 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  ०६:३१
प्रतिक्रिया दिनुहोस्
थप विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ३ बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
  • नंः ४ देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
  • नंः ५ याे देशमा न्याय छैन, उदाहरणकाे लागि माइतिघर गएर हेरे हुन्छ
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्