Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, साउन २९, २०८३

काठमाडाैं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको साढे पाँच महिनापछि भएको स्वदेश आगमनलाई सामान्य राजनीतिक घरफिर्तीका रूपमा मात्र हेर्न मिल्दैन । उनको आगमनसँगै नेपाली कांग्रेसभित्रको वैधानिकता विवाद, गगन थापा नेतृत्वको नयाँ संरचना र देउवा पक्षको राजनीतिक भविष्य फेरि बहसको केन्द्रमा आएको छ । 

अझ रोचक कुरा के छ भने, स्वदेश फर्किएलगत्तै देउवाले दिएको वक्तव्य र सार्वजनिक मन्तव्यको भाषाशैलीमा देखिएको अन्तरले उनको आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण संकेत दिएको छ । देउवाको लिखित वक्तव्य हेर्दा उनी बदलिएको देखिन्छन् । उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन् । विभाजन र विद्वेषको घाउ निको पार्नुपर्ने, प्रतिशोधको बाटो छाडेर मेलमिलाप रोज्नुपर्ने र युवालाई अघि बढाउनुपर्ने उनको भनाइ छ । यस्तो भाषाले देउवा अब प्रत्यक्ष सत्ता संघर्षभन्दा पार्टीभित्र सहमति र समन्वयको बाटो रोज्न चाहन्छन् भन्ने सन्देश दिन्छ । 

तर चुनदेवीमा उनले दिएको मन्तव्यले त्यही सन्देशलाई चुनौती दियो । त्यहाँ देउवा नरम देखिएनन् । आफूविरुद्ध षड्यन्त्र भएको, विगतमा पनि अदालतबाट न्याय पाएको र अहिले पनि न्याय पाउने विश्वास रहेको भन्दै उनले प्रतिरोधको मनोविज्ञान प्रस्तुत गरे । ‘राजा ज्ञानेन्द्रले त सकेनन्, यिनीहरूले सक्छन् ?’ भन्ने उनको प्रश्न सामान्य राजनीतिक टिप्पणीभन्दा बढी थियो । यसले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने प्रयास स्वीकार्य नहुने र आवश्यक परे संघर्षमा उत्रिने संकेत दिएको छ । 

यसैले देउवाको वक्तव्य मेलमिलापको भाषा हो भने मन्तव्य प्रतिरोधको संकेत हो । बाहिरबाट हेर्दा यी दुईबीच विरोधाभास देखिए पनि राजनीतिक दृष्टिले दुवैको आफ्नै अर्थ छ । 

देउवालाई अहिले तत्काल पार्टी सभापतिको पदमा फर्किनुभन्दा आफ्नो राजनीतिक प्रभाव र वैधानिक दाबी जोगाउनु बढी महत्वपूर्ण देखिन्छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कांग्रेसलाई उनले स्वीकार गरिसकेका छैनन् । सर्वोच्च अदालतमा पुनरावलोकनको बाटो खुल्नु उनका लागि राजनीतिक रूपमा महत्वपूर्ण अवसर बनेको छ । त्यसैले अहिले उनी अदालतको निर्णय कुर्दै राजनीतिक आधार बलियो बनाउने रणनीतिमा रहेको देखिन्छ । 

अर्कोतर्फ, गगन थापा नेतृत्वको कांग्रेस पनि देउवाको पुरानो शैली र संरचनाबाट अलग पहिचान बनाउने प्रयासमा छ । विशेष महाधिवेशन स्वयं परिवर्तनको राजनीतिक सन्देश बोकेर आएको थियो । त्यसैले देउवाको पुनरागमनलाई नयाँ कांग्रेसले सहज रूपमा स्वीकार्ने सम्भावना कमजोर छ । 

यहीँबाट कांग्रेसको मूल प्रश्न सुरु हुन्छ-देउवा र गगनबीच संघर्ष बाँकी छ कि संवादको सम्भावना पनि छ ? देउवाको वक्तव्यले संवादको ढोका पूर्ण रूपमा बन्द नभएको संकेत गर्छ । उनले युवाको नेतृत्वलाई अस्वीकार गरेका छैनन् । पाका पुस्तालाई पनि एकैपटक खराब करार नगर्न आग्रह गरेका छन् । यसको अर्थ उनी गगन पुस्तालाई राजनीतिक रूपमा अस्वीकार गर्नेभन्दा आफ्नो पुस्ताको योगदान र अस्तित्वलाई सुरक्षित राख्न चाहन्छन् भन्ने पनि हुन सक्छ । 

तर मन्तव्यमा आएको आक्रामकता हेर्दा त्यो संवाद सहज हुने देखिँदैन । विशेषगरी कांग्रेसको आधिकारिकता र नेतृत्वको प्रश्न अदालतसम्म पुगेको अवस्थामा व्यक्तिगत सम्बन्धभन्दा संस्थागत वैधानिकताको प्रश्न ठूलो बनेको छ । दुवै पक्ष आ–आफ्नो दाबीबाट पछि नहटे संवाद केवल औपचारिकतामा सीमित हुन सक्छ ।

देउवाको अर्को सन्देश सरकारतर्फ पनि लक्षित देखिन्छ । आफूमाथि अनुसन्धान र पक्राउको प्रयास भइरहेको अवस्थामा उनले आफू डराएर राजनीतिक मैदानबाट बाहिर नजाने संकेत गरेका छन् । विदेश बसाइँलाई राजनीतिक निष्क्रियताको अन्त्यका रूपमा प्रस्तुत गर्दै उनले स्वदेश फर्किएपछि आफ्नो राजनीतिक उपस्थिति पुनः स्थापित गर्न खोजेका छन् । 

यस अर्थमा देउवाको पुनरागमन केवल कांग्रेसभित्रको शक्ति संघर्षमा फर्किनु होइन, आफ्नो राजनीतिक अस्तित्व पुनः दाबी गर्नु पनि हो । तर देउवाका लागि चुनौती पनि कम छैन । लामो समय सत्ताको केन्द्रमा रहेका नेताका रूपमा उनीमाथि विगतको शासनशैली, पार्टी सञ्चालन र राजनीतिक संस्कृतिका प्रश्न छन् । नयाँ पुस्ताले उठाएको परिवर्तनको नाराबीच पुरानै शैलीमा फर्किन खोजे उनको राजनीतिक पुनरागमन उल्टै प्रतिकूल हुन सक्छ । 

त्यसैले देउवाले अब कुन बाटो रोज्छन् भन्ने महत्वपूर्ण हुनेछ । यदि वक्तव्यमा भनेजस्तै मेलमिलाप, संवाद र पुस्तान्तरणलाई स्वीकार गर्छन् भने उनी कांग्रेसको संक्रमणकालीन राजनीतिमा अभिभावकीय भूमिका लिन सक्छन् । तर मन्तव्यमा देखिएको प्रतिरोधलाई नै राजनीतिक रणनीतिको मुख्य आधार बनाउँछन् भने कांग्रेसको विवाद अझ लामो र तिक्त बन्न सक्छ । 

अहिलेको कांग्रेसमा समस्या केवल देउवा बनाम गगन होइन । यो पुरानो नेतृत्व र नयाँ राजनीतिक संस्कृतिबीचको संक्रमण पनि हो । देउवा आफ्नो योगदान र राजनीतिक अस्तित्वको सम्मान खोजिरहेका छन् भने गगन नेतृत्व परिवर्तनको वैधानिकता र नयाँ कांग्रेसको पहिचान स्थापित गर्न खोजिरहेका छन् ।  त्यसैले देउवाको सन्देशलाई एक वाक्यमा बुझ्ने हो भने-‘म पदका लागि फर्किएको होइन, तर मलाई विस्थापित गरेर राजनीतिक रूपमा समाप्त पार्न खोजिन्छ भने चुप लागेर पनि बस्दिनँ ।’

यही दोहोरो सन्देशले कांग्रेसको आगामी बाटो निर्धारण गर्नेछ । वक्तव्यले संवादको सम्भावना देखाएको छ, मन्तव्यले संघर्षको ढोका खुलै राखेको छ । अब प्रश्न देउवा मात्रको होइन, गगन नेतृत्वको कांग्रेसले पनि कुन भाषा रोज्छ भन्ने हो ।  कांग्रेसमा पुस्तान्तरण अपरिहार्य हुन सक्छ, तर पुस्तान्तरणको अर्थ अघिल्लो पुस्ताको पूर्ण निषेध होइन । त्यसैगरी पुरानो नेतृत्वको अनुभवको सम्मान गर्नु भनेको परिवर्तनको म्यान्डेट अस्वीकार गर्नु पनि होइन । 

देउवा र गगनबीचको आगामी सम्बन्ध यही सन्तुलनमा निर्भर हुनेछ-संघर्षले कांग्रेसलाई थप विभाजित गर्छ कि संवादले नयाँ सहमतिको आधार तयार गर्छ ? अहिलेको देउवाको वक्तव्य र मन्तव्यले दुवै सम्भावनाको ढोका खुला राखेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्