Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • केन्द्रीय बैंकद्वारा ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक
केन्द्रीय बैंकद्वारा ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ ४, २०७८

काठमाडौ । देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पुर्याएका छन्। 

धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन। ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ। 

केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म  इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या पाँच हजार ९७८ पुगेको छ। 

प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ। विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ। 

नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन गरिएको जनाएको छ। वित्तीय साक्षरताको प्रबर्द्धन, शाखा विस्तार, शाखा रहित बैंकिङ भुक्तानी प्रणालीको आधुनिकीकरण लगायतका कारणले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा दिने नागरिकको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ। 

केन्द्रीय बैंकका अनुसार कूल निक्षेप खातामध्ये महिलाको खाता सङ्ख्या बढी रहेको छ। कूल निक्षेप खाता ६७.७ प्रतिशत खाता सक्रिय छन्। त्यसमा पुरुषको हिस्सा ६५.२ प्रतिशत र महिलाको हिस्सा ७२.३ प्रतिशत रहेको छ। 

कूल निक्षेप खातामध्ये बचत निक्षेप खाता ९०.६ प्रतिशत रहेको छ। यस्तै, मुद्दती निक्षेप खाताको हिस्सा ३१ प्रतिशत छ। ग्रामीण क्षेत्रका नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको छ। व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्तिको छ। 

केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तसम्म तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएका छन्। तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तसम्म कम्तीमा एक निक्षेप खाता भएका नेपालीको सङ्ख्या ६०.९ प्रतिशत रहेको अध्ययनमा देखिएको छ। 

प्रतिहजार व्यक्ति ९९८ खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति एक हजार ३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन्। प्रदेशगत रुपमा सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति एक हजार ८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता छन्। महानगरमा प्रतिहजार व्यक्ति तीन हजार २९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता छन्। 

प्रति एक लाख जनसङ्ख्यालाई सेवा पुर्याउने बैंकका शाखा सङ्ख्या औसतमा १८.९८ प्रतिशत रहेको छ। उक्त सङ्ख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ मा ९.७३ प्रतिशत छ। ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसङ्ख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत छ। 

केन्द्रीय बैंकका अध्ययनअनुसार मोबाइल प्रयोगकर्ताको सङ्ख्या ३२.०३ प्रतिशत छ। प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत मात्रै छन्। प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी वाग्मती प्रदेशमा छन्। 

त्यसमा एटीएम २६.११, मोबाइल बैंकिङ ३३.१२ र इन्टरनेट बैंकिङ ६.४० प्रतिशत छन्। प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत छन्। प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत छन्। 

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत छन्। गाँउपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत छन् भने प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाँउपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको छ। 

उमेरगत हिसाबमा २० वर्ष उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः बढ्दै गएको देखिन्छ। सो उमेरभन्दा माथि प्रविधिको प्रयोग अध्ययनअनुसार कम देखिन्छ। युवापुस्तामा प्रविधिको प्रयोग उच्च रहेका हुँदा आगामी दिनमा प्रविधिको माग थप बढ्दै जाने देखिन्छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  २३:०५
##NepalRastraBank
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्