Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
विदुर कटुवाल
विदुर कटुवाल आइतबार, साउन १७, २०८३

काठमाडाैं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस फेरि एउटा ऐतिहासिक मोडमा आइपुगेको छ। डा. शशांक कोइरालाको नेतृत्वमा १४औँ महाधिवेशन पक्षधर समूहले राष्ट्रिय कार्यकर्ता भेला घोषणा गर्नु, ५५१ सदस्यीय आयोजक समिति गठन गर्नु र सहमति नभए नयाँ राजनीतिक दल गठनसम्मको संकेत गर्नु सामान्य संगठनात्मक गतिविधि होइन। यो कांग्रेसभित्र वर्षौंदेखि थुप्रिँदै आएको अविश्वास, नेतृत्व संकट र संस्थागत असफलताको सार्वजनिक अभिव्यक्ति हो।

राजनीतिक दलहरूमा मतभेद स्वाभाविक हुन्छ। विचारको बहुलता लोकतन्त्रको सौन्दर्य पनि हो। तर जब मतभेद संवादबाट होइन, समानान्तर संरचना निर्माण र विभाजनको तयारीबाट अभिव्यक्त हुन थाल्छ, त्यसले एउटा गम्भीर प्रश्न उठाउँछ–के कांग्रेस अब आफूभित्रको लोकतन्त्र जोगाउनसमेत असफल हुँदै गएको हो ? कि कांग्रेसमा व्यक्तिगत सोच हाबी हुँदै गएको हो ? 

आजको कांग्रेसलाई बाहिरबाट भन्दा भित्रबाट ठूलो चुनौती छ। विडम्बना के छ भने, लोकतन्त्र, विधिको शासन र संस्थागत संस्कृतिको पाठ अरूलाई पढाउने दाबी गर्ने यही दल आफ्नै संगठनभित्र विश्वास निर्माण गर्न असफल देखिएको छ। अदालत, निर्वाचन आयोग, विधान र महाधिवेशनका वैधानिक बहसहरू आफ्नै ठाउँमा छन्, तर राजनीति केवल कानुनी वैधताले मात्र चल्दैन। राजनीतिमा नैतिक वैधता, कार्यकर्ताको विश्वास र नेतृत्वप्रतिको स्वीकार्यता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अहिले कांग्रेसमा संकट यही तीन तहमा देखिएको छ।

विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन भयो। संस्थापन पक्षले त्यसलाई वैधानिक उपलब्धि मानेको छ। तर वैधानिकता प्राप्त गर्नु र संगठनलाई एकताबद्ध राख्नु फरक कुरा हुन्। यदि नेतृत्वले पार्टीको ठूलो हिस्सालाई निरन्तर असन्तुष्ट छोडिरहेको छ भने त्यो नेतृत्व कानुनी रूपमा सही भए पनि राजनीतिक रूपमा सफल मान्न सकिँदैन। यही वास्तविकता अहिले कांग्रेसले सामना गरिरहेको छ।

अर्कोतर्फ, असन्तुष्ट पक्ष पनि प्रश्नबाट मुक्त छैन। यदि उनीहरूको उद्देश्य साँच्चिकै पार्टीलाई बचाउनु हो भने नयाँ पार्टी गठनको सार्वजनिक तयारीले एकताको सम्भावना बलियो बनाउँछ कि कमजोर ? राष्ट्रिय भेला आयोजना गर्नु लोकतान्त्रिक अधिकार हो। तर त्यसलाई नयाँ दल गठनको अन्तिम तयारीका रूपमा प्रस्तुत गरिनुले वार्ताको वातावरणभन्दा दबाबको राजनीति बढी झल्काउँछ। संवादको ढोका खुला राख्ने र विभाजनको तयारीलाई समानान्तर रूपमा अघि बढाउने रणनीति अन्ततः अविश्वास बढाउने माध्यम बन्न सक्छ।

डा. शशांक कोइरालाको उदयलाई केवल एउटा नेताको उदयका रूपमा हेर्नु पर्याप्त हुँदैन। उनी बिपी कोइरालाका पुत्र हुन्। कांग्रेसको इतिहासमा बिपी केवल संस्थापक नेता होइनन्, लोकतान्त्रिक आदर्शका प्रतीक हुन्। त्यसैले शशांकलाई अगाडि सार्नु भावनात्मक र राजनीतिक दुवै हिसाबले महत्त्वपूर्ण रणनीति हो। तर नेपाली राजनीतिले धेरैपटक देखिसकेको छ—वंशगत विरासतले चुनाव जित्न सक्ला, संगठन टिकाउन सक्दैन। संगठन टिकाउने शक्ति विचार, नेतृत्व क्षमता र कार्यशैलीमा हुन्छ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको कांग्रेसभित्रको संवाद संस्कृति क्षीण हुँदै जानु हो। एउटै पार्टीभित्रका नेताहरू सार्वजनिक रूपमा एकअर्कामाथि अविश्वास व्यक्त गरिरहेका छन्। समानान्तर कार्यक्रमहरू भइरहेका छन्। एउटै ऐतिहासिक अवसरमा छुट्टाछुट्टै मञ्च तयार भइरहेका छन्। यस्ता दृश्यले केवल कार्यकर्तामा निराशा पैदा गर्दैनन्, आम मतदातालाई पनि कांग्रेस वैकल्पिक शासन शक्ति बन्न सक्षम छ भन्ने विश्वास कमजोर बनाउँछन्।

नेपालको लोकतन्त्र अहिले सहज अवस्थामा छैन। आर्थिक सुस्तता, युवाको बढ्दो विदेश पलायन, सार्वजनिक संस्थामाथिको घट्दो विश्वास, सुशासनको चुनौती र राजनीतिक दलप्रतिको व्यापक असन्तुष्टिका बीच कांग्रेसको भूमिका अझ जिम्मेवार हुनुपर्ने थियो। सरकारको प्रभावकारी निगरानी गर्ने, वैकल्पिक नीति प्रस्तुत गर्ने र लोकतान्त्रिक बहसलाई नेतृत्व गर्ने जिम्मेवारी प्रतिपक्षको हो। तर प्रतिपक्ष नै आफ्नो अस्तित्वको संकटमा अल्झिएको देखिँदा लोकतान्त्रिक सन्तुलन नै कमजोर हुन्छ।

इतिहासले कांग्रेसलाई एउटा कठोर पाठ पटक–पटक सिकाएको छ। यो दल बाह्य आक्रमणभन्दा धेरैपटक आन्तरिक विवादका कारण कमजोर भएको छ। २०३४ सालको विभाजनदेखि पछिल्ला दशकसम्म कांग्रेसले गुटीय राजनीतिबाट ठूलो मूल्य चुकाएको इतिहास छ। प्रत्येक विभाजनपछि तत्कालीन नेताहरूले आफूलाई विजेता ठाने पनि अन्ततः कमजोर भएको संस्था कांग्रेस नै थियो। लाभ भने प्रतिद्वन्द्वी राजनीतिक शक्तिले उठाए। अहिले पनि त्यही इतिहास दोहोरिने जोखिम देखिन्छ।

राजनीतिक दलको शक्ति केवल संसद्मा रहेको सिट संख्याले मापन हुँदैन। उसको नैतिक उचाइ, संगठनात्मक अनुशासन र भविष्यप्रतिको स्पष्ट दृष्टिले पनि शक्ति निर्धारण गर्छ। कांग्रेसभित्र अहिले देखिएको विवादले यी तीनै पक्ष कमजोर भएको संकेत गरेको छ। यसले कार्यकर्ताको मनोबल घटाउँछ, नयाँ पुस्तालाई निरुत्साहित बनाउँछ र लोकतान्त्रिक राजनीतिप्रतिको जनविश्वास थप कमजोर पार्छ।

यही कारण अहिले सबैभन्दा ठूलो आवश्यकता शक्ति प्रदर्शन होइन, आत्मसमीक्षा हो। कांग्रेसले अब प्रश्न गर्नुपर्छ—के समस्या व्यक्तिमा मात्र छ, कि संगठन सञ्चालनको शैलीमै छरु के नेतृत्व परिवर्तनले मात्र समाधान दिन्छ, कि निर्णय प्रक्रियामा व्यापक सुधार आवश्यक छ ?  के गुटलाई संस्थाभन्दा माथि राखेर पार्टीको भविष्य सुरक्षित रहन्छ ? यस्ता प्रश्नबाट भागेर कांग्रेसले आफ्नो संकट समाधान गर्न सक्दैन।

२९ साउनको राष्ट्रिय कार्यकर्ता भेला अब केवल एउटा संगठनात्मक कार्यक्रम रहने छैन। त्यसले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ। यदि त्यो भेला विभाजनको औपचारिक घोषणा बन्यो भने त्यसको प्रभाव कांग्रेसको सीमाभित्र मात्र रहने छैन। यसले आगामी निर्वाचनको समीकरण बदल्न सक्छ, लोकतान्त्रिक शक्तिको ध्रुवीकरणलाई प्रभावित गर्न सक्छ र नेपाली राजनीतिमा नयाँ अस्थिरताको अध्याय सुरु गर्न सक्छ। यदि त्यही भेलाले अन्तिमपटक संवाद, सहमति र संस्थागत पुनर्संरचनाको ढोका खोल्न सक्यो भने कांग्रेसले आफ्नो इतिहासलाई फेरि एकपटक सकारात्मक मोड दिन सक्छ।

अन्ततः प्रश्न एउटै हो—कांग्रेस आफ्नो इतिहासको कैदी बन्ने कि भविष्यको निर्मातारु लोकतन्त्रको नाममा जन्मिएको दलले यदि आफ्नै घरभित्र लोकतान्त्रिक संस्कृतिलाई जोगाउन सकेन भने उसले देशलाई लोकतन्त्रको भरोसा कसरी दिलाउने ? नेतृत्वका लागि यो केवल संगठन बचाउने क्षण होइन, आफ्नै राजनीतिक विश्वसनीयताको अन्तिम परीक्षा पनि हो। विभाजनको बाटो सधैँ सजिलो देखिन्छ, तर इतिहासले प्रमाणित गरेको छ—दल फुट्दा नेताहरू बाँच्न सक्छन्, संस्था कमजोर हुन्छ। र संस्था कमजोर हुँदा अन्ततः लोकतन्त्र नै हार्छ। त्यस कारण कांग्रेसमा देखिएको नेतृत्व संकटले व्यक्ति केन्द्रित सोच मात्र हाबी भएको देखिन्छ। 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः २ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ३ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्