Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देशको प्रधानमन्त्री, राष्ट्रपति हुन्छु भनेर अघि बढेको मान्छे हुँ: रमेश रायमाझी
देशको प्रधानमन्त्री, राष्ट्रपति हुन्छु भनेर अघि बढेको मान्छे हुँ: रमेश रायमाझी
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, भदौ ५, २०७८
Api Himal

काठमाडौं महानगरपालिका वडा नम्बर १४ का समाजसेवी, स्पष्टवक्ता, जनप्रिय व्यक्तित्व, तथा एन्फा लिग कमिटीका उपसंयोजक रमेश रायमाझीसंग नामी साप्ताहिकका निशान बुढाथोकीले लिएको अन्तर्वाता:–

नेपालको फूटवल क्षेत्रको विकासलाई कसरी हेर्नु भएको छ ?

अहिलेको अवस्था भनेको सहज अवस्था होइन। परिस्थिति तपाई हामीले सोचेको भन्दा जटिल अवस्था छ। विश्वभरि नै महामारी फैलिएको अवस्था छ। विशेष गरी अखिल नेपाल फुटवल संघ भनेको नेपालको एउटा आधिकारिक फुटवल संघ हो । यसै मार्फत हामीले फुटवलको विकास गरिरहेका छौं। दक्षिण एसियामा र्याङकिङ गर्दा  भारत र  माल्दिभ्स पछि नेपाल तेश्रो स्थानमा छ। फुटवल एउटा पपुलर खेल हो। सबै उमेर समुहले रुचिकासाथ यसलाई लिइएको पाइन्छ। यो संघ भनेको मेरो वा तपाईको मात्र होइन समग्र राष्ट्रको संघ हो। राज्यले यही तरिकाले लगानी गर्दै जाने हो भने दक्षिण एसियामा हामी पहिलो स्थान हासिल गर्न सक्छौं। 

सन्तुष्ट हुने ठाउँ छ ?

Nepal Oil Corporation

वास्तवमा भन्ने हो भने खेलमा सन्तुष्ट हुने भनेको जित्दा वा मेडल पाउँदा मात्र सन्तुष्ट हुने हो। विश्व नै अहिले महामारीको चपेटामा अल्झिएको अवस्थामा योजना गरिएका कतिपय कामहरु समयमा गर्न सकिने अवस्था छैन। अक्टोवरमा साफ गेम हुने भनिएतापनि विविध कारणले गर्दा नेपालमा हुने सम्भावना न्यून भयो। अब माल्दिभ्समा हुने भएको छ, त्यसको तयारी गर्दैछौं। 

त्यसो भए चुनौति र सम्भावना के के हुन् त ?

हरेक क्षेत्रमा हरेक काममा चुनौतीहरु प्रशस्त हुन्छन् । चुनौतीहरु आउँदैमा आत्तिनु हुँदैन। राम्रो गर्दै जाँदा त्यहाँ विवाद पनि त्यत्तिकै हुन्छन्। त्यसमा पनि खेल क्षेत्र अछुतो छैन। खेलमा एउटा व्यवस्थापन हुन्छ, त्यही अनुसार खेलको प्रशिक्षक र खेलाडीहरु राखिन्छ। हाम्रो जस्तो देशमा खेलाडीहरुको लागि राम्रो लगानी गर्न जरुरी छ। त्यही अनुसार खेलाडीहरुलाई खेल्ने उचित वातावरण दिन सक्नुपर्छ। श्रोत साधनहरु जुटाउन आवश्यक छ। यसको लागि सबै संघहरु सहयोग गर्न पनि तत्पर भएको अवस्था छ। यस्तो महामारीको अवस्थामा राज्यले पनि सहयोग गरेको छ। फुटवलका हरेक गतिविधिहरु सफलताकासाथ सम्पन्न गरेका छौं। भर्खरै हामीले दर्शक विनाको खेल पनि सम्पन्न गरेका छौ। चुनौतीलाई अवसरको रुपमा लिन सक्यो भने सफलता पाउन सक्छौं । 

कसरी समाधान गर्न सकिन्छ ?
    
जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ र निश्चित रुपमा समाधान पनि खोजिनु पर्छ। समाधान एक्लैले गर्न सकिदैन। समाधानको अर्को नाम टिमवर्क हो। जे समस्या आउँछ त्यसको समाधान टिमवर्कबाट गर्न सक्नुपर्छ। खेल क्षेत्रमा बेला बखतमा विभिन्न खालका विवादास्पद कुराहरु आइरहेका हुन्छन्। त्यसलाई सर्वसाधारणले हेर्ने तरिका, संघले हेर्ने तरिका फरक हुन्छन्, त्यसकारण जस्तो समस्या आएपनि त्यसलाई टिमवर्क मार्फत जानु राम्रो हुन्छ। 

यहाँ एन्फा लिग कमिटीको उपसंयोजक, पक्कै पनि फुटवल क्षेत्रको समग्र विकासको लागि नीति, योजना र कार्यक्रमलाई प्राथमिकता दिनु भएको होला ?
     
हाम्रो शरीरमा मेरुदण्डको जति महत्व छ, फुटवल क्षेत्रमा लिगको पनि त्यति नै महत्व हुन्छ। प्रायःजसो धेरै देशहरुमा वर्षमा ६ महिना  लिगहरु भइरहन्छ, म त्यही लिग कमिटीको उपसंयोजक छु। फुटवलको त्यही मेरदण्डलाई पनि ४ भागमा विभाजन गरेका छौं । ए बि सि र सि क्वालिपाइड । चार तहको फुटवल भइरहेको हुन्छ। कात्तिक २९ गतेदेखि लिग गर्ने घोषणा पनि गरिसकेका छौं।  यसमा हामीले ७५ लाख प्रथम हुनेलाई, दोश्रो हुनेलाई ५० लाख र तृतिय हुनेलाई २५ लाख पुरस्कार भनेर घोषणा गरेका छौं। आफ्नै श्रोत साधनबाट हामीले पुरस्कारको लागि पैसा संकलन गरेर त्यो पैसा पुरस्कारको लागि आयोजना गरेका हुन्छौं। फुटवलको मेरुदण्डलाई बलियो बनाउन हामीले यस्तो खालको आयोजना गरिरहेका हुन्छौं। 

बेला बेलामा राजनैतिक खिचातानीको असरले पनि समस्या त ल्याउँछ होला होइन?

फुटवल क्षेत्र भनेको राष्ट्रको गौरबको कुरा हो, अनि खेलाडी भनेको राष्ट्रको गहना हो। यस्तो पवित्र ठाउँमा राजनीति हुनुहुँदैन। त्यहाँ धर्म, जातजातिको कुराहरु अगाडि आउनु हुँदैन। कसैले कसैलाई हेप्ने होच्याउने गर्नुहुँदैन। यहाँ सबै पक्षका साथीहरु त हुनुहुन्छ। संघभित्र प्रवेश गर्दा राजनीतिको जुत्ता, चप्पल बाहिरै राखेर पवित्र मनले प्रवेश गर्नुहोस् भनेका छौं, त्यही कारण आजको अवस्थासम्म आइपुग्दा राजनीति घुसेको महसुस गरेका छैनौं। 

अब कसरी अगाडि बढ्नु पर्छ ?

हेर्नुस् फुटवल भनेको खेल्ने खेल हो। यसमा तपाईको छोरा, मेरो छोरा, उसको छोरा खेल्ने होइन, जबसम्म हाम्रो छोरा, राष्ट्रको छोराले खेल्दैन तबसम्म विकास हुन सक्दैन। नातावाद, कृपावाद हुनुहुँदैन। अनावश्यक फोर्स नगर्ने। विभिन्न उमेर समुहमा उमेर घटाउने प्रवृति छ त्यो हट्नुपर्छ। विश्वमै पपुलर यो फुटवल सबैपक्ष इमान्दार भएर अघि बढ्न सकेमा अवश्य पनि राष्ट्रको छोरा देशको छोरा अघि बढ्न सक्छ।

यहाँ समाजसेवी पनि हुनुहुन्छ, यस अर्थमा स्थानीय तहमा भइरहेका विकास कार्यलाई यहाँले कसरी हेर्नु भएको छ ?

पहिलाभन्दा अहिलेको अवस्था निकै परिवर्तन भइसकेको छ। हिजोको दिनमा विदेशमा महंगो पैसा तिरेर कुरा गर्नु पर्ने बाध्यता थियो भन, आजको अवस्थामा जतिखेर पनि चाहिएको समयमा घण्टौसम्म कुरा गर्न सकिन्छ। विकास निर्माणको कुरा गर्दा हरेक ठाउँमा, हरेक टोल टोलमा बाटो पिच भएको छ। नेपाल सरकारको निर्णय बमोजिम २०७१ साल मंसिर १६ गतेदेखि गाविसहरु नगरपालिकामा आइसकेको अवस्था छ। महानगरपालिकाहरु छन्। विस्तारै विकास भइरहेको छ। कुनै पनि विकास निर्माणका कार्यहरु एकैपटक परिवर्तन हुँदैनन् समयक्रमसंगै परिवर्तन हुने हो, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। 

जनताहरु त हामीलाई अनुभूति नै भएको छैन भन्छन् नि, किन होला ?

हरेक कुराको दुई पाटो हुन्छन्, सकारात्मक र नकारात्मक । त्यसलाई कसरी लिने भन्ने मात्र हो। अब पासपोर्टकै कुरा गरौं न, पासपोर्ट लिन परराष्ट्र मन्त्रालय नै जानु पर्ने अवस्था थियो, अहिले सिडियो कार्यालयबाट नै लिन सकिन्छ। छिटो चाहिए एक दिन मै, नभए २०–२५ दिन मै लिन सकिन्छ। नाता प्रमाणित, विहे दर्ता, जन्मदर्ता गर्न महानगर जानुपर्ने अवस्था थियो भने अहिले ती सबै कामहरु वडा कार्यालयबाटै सम्पन्न हुन्छ। यस्तो महामारीको अवस्थामा खोप पनि आफ्नै वडाबाट लिन सकिन्छ भने यसलाई विकासको रुपमा लिने कि नलिने त ?

राजनीतिमा सक्रिय रुपमा लाग्नु भएको व्यक्तित्व यहाँलाई रुचाउनेहरु त निष्क्रिय हुनुभयो भन्छन् ?

म राजनीतिमा सक्रिय नै छु। संसदको विघटनपछि फेरि निर्वाचन हुने माहोल हुन्छ। हामी राजनीति गर्नेहरु आक्रामक रुपमा लागि नै रहेका छौं। आफ्नो संगठन बनाएर आफ्नो पार्टीको कमी कमजोरीहरु के कस्ता छन् छलफल गर्दै सच्याउँदै अघि बढ्छौं। अब फेरि राजनीतिक माहोल तात्तिन्छ। यो भनेको डढेलो जस्तै हो अरु बेला शान्त देखिए पनि निर्वाचनको समिप आउँदा चर्को हुँदै तात्तिदै जान्छ। मंसिरमा महाधिवेशन हुँदैछ। महाधिवशनको प्रतिनिधिको रुपमा आउने तयारी गर्दैछु। अब माहोल तातिन्छ। सामाजिक कामहरु गरि पनि गरिरहेका छौं। विपक्ष पार्टीलाई पनि सहयोग गर्दै आइरहेका छौं। यो राष्ट्र हाम्रो हो हामी सबैको हो। 

राजनीतिमा सक्रिय सहभागिता छ यहाँको, अबको यहाँको लक्ष्य चाहि के हो ?

वास्तवमा भन्ने हो भने म असाध्यै सरल, कसैको कुभलो नचिताउने समाजसेवी हुँ। राजनीतिमा म सधै नै सक्रिय रुपमा लागि नै रहन्छु। राजनीतिको कुरा गर्दा मेरो केन्द्रियस्तरमा राजनीति गर्ने सोच हो। केन्द्रमा नै स्थापित हुने लक्ष्य हो। देशको प्रधानमन्त्री, राष्ट्रपति हुन्छु भनेर अघि बढेको मान्छे हो। हेरौं पार्टीले पनि पत्याउनु प¥यो भोलिको दिनमा के हुन्छ। 
 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्