Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अब महाधिवेशनमा केन्द्रित हुन्छ : अध्यक्ष ओली
अब महाधिवेशनमा केन्द्रित हुन्छ : अध्यक्ष ओली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ ९, २०७८

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने वताएको छ।

मङ्गलबार सम्पन्न स्थायी कमिटीको बैठकका निर्णय र समसामयिक राजनीतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्गठनात्मक क्षेत्रमा अबको ध्यान असोज पहिलो हप्ताको विधान महाधिवेशन र मङ्सिर दोस्रो साता आयोजना हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहने बताएको हो। 

एमालेबाट अलग भएका माधवकुमार नेपालसहितका नेताहरु नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखतमा जुटिरहेका बेला अध्यक्ष ओलीद्वारा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा एकताका लागि स्थायी कमिटीको बैठकबाट पारित प्रस्ताव प्रस्तुत गरेको थियो। 

लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन यसबीचमा अनेकौँ प्रयास भएको तथा एकतालाई कायम राख्न र थप सुदृढ बनाउन तथा पार्टीलाई विभाजित हुन नदिन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिँदै अध्यक्ष ओलीले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सङ्गठनात्मक रुपमा चुस्त, भावनात्मक रुपमा एकताबद्ध तथा साझा लक्ष्यप्रति सङ्कल्पबद्ध बनाइने बताएका हुन्। 

अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “एकताको पक्षमा दृढतापूर्वक उभिनुभएको छ। उहाँहरुको यस निर्णयलाई हार्दिक स्वागत गर्दै दशबुँदेमा समेत एकताको पक्षमा उभिनुभएका नेताहरुलाई म स्वागत गर्दछु। बलियो, एकताबद्ध तथा सुदृढ एमाले पार्टी पङ्क्तिको मात्र होइन, राजनीतिक स्थायित्व, लोकतन्त्र र अग्रगमनका पक्षधर आम जनताको समेत चाहना हो। लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका पार्टीहरु विभाजित हुँदा कसरी यसको मूल्य सिङ्गो प्रणाली र राष्ट्रले नै चुकाउनुपर्छ भन्ने निकट अतीतका अनुभवहरु हामी सबैका स्मरणमा ताजै छन्।” 

अध्यक्ष ओलीले एमाले नेकपाकै निरन्तरताका रुपमा रहेको, यसले नेकपाको विरासत आत्मसात् गरेको र पार्टी निर्माण, विस्तार र एकीकरण पार्टीको विशेषता र संस्कृति रहेको कुरालाई आत्मसात् गर्दै रचनात्मक दृष्टिकोण अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेको छ। 

एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले यसलाई विभाजन गरेर बृहत् कम्युनिष्ट एकता गर्ने कुरा गरिनु सुहाउँदो नहुने टिप्पणी समेत अध्यक्ष ओलीको रहेको छ । 

एमालेबाट अलग्गिएर छुट्टै दल दर्ताको प्रक्रियामा रहेका नेता/कार्यकर्तालाई असफलता अवश्यम्भावी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले हानिकारक बाटो छाडेर पार्टीको मूलघरमा फर्किन स्थायी कमिटीले औपचारिक आह्वान गरेकाले पार्टीम फर्किएमा विगतका कुनै क्रियाकलाप या गतिविधिलाई लिएर कुनै पूर्वाग्रह नराखिने या कुनै विभेद या कारबाही नहुने दोहोर्याएका छन्। 

संसद्को अधिवेशन चलिरहेको र सभामुखले आगामी बैठकका कार्यभारबारे सदनलाई जानकारी गराइसकेको पृष्ठभूमिमा अकस्मात अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश जारी भएकोभन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरेका थिए।  

अध्यक्ष ओलीले अनुशासनहीनता र पार्टी विभाजनका गतिविधिमा सङ्लग्न भएको स्पष्ट आधारसहित पार्टीले गरेको कारबाहीको सूचना कानुनबमोजिम संसद् सचिवालयलाई जानकारी गराइएकामा सभामुखबाट नौ दिनसम्म पनि सूचना जारी नभएकोप्रति पनि असन्तुष्टि व्यक्त गरे। एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफूले अनुकूल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिए।  

सो पार्टीका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिमै कार्यदलले १० बुँदे प्रस्ताव तयार गरेकाले पार्टीलाई विभाजन गर्नुपर्ने कुनै आवश्यकता नभएको स्पष्ट पारेका थिए। 

पत्रकार सम्मेलनमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा. भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामबहदुर थापालगायत नेता सहभागी थिए। 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  २०:५४
##KPSharmaOli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्