Top Navigation
Main Navigation
सोमबार, जेठ ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, जेठ ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ २५, २०७८

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएको हो। 

नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका ३ दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ।

यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए। बन्दाबन्दीपछि शुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबल सम्झौताअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो। 

भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ  नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।

निगमका एक विभागीय निर्देशकका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ।

हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ। नेपालमा पर्यटकीय सिजन शुरु भएको छ। यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन्।

एयर अरेबियाले हरेक दिन काठमाडौँ गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ। सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ। यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान गर्नेछ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको छ उडान सञ्चालन गर्नेछ। सोही एयरलाइन्सले दुबईका लागि साताको छ उडान सञ्चालनको अनुमति पाएको छ। त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कूल सात उडानको अनुमति पाएको छ।

जजिरा एयरवेजले भने काठमाडौँका लागि हरेक दिन उडान गर्नेछ। कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौँ उडान गर्नेछ। 

मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ। मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ।

नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान गर्नेछ। दुबई इन्टरनेशनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिका छ। 

उक्त एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान गर्नेछ। जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ। त्यस्तै हङकङका लागि हरेक मङ्गलबार उडान हुनेछ।

त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ। सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ। 

टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौँमा उडान गर्नेछ। सिङ्गापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलङ्कन एयरलाइन्सले मङ्गलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ। 

यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो। अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ। अहिले तीन नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १०:४८
##NepalAirlines
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः ४ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ५ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्