Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बैंकहरूले बढाएको ब्याजदरमा कुन बैंकले कति ?
बैंकहरूले बढाएको ब्याजदरमा कुन बैंकले कति ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज १, २०७८
Api Himal

काठमाडौ । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन्। आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेको हो।  

बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ। 

सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक (७.५) को छ।  बैंकहरूले सार्वजनिक गरेका सूचना अनुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ९ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले ९ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन्। 

त्यसैगरी एनएमबी बैंकले ९ दशमलव ५२, सानिमा बैंकले ९ दशमलव ५१, ग्लोबल आईएमई बैंकले ९ दशमलव ५० प्रतिशत नबिलले साधारणमा ९ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले ९ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले ९ दशमलव २५, हिमालयन बैंकले ९ प्रतिशत, सिद्धार्थ बैंकले ९ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९ दशमलव ०२ प्रतिशत र  लक्ष्मी बैंकले ९ प्रतिशत ब्याज दिने बताएका छन्। 

Nepal Oil Corporation

त्यस्तैगरी बैंक अफ काठमाडौँले ८ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले ८ दशमलव ७६ प्रतिशत, माछापुच्छ्रे बैंकले ८ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले ८ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले ८ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले ८ दशमलव ५५, कुमारी बैंकले ८ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले ८ दशमलव ५ प्रतिशत, प्रभु बैंकले ८ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले ८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन्।

बैंकहरूले साधारण निक्षेपमा न्यूनतम ४ दशमलव २६ देखि अधिकतम ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन्। यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन्। 

बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन्। 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ।  तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ। 

बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन्। राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म ३ खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ। 

राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनका अवधिको २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको ३० अर्ब र भदौ ३१ मा २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १९:३४
##NepalRastraBank
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने बिहीबार, जेठ २३, २०८२
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली बिहीबार, जेठ २३, २०८२
धम्पुस जोडियो पक्की सडकमा
धम्पुस जोडियो पक्की सडकमा बुधबार, जेठ २२, २०८२
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो]
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो] बिहीबार, जेठ १६, २०८२
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ]
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ] बिहीबार, जेठ १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्