Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बैंकहरूले बढाएको ब्याजदरमा कुन बैंकले कति ?
बैंकहरूले बढाएको ब्याजदरमा कुन बैंकले कति ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज १, २०७८

काठमाडौ । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन्। आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेको हो।  

बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ। 

सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक (७.५) को छ।  बैंकहरूले सार्वजनिक गरेका सूचना अनुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ९ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले ९ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन्। 

त्यसैगरी एनएमबी बैंकले ९ दशमलव ५२, सानिमा बैंकले ९ दशमलव ५१, ग्लोबल आईएमई बैंकले ९ दशमलव ५० प्रतिशत नबिलले साधारणमा ९ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले ९ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले ९ दशमलव २५, हिमालयन बैंकले ९ प्रतिशत, सिद्धार्थ बैंकले ९ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९ दशमलव ०२ प्रतिशत र  लक्ष्मी बैंकले ९ प्रतिशत ब्याज दिने बताएका छन्। 

त्यस्तैगरी बैंक अफ काठमाडौँले ८ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले ८ दशमलव ७६ प्रतिशत, माछापुच्छ्रे बैंकले ८ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले ८ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले ८ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले ८ दशमलव ५५, कुमारी बैंकले ८ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले ८ दशमलव ५ प्रतिशत, प्रभु बैंकले ८ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले ८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन्।

बैंकहरूले साधारण निक्षेपमा न्यूनतम ४ दशमलव २६ देखि अधिकतम ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन्। यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन्। 

बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन्। 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ।  तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ। 

बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन्। राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म ३ खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ। 

राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनका अवधिको २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको ३० अर्ब र भदौ ३१ मा २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १९:३४
##NepalRastraBank
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्