काठमाडौ । डिस मिडिया नेटवर्क लि.ले डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार भएको छ।
डिशहोम फाइबरनेट सेवा डिशहोम फाइबरनेट बिर्तामोडका आधिकारिक बिक्रेताका बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेबाट उद्घाटन भयको हो।
उद्घाटन समारोहमा झापाका अन्य स्थानहरूमा डीएच फाइबरनेट सेवा चाडै पुग्ने सेल्स अधिकृत प्रज्वल अधिकारीले बतए।
डिशहोम फाइबरनेट देशबासीहरुमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले शुुरु गरेको हो।
डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ।
डिशहोम फाइबरनेट सेवा काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यसअघि नै विस्तार भइसकेको।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ भने अब छिटै नै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्दैछ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८ १२:००