Top Navigation
Main Navigation
बिहीबार, असार १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असार १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • हकप्रद शेयर बिक्रीका लागि नयाँ प्रबन्ध
हकप्रद शेयर बिक्रीका लागि नयाँ प्रबन्ध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज १०, २०७८
Api Himal

काठमाडौ । विद्युत् नियमन आयोगले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवद्र्धकलाई सहज हुने गरी हकप्रद शेयर बिक्रीका लागि नयाँ प्रबन्ध गरेको छ। 

आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै हकप्रद शेयरका सम्बन्धमा नयाँ बन्दोबस्ती गरेको हो।

आयोगले हालै स्वीकृत गरेको उक्त निर्देशिकाअनुसार हकप्रद शेयरका सम्बन्धमा उदार नीति लिएको हो। आयोगले यस निर्णयले केही विकृति ल्याउनसक्ने आशङ्का यसअघि नै प्रकट भएको थियो।

आयोगले कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सोभन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजना वा सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणका लागि संस्थागत लगानी गर्न हकप्रद शेयर बिक्री गर्न पाउने भएका छन्। 

Nepal Oil Corporation

अनुमति प्राप्त कम्पनीले निर्माण गरिरहेका वा गर्न गइरहेको आयोजनामा ५० प्रतिशतभन्दा कम शेयर लगानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर बिक्री गर्न सक्ने भएको तर त्यसरी हकप्रद शेयर बिक्री गर्दा आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएको हुनुपर्नेछ। 

निर्देशिकाअनुसार हकप्रद शेयरको निष्कासनका लागि आवेदन दिँदा सहायक कम्पनीमा रहने मुख्य कम्पनी र अन्य शेयरधनीको कति कति प्रतिशत हेयर कायम रहने हो, त्यससम्बन्धी विवरणसमेत भर्नुपर्नेछ।

यसअघि शेयर बिक्री गरिसकेको जलविद्युत् कम्पनीले ५१ प्रतिशत वा सोभन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणका लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ। 

यस्ता आयोजनामा बढीमा २०० प्रतिशतसम्म वा कायम रहेको पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ।

आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएका कम्पनीमा बढीमा आफ्नो पूँजी बजार अथवा १ बराबर १ को अनुपातसम्म मात्र हकप्रद निष्कासन गर्न सकिने व्यवस्था गरिएको छ। 

त्यस्तै, मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युत्को व्यापारिक उत्पादन सुरु गरेको हुनुपर्ने नयाँ व्यवस्था निर्देशिकामा छ। मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनुपर्नेछ। 

आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको र आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनुपर्नेछ। त्यस्तै मुख्य जलविद्युत् कम्पनी नेपालको स्टक एक्सचेन्जमा सूचीकृत भएको कम्पनी हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ।

साधारण शेयर निष्कासन गरिसकेको हाइड्रोपावर कम्पनीले विविध कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्थासमेत निर्देशिकामा छ। तर यसका लागि आयोजना निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनुपर्नेछ। 

आयोगले काबुबाहिरको स्थिति भनेर दैवी प्रकोप वा प्राकृतिक विपत्ति, कुनै महामारी रोग फैलिएको अवस्था र लडाइँ, द्वन्द्व, नाकाबन्दीजस्ता कारणले विध्वशात्मक कार्यको कारण निर्माण सम्पन्न हुन नसकेको हुनुपर्नेछ। 

निर्माणलागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि हकप्रद शेयर निष्कासन गर्न सक्नेछ। काबुबाहिरको कारणले निर्माण सम्पन्न हुन नसकेको अवस्थामा हकप्रद निष्कासन गर्दा आयोजनाको भौतिक प्रगति कम्तीमा ८० प्रतिशत भएको हुनुपर्ने व्यवस्था गरिएको छ। 
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु बिहीबार, असार १९, २०८२
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त बुधबार, असार १८, २०८२
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता  
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   आइतबार, असार ८, २०८२
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई शुक्रबार, असार ६, २०८२
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बजार अनुगमनले लियाे तीव्र रूप
  • नंः ४ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
  • नंः ५ सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्