Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • लगानी बोर्डको बैठकले करिब ७३ अर्ब बराबरको लगानी स्वीकृत
लगानी बोर्डको बैठकले करिब ७३ अर्ब बराबरको लगानी स्वीकृत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज २३, २०७८

काठमाडौ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ। 

बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो। 

लगानी स्वीकृति हुनेमा करिब १०।५ अर्ब लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा रु ६२।२६ अर्बको पूँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको बोर्डले जनाएको छ। 

यसैगरी बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। 

समितिमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्यसचिवका रुपमा रहने जनाइएको छ।  

बैठकले लगानी बोर्डको आव २०७८÷७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको शेयर खरिद बिक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु पनि गरेको छ। 

बैठकमा प्रधानमन्त्री देउवाले विद्युत् खपत वृद्धि गर्नेसम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिए।  

प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुका बारेमा जानकारी गराए।  

सो अवसरमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो।  
 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्