Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • कोसेलीका रूपमा लगिने पाल्पाली ढाका अब ब्राण्डिङ बन्ने
कोसेलीका रूपमा लगिने पाल्पाली ढाका अब ब्राण्डिङ बन्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक ९, २०७८

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । 

तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ। तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेको छ। यसले उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका छन्। 

गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ। 

पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ। 

युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका कपडा बजारमा आउने भएको छ।

भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्था आएको छ। यसले गर्दा ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा जुटेको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताए। 

उनका अनुसार तीनवर्षे ब्राण्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौँसँग सम्झौता गरी काम अगाडि बढाएको छ। योजना तयारपश्चात् बजारमा छिट्टै पठाइँदैछ। 

उनी भन्छन्, “ब्राण्डिङ गरेको सामान तानसेन र र काठमाडौँमा आउँदो डिसेम्बर अर्थात् जनवरी पहिलो महिनामा एकैसाथ शुभारम्भ गर्ने तयारी छ, काठमाडौँमा ४ वटा र पोखरामा एक सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने कुरा भइसकेको छ, ब्राण्ड बनाएर बजार पठाएपछि यहाँको ढाका कपडाको व्यापार अझ फस्टाएर जानेछ।” 

ब्राण्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ। कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाए/नपाएको, कामदारमाथि दुव्र्यवहार छ/छैन लगायत विभिन्न मापदण्ड तयार पारेको छ। 

सुरुवाती चरणमा तानसेन र काठमाडौँमा एकैसाथ कार्यक्रम सुुरुआत गर्ने तय भएको छ भने विस्तारै ब्राण्ड बनेको ढाका नेपालका सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा सामान पुर्रयाउने परियोजनाको योजना छ। 

स्वीजरल्याण्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको छ। हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ। ब्राण्ड बनेपछि पाल्पाली ढाकाको नाम बदनाम हुने क्रम रोकिने छ।

बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन्। अहिले ब्राण्डिङमा लैजाने भएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ। उद्योगीको व्यापार फस्टाउने अवस्थामा छ।

उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्नेछ। पाल्पाली ढाकाको कपडालाई ब्रान्ड बनाएर बजारमा पठाउँदा यसको छुट्टै पहिचान बन्ने र उपभोक्ताले पनि राम्रो सामान उपभोग गर्न पाउने बताउँछन्, पाल्पाली ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जन।

“तानबाट हातले बुनेका ढाका कपडाको छुट्टै महत्व छ, ग्राहकले तानबाट उत्पादित सामग्री धेरै रोज्नुहुन्छ, तर यहाँ त हिजोआज बाहिरबाट आएका ढाकाले बजार बिगारेको हँदा अब सबै ग्राहकले पहिचान गर्ने खालको ब्राण्ड बनाएर बजार पठाउँछौँ”, अध्यक्ष महर्जनले भने। 

महर्जनका श्रीमान् स्व गणेशमानले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेको हो। 

अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ। त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो।

स्व गणेशमानले शुरु गरेको व्यावसाय अहिले पनि निरन्तर चलिरहेको छ। उनकी श्रीमती पूर्णमाया हालसम्म ७ हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन्। उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएको छ। 

पूर्वदेखि पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उनको भनाइ छ। साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी करिब ९० थरिका सामान उत्पादन गर्छन। शुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० सालदेखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिदै आएका छन्। हाल उनको कारखानामा २५ महिला कामदार छन्। 

एक वर्षअघिदेखि शुरु भएको ढाका सङ्घले हालसम्म पहिलो चरणमा ५०, दोस्रो चरणमा ९८ जनालाई ढाका कपडा बुनाई तालिम दिइसकेको छ भने तेस्रो चरण अन्र्तगत हाल १९५ जनामाझ तालिम चलाइरहेको छ। 

दश जनालाई ढाका सिलाइकटाई, १५ जनालाई ढाकाको प्राविधिक उत्पादनसम्बन्धी तालिम उपलब्ध गराएको छ। यस कार्यक्रममा ९८ प्रतिशत महिला आबद्ध छन्। बन्द रहन पुगेका दुई उद्योगः कार्की ढाका उद्योग र महेश ढाका उद्योगलाई पुर्नउत्थान गर्ने काम भएको छ। 

पाल्पामा नौ वटा उद्योगबाट परियोजना सञ्चालनमा आएको छ भने त्यसयता तीन वटा नयाँ कारखाना स्थापना भएका छन्। जसमा बिस्कुनडाँडा ढाका उद्योग, राधिका ढाका उद्योग, भगवती ढाका बुनाई र एक वटा दर्ता प्रक्रियामा छ। 

देश तथा विदेशमा छुट्टै पहिचान बोकेको पाल्पाली ढाका कपडाको ब्राण्डिङ गर्ने कार्य पहिले नै हुनुपर्ने भए पनि परियोजनामार्फत ढिला भए पनि जुन कदम चालिएको छ।  

“पाल्पाली ढाका कपडाको आवरणमा बाहिर उत्पादित कपडा बिक्री गर्ने प्रवृत्तिले ढाका कपडाको व्यापारमा उपभोक्ता र व्यवसायी दुवै मारमा परिरहेका छन्, ब्राण्डिङ गरेर बजारमा लैजाने योजना छ, त्यसले बाहिरबाट उत्पादित ढाका कपडाको व्यापारमा उपभोक्ता ठगिनबाट जोखिनेछन्, यसलाई निरुत्साहित गर्नुपर्छ”, उनले भने। 

अहिले उद्योग थपिने क्रम जारी छ। पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन्। दशैं अघिमात्रै तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा पाल्पाली कोसेली घर पनि सञ्चालनमा ल्याइएको छ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्