Top Navigation
Main Navigation
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनताले विश्वास गरेर पठाएको सेवक हुँ म : वडा अध्यक्ष केसी
जनताले विश्वास गरेर पठाएको सेवक हुँ म : वडा अध्यक्ष केसी
निशान बुढाथाेकी
निशान बुढाथाेकी आइतबार, कात्तिक १४, २०७८
Api Himal

निडर स्वभाव, कडा व्यवहार, सफा काम, जिम्मेवारी बोध, विना भेदभाव काम गर्ने , काममा आफै खटिने,  राजनिति पेशा होइन, समाज सेवा हो र म समाजसेवी नै हुँ, समाजको सेवा गर्न आएको मान्छे अनवरत रुपमा काममा खटिनुपर्छ भन्ने मान्यता राख्नु हुने, परिवर्तनका संवाहक काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुन्दर बहादुर केसीसंग निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप–

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नागार्जुन नगरपालिका वडा नम्बर १० को इकाई सभापति पदमा  निर्वाचित हुनुभएको छ, अबका जिम्मेवारी के कस्ता छन् ?

अधिवेशनबाट चुनिएर सभापति भइसकेपछि, नेपाली कांग्रेसको संगठनको सभापति हो। वडा समितिको सभापति हो । अब कसरी अगाडि बढाउने, संगठनको परिचालन कसरी गर्ने, भ्रातृ संगठनलाई परिचालन गर्ने, संगठनलाई कसरी बलियो बनाउने भन्ने नै मुख्य काम हुन्छ–अबका दिनमा।  

यो चार वर्षको अवधिमा योजना अनुसार विकास निर्माणका कामहरु कत्तिको भइरहेका छन् ?

Nepal Oil Corporation

वास्तवमा भन्ने हो भने यो चार वर्षको अवधिमा यस वडामा विकास निर्माणका प्रशस्त कामहरु भएका छन्।  बजेटको सही सदुपयोग होस् भनेर म आफै फिल्डमा गएर ती कामहरु गरेको अवस्था छ। हामीले काम गर्ने भनेको उपभोक्ता समिति मार्फत हो। त्यो उपभोक्ता समिति पनि कस्तो भने काम गर्दा कुनै पनि किसिमको लापरवाही नहोस् अनि जुन किसिमको आकलन गरिएको हुन्छ त्यो अनुसार काम भएको छ कि छैन त्यसको निरिक्षण चाँही म आफै फिल्डमा गएर गर्ने गरेको छु। सोही अनुसार काम पनि भएका छन्। स्थानिय निकायमा जनप्रतिनिधि आइसकेपछि वडा १० मा करिब ८० प्रतिशत कामहरु भएका छन्। त्यसो त यस वडाको गौरवको योजनामा २ लाख लिटरको ओभर हेडट्यांकी निर्माण कार्य हुँदैछ। यहाँका प्रत्येक सर्वसाधारणको घर घरमा पानी वितरण हुनेछ। सडकको काम पनि भइरहेको छ। सडक चौडा पनि भएका छन्। 

म यस वडाको वडा अध्यक्ष मात्र होइन जनताले विश्वास गरेर काम गर्न पठाउनुभएको सेवक हुँ। प्रत्येक कुना कुनामा गएर म स्वंय खटिएर काम गरेको छु। यसरी खटिनु भनेको मेरो आत्म सन्तुष्टि पनि हो। राजनीतिलाई कहिले पनि पेशाको रुपमा हेर्नुृ हुन्न। जबसम्म राजनीतिलाई पेशा बनाइन्छ तबसम्म विकासका कुनै पनि कामहरु गर्न सकिदैनन्। यद्यपि हिजोको  ग्रामीण भेग आज विस्तारै शहरीकरण भएको अवस्थामा त्यही अनुसार मानिसहरुको इच्छा र चाहना पनि बढिरहेको हुन्छ। भौतिक पूर्वाधार विकासले मात्र पुग्दैन,  आर्थिक समृद्धि र मानसिक सन्तुष्टि पनि चाहिन्छ भन्ने आम मानिसको धारणा रहेको छ।

आर्थिक समृद्धिको लागि कस्ता खालका तालिमहरु दिन सकिन्छ, ती तालिमबाट आमजनताले कसरी आय आर्जन गर्न सक्छन् भन्ने कुरालाई पनि अगाडि बढाएको छु। त्यसो त यहाँका दलित बालबालिकाको लागि पनि छात्रवृत्तिको व्यवस्था गरी निःशुल्क पढाउने व्यवस्था पनि गरेका छौं।  यो क्षेत्रका अधिकांश मानिसहरु शिक्षित हुनुहुन्छ।  जो शिक्षाबाट पछाडी पर्नु भएको छ उहाँहरुलाई पनि प्रौढ शिक्षा प्रदान गरी साक्षर बनाएका छौं।  यस वडा नम्बर १० निरक्षर मुक्त क्षेत्र हो, यसलाई सकारात्मक रुपमा लिन सकिन्छ। स्वास्थ्यको लागि पनि हामी अगाडि नै छौं। 

वृद्ध आमा बुवाहरुको लागि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरेका छौं भने, ल्याबको व्यवस्था पनि छ यस वडामा। यहाँ बस्ने सबै सर्वसाधरणहरुको के कस्ता रोगहरु छन् सबै विवरण राख्ने काम गर्दछ। खानेपानीको पनि सुविधा छ। यसरी हेर्दा नागार्जुन नगरपालिका एउटा नमुना नगरपालिकाको रुपमा स्थापित भएको छ। ४ वर्ष अगाडिको यो ठाउँ र अहिले जनप्रतिनिधि आइसकेपछिको अवस्थामा धेरै परिवर्तन भएको छ। प्रत्येक सडकहरु पिच, ढलान भएका छन्। यहाँका जग्गाहरुको भाउ पनि बढेको छ। आना कै ४० लाखमा विक्री भएको छ। किनभने भौतिक पूर्वाधारको विकासले गर्दा हो। निकट भविष्यमा हामी वडाको प्रोफाइल पनि तयार गर्दैछौं, यसो गर्नाले क कसको घर कहाँ पर्छ, कार्यालय कहाँ पर्छ भन्ने कुरा थाहा हुन्छ। 

आय आर्जनको पाटोमा सबल र सक्षम बनाउने खालको तालिम दिने कुरा गर्नु भयो, कस्तो व्यक्तिलाई कस्तो किसिमको तालिम हो यो ?

अब हेर्नुस् म अलि परक खालको छु। साबुन बनाउने तालिम, कुसन बनाउने, बेकरी तालिम, कौसी खेती, पुतली बनाउने, सिलाइ बुनाईदेखि विभिन्न खालका तालिमहरु दियौं। यी तालिमहरु केवल समय बिताउनको लागि मात्र दिएको जस्तो लाग्छ। के ती तालिमहरुले पक्कै पनि ती महिला दिदीबहिनीहरुले आय आर्जनको क्षेत्रमा फड्को मार्नु भएको छ त? बजारसम्म पु¥याउने अवस्था छ त? त्यही कारण अब चाँही नितिगत रुपमा कस्तो व्यक्तिलाई कस्तो तालिम दिने हो? त्यो उहाँहरुबाट आयो भने सहज हुन्छ। को व्यक्ति छ त्यस्तो? जसले तालिम लिएपछि काम गरेर परिवार पाल्न सकोस्। यसको लागि इच्छा शक्ति पनि हुनुपर्छ। यसमा महिला पुरुष जो पनि हुन सक्छ। तालिम लिइसकेपछि म यो काम गर्छु भन्ने भावना पनि हुनुपर्छ। हामीले यस्ता व्यक्ति हरु खोजेर तालिमहरु दिइरहेका छौं। 

धेरै वर्ष स्थानिय निकाय जनप्रतिनिधिविहिन भएको अवस्थामा जब निर्वाचित भएर आउनु भयो त्यो अवस्थामा सर्वसाधारणहरु कस्ता खालका समस्याहरु लिएर आउनु भयो?

शुरुमा आउँदा यहाँका सर्वसाधारणहरुले अब त पक्कै परिवर्तन हुन्छ भन्ने विश्वास लिनुभयो। सर्वसाधारणको हरेक किसिमका समस्याहरुलाई समाधान गर्न म अनवरत रुपमा लागिरहेँ र अहिले पनि लागिरहेको छु। सम्बन्ध विच्छेददेखि साँध सिमानाका अधिकांस समस्याहरु लिएर आउनु भयो। म स्थानिय सरकारको प्रमुख भएपनि न्यायालयको प्रमुखको भूमिका पनि निभाएको छु। यहाँ २/३ वटा कस्ता खालका केस आए भने मलाई श्रीमान चाहिदैन वा श्रीमती चाहिदैन भन्ने अवस्थामा पनि उहाँहरुलाई परामर्श दिएर मिलाएको घटना छ। साँध सिमानाका कुरा पनि हामीले मिलाएर सहमति गराएर आएका छौं। काम गर्दा कसैलाई पनि विभेद गरेका छैनौं। 

आगामी योजनाहरु के के छन्?

म आफै समाजसेवा गर्छु भनेर यहाँसम्म आएको मान्छे हुँ। पार्टीले मूल्यांकन गरोस् भन्ने लाग्छ। यही बस भने यही बस्न तयार छु। होइन केन्द्र मै जानु पर्छ भने पनि म तयार छु। मुख्य कुरा त जहाँ बसेर काम गरे पनि मूल्यांकन भयो भने सजिलो हुन्छ। 

नामी साप्ताहिकबाट साभार

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्