Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • योग र ध्यानको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ : डा. स्कन्ध डाँगी
योग र ध्यानको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ : डा. स्कन्ध डाँगी
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, कात्तिक २७, २०७८

विसं. २०४७ सालमा जन्मेर सानै उमेरदेखि मानिस कसरी स्वस्थ रहन सक्छ भन्ने कुरामा घोत्लिएर चिन्तन गर्दै विभिन्न चिकित्सापद्धतिहरुको अध्ययन अनुसन्धान गरी अन्तिममा स्वस्थ रहन प्राकृतिक चिकित्सा तथा योग पद्धति नै व्यवहारिक रुपले हरेक मानिसका लागि उपयुक्त चिकित्सापद्धति रहेको ठहर गर्दै भारतको राजीवगान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स र एस डी एम कलेज अफ नेचर प्याथि एण्ड योगा साइन्समा लामो समय अध्ययन गरी विशेषज्ञता हासिल गरेर हालसालै सुप्रशिद्ध हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र लोकप्रिय गायिका आनी छोइङ डोल्मा जस्ता नेपालका प्रख्यात कलाकारहरुका समेत उपचार गरिसकेका अत्यन्त मृदुभाषी सरल र धेरै अस्वस्थ व्यक्तिहरुको उपचार गरी सफलता हासिल गरिसकेका डा. स्कन्ध डाँगीसँग अहिलेको अत्याधुनिक जीवनशैलीले भित्र्याएको विकृति र विसंगतिका कारण मानवीय स्वास्थ्यमा परेको नकारात्मक असर र प्राकृतिक चिकित्सा तथा योगको चिकित्साक्षेमा रहेको महत्व, औचित्य र आवश्यकताका सन्दर्भमा केन्द्रित रही प्रज्वल घिमिरेले गरेको कुराकानीको सङ्क्षिप्त अंश यहाँ प्रस्तुत छ : –  

संसारका सबै मानिस लगायत हरेक प्राणीहरुको बाँच्ने आधार प्रकृति नै भएकोले प्राकृतिक चिकित्सालाई बुझ्न सबैका लागि सरल भए पनि एउटा चिकित्सकको हैसियतले तपाई यसको परिभाषा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने ठान्नुहुन्छ ?

प्रकृतिबाट प्राप्त हुने भोजन विरामीको औषधिको रुपमा प्रयोग गरेर उपचार गर्ने विधि नै प्राकृतिक चिकित्सा विधि हो। यो विधिमा भोजन र भान्साको शुद्धता र सन्तुलनलाई धेरै महत्व दिइएको हुन्छ । औषधि र शल्यक्रिया रहित यो पद्धतिमा जल चिकित्सा, आवास चिकित्सा, अकुपञ्चर चिकित्सा, भोजन चिकित्सा, मालिस चिकित्सा र योग तथा ध्यान चिकित्सा जस्ता मानवीय शरीरमा हानीरहित ढङ्ले मानिसभित्र रहेको रोगलाई जित्न सक्ने शक्तिलाई उजागर गरी मानिसलाई रोगबाट मुक्ति दिलाउँने चिकित्सा पद्धति नै प्राकृतिक चिकित्सा पद्धति हो। यो पद्धतिले मानिसलाई नचाहिँदो सम्पूर्ण कोषिकाहरुलाई मारेर चाहिने कोषिकाहरुलाई जन्माउँदै जीवनलाई दीर्घायु र निरोगी बनाउँने भएकोले हरेक मानिसलाई अनुकूल वातावरणको सिर्जना गरी शारीरिक बौद्धिक आध्यात्मिक र मानसिक रुपमा समेत जागरुक बनाउँने प्रक्रिया नै प्राकृतिक चिकित्सा पद्धति हो। 

प्राकृतिक चिकित्सा पद्धति मानिसको जीवनयापनसँग सम्बन्धित पद्धति भएको कुरालाई आज विश्वले नै स्वीकारी सक्दा पनि यो पद्धति अन्य चिकित्सा पद्धतिहरुको तुलनामा लोकप्रिय हुन नसक्नुको कारण के देख्नुहुन्छ?

आजको यो प्रतिष्पर्धात्मक युगमा भौतिक विकासका कारण प्राय मानिसमा समयको अभाव हुने भएकोले सबैलाई परिणाम छिटो छिटो चाहिएको छ। जसका कारण सबैमा धैर्यताको धेरै कमी छ। तर जीवनसँग सम्बन्धित यो पद्धतिमा मानिसले आफ्ना लागि उपचारको क्रममा धेरै समय छुट्टयाउँनै पर्ने हुन्छ। तर अहिलेको यो वेफुर्सदिलो परिस्थितिमा योग ध्यान र खानपिनमा समय दिन प्राय मानिसलाई धेरै गार्हो छ। झन त्यसमाथि प्रविधिले भुलाएकोले मानिसहरु विभिन्न मीठामीठा तर अशुद्ध खानाहरुको स्वादमा मस्त भई जीब्रोको दास हुँदै गइरहेकाले शुद्ध खानपिनमा कसैको ध्यान छैन। व्यायाम गर्न पनि सबै अल्छी मान्छन्। संसारका धेरैजसो मानिसमा भएको अल्छीपना विलासिताका कारण भित्रिएको विकृति र चेतनाको कमी नै अन्य चिकित्सा पद्धतिको तुलनामा प्राकृतिक चिकित्सा पद्धति लोकप्रिय हुन नसक्नुको कारणहरु हुन्। 

समयको अभावका कारण प्राकृतिक चिकित्सा पद्धतिलाई नअपनाउँनेहरुलाई तपाइँको केही सुझाव छ?

जतिसुकै समयको अभाव भएपनि हरेक मानिसका लागि जीवन सबैभन्दा महत्वपूर्ण कुरा हो । जीवन नै रहेन भने केही पनि रहँदैन। त्यसैले पैसालाई महत्व दिने जतिसुकै वेफुर्सदिलो मानिसले पनि आफ्नो दीर्घायुका लागि समय निकाल्नै पर्ने हुन्छ। पैसाले अस्पताल पनि किन्न सकिन्छ । तर अस्पताल गएर उपचार गर्न समय दिन सकेन भने पैसाको के अर्थ हुन्छ। अस्पताल आफ्नै हुँदैमा रोग निको हुँदैन। हरेक रोगबाट पिडित मानिसलाई स्वस्थ हुन समय लाग्छ। फेरी त्यस्तो प्राकृतिक चिकित्सा पद्धतिमा मात्र होइन। अन्य चिकित्सा पद्धतिमा पनि समय लाग्छ। मानौं कसैको हात भाँचियो भने उसको हात ठीक हुन ६ महिना लागिहाल्छ। पैसा धेरै खर्च गरेर भाँचिएको हात १ महिनामा ठीक हुन सक्दैन। कुनैपनि रोगको निदानका लागि निर्धारित समय भन्दा छिटो यदि कोही ठीक हुन खोज्छ भने त्यो भन्दा ठूलो मूर्खता अरु केही पनि हुँदैन। त्यसैले समय विना संसारका कुनैपनि चिकित्सा पद्धतिमा कोही पनि स्वस्थ हुन नसक्ने भएकोले केही बढी समय लागेपनि उपचार प्रक्रिया र प्रक्रिया पश्चात पनि मानिसलाई कुनै हानी नपुर्याई उपचार गरी स्वस्थ बनाउँनका लागि प्राकृतिक चिकित्सा पद्धतिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकोले यो पद्धति अपनाउँन म सबैलाई अनुरोध गर्दछु। 

योग र प्राकृतिक चिकित्साको सम्बन्धका बारेमा तपाईँको के धारणा छ?

योग र प्राकृतिक चिकित्साको सम्बन्ध नङ् र मासुको सम्बन्ध जस्तै हुन्छ। प्राकृतिक चिकित्सा पद्धतिले शरीरलाई शुद्धिकरणको बाटोमा हिँडाउँछ भने योगले मनलाई शुद्धिकरणको बाटोमा हिँडाउँछ। जसरी प्राकृतिक चिकित्सा पद्धति र योगको सम्बन्ध नङ् र मासुको जस्तै हुन्छ। शरीरको र मनको सम्बन्ध पनि त्यस्तै हुन्छ। त्यसैले प्राकृतिक चिकित्सा पद्धति र योगको एकदम घनिष्ठ सम्बन्ध हुन्छ। 

मानिसको जीवनमा योगाशन खाना जतिकै आवश्यकीय हुन्छ भन्ने कुरालाई धेरैले बुझ्न नसक्दा नै आज विश्व रोगै रोगको खानी बनिरहेको छ। तर पनि पढेलेखेका बुद्धिजीविहरुले समेत यो कुरा बुझ्न नसक्नुको कारण के देख्नुहुन्छ?

हामीले इतिहासको अपमान गर्दै आफ्नो संस्कारलाई भुल्यौं जसलाई हाम्रा पुर्खाले ऋषिमुनी परम्पराबाट जीवन्त राखेका थिए। त्यतिखेर गुरुकुलमा पढाउनु भन्दा पहिले योग र ध्यान गराइन्थ्यो। जसका कारण सबैको मन र शरीर दुबै स्वस्थ हुन्थ्यो तर आज आधुनिकताको नाममा पढेलेखेका बुद्धिजीविहरुले नै परम्परा र संस्कारलाई दिनदिनै भुल्दै गइरहेका छन्। त्यसैले विश्व नै आज रोगै रोगको कारखाना बनिरहेको छ। 

परम्परा र संस्कारलाई विर्सिएर योग गर्नेहरुको संख्या आजभोलि बढिरहेको छ यसको बारेमा तपार्इँको के विचार छ?

विश्व नै अहिले क्रमशः स्वास्थ्यप्रति सजग हुँदै गइरहेको छ। मानिसमा धेरै बाँच्ने चाहना बढ्दो छ। त्यसैले आजभोलि नयाँनयाँ ढङ्गबाट योगशन गर्ने चलन बढेको छ। कतै वियर योग, कतै चिकेन योग जस्ता नामबाट योग गरिएको सुनिन्छ। योगका नियम विपरित गरिने यस्ता योगहरु उच्छृङ्खल हुँदाहुँदै पनि समय अनुसार यसलाई स्वीकारेर भविष्यमा यसलाई परिमार्जित गरी हामीले हाम्रो पुर्खाको जस्तै परम्परा र संस्कारमा ढालेर उच्छृङ्खलतालाई हटाउन सक्यौं भने यो पनि हाम्रा लागि फलदायी नै हुन्छ। त्यसैले सकारात्मक दृष्टिकोणबाट सोच्दा यो हाम्रा लागि नराम्रो कुरा होइन। 

विश्वमा अहिले देखिएको वेथिति अशान्ति र द्वन्दको कारण योग र ध्यानलाई कसैले नअपनाएरै हो भनेर कसैले भन्यो भने त्यसमा तपाई सहमती जनाउँनुहुन्छ?

एकदम जनाउँछु। स्वस्थ मन र शान्त भावनालाई योग र ध्यानले बचाई राख्ने भएकोले संसारमा सबैले आफ्नो जीवनशैलीको पर्याय योग र ध्यानलाई बनाउँन सकेको भए आज विश्वमा यति धेरै वेथिति अशान्ति र द्वन्द हुँदैनथियो। र आपसी सद्भाव भाइचारा बन्धुत्वको भावना कायम रहन्थ्यो।  

गुरु ध्यान र योग विना संसारका सबै मानिस पूर्ण हुन सक्दैनन् भन्ने कुरामा विश्वास गर्नुहुन्छ?

किन नगर्नु गर्छु । भौतिक जगतले दिने आनन्द भन्दा आन्तरिक आनन्दले जीवनमा धेरै महत्व राख्ने भएकोले गुरु, ध्यान र योग विना मानिस अधुरो भई कहिल्यै पूर्ण हुन सक्दैन। 

अन्तिममा अन्नपूर्ण प्राकृतिक चिकित्सालयको आगामी योजनाका बारेमा केही बताउन चाहनुहुन्छ?

आयुर्वेद चिकित्सा, प्राकृतिक फिजियोथेरापी चिकित्सा, योग तथा ध्यान चिकिन्सा, अकुपञ्चर चिकित्सा, भोजन चिकित्साहरुलाई संयुक्त रुपमा उपयोग गरी हाडजोर्नी, नशा र जीवनशैलीसँग सम्बन्धित कुनैपनि रोगबाट कसैले पनि दुःख नपाउन् भनेर हरेक रोगबाट ग्रसित हुनेहरुलाई नख्खु बागडोलस्थित यस अस्पतालमा आई अथवा मोवाइल नं. ९८६९४९७६३६ मा सम्पर्क राखेर आवश्यक जानकारी लिई आफ्नो उपचार गराई रोगबाट मुक्त भई खुशी हुदै आनन्दसँग जीवन विताउन हामी सबैलाई अनुरोध गर्दछौं। 

-नामी साप्ताहिकबाट साभार

  

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
  • नंः ५ महाविपत्तिमा एकता अपरिहार्य
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्