Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनताका असली हिरो मेयर ब्याञ्जु
जनताका असली हिरो मेयर ब्याञ्जु
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, कात्तिक २७, २०७८

धुलिखेल नगरपालिकाका मेयर, धुलिखेल नगरपालिका संघको अध्यक्ष तथा नेकपा एमाले पार्टीको जिल्ला अध्यक्ष अशोक कुमार ब्याञ्जु झट्ट हेर्दा चलचित्रको हिरो जस्तै देखिन्छ। बहुमुखी प्रतिभाका धनी, फराकिलो सोच, उच्चविचार, आफ्नो कामलाई असाध्यै माया गर्ने, जसले कामलाई माया गर्छ उसले एक दिन सफलताको शिखर चुम्छ भन्ने मान्यता राख्ने व्यक्तित्व जसले विकास निर्माणका थुप्रै कामहरु गरिसकेका छन्। उनै धुलिखेलका सर्वसाधारण जनताका असली हिरो धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जुसंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको विशेष अन्तरवार्ताको सारसंक्षेप– 

योजना अनुसार कति कामहरु भएको पाउनु भएको छ ?

घोषणा–पत्रमा भनिएअनुसार विकास निर्माणका धेरै कामहरु सम्पन्न भएका छन्। करिब ८० प्रतिशत कामहरु सम्पन्न भएका छन्। धुलिखेल नगरपालिका खुला दिशामुक्त नगरपालिका घोषणा भएको छ भने साक्षरता त्यसैगरी बालमैत्री नगरपालिका पनि घोषणा भएको छ। एक घर एक धारा अन्र्तगत ८३ प्रतिशत मानिसको घरधूरीमा पानी वितरण गर्नुका साथै अब केही समयभित्र १०० प्रतिशत पानी वितरण गर्ने योजना छिट्टै पुरा हुँदैछ। 

त्यसपछि प्रत्येक सर्वसाधारणको घरमा धारा वितरण भइसकेपछि एक धारा एक घर नगरपालिका घोषणा हुन्छ। एक वडा एक पार्क भनेर हामीले अभियान शुरु गरिसकेका छौं। ५३ वटा पार्क निर्माण भइसकेको छ। त्यसो त यस नगरपालिकामा दुई वटा हाइवे छोडेर जम्मा साढे १२ किलोमिटर सडक पिच थियो भने अहिले १६३ किलोमिटर धूले सडक पिच भएको छ भने १६४ किलोमिटर सडक ग्राभेल भएको छ। 

यद्यपि २ वटा ट्रिटमेन्ट प्लान्ट १८ करोडमा निर्माण भएको छ। धुलिखेल नगरपालिकाका सम्पूर्ण फोहोरहरु प्रशोधन गर्ने गरिन्छ। गरिबी निवारण कोष निर्माण गरी यहाँ आर्थिक रुपमा कमजोर नागरिकलाई विभिन्न किसिमका सिपविकास, उद्यमसिलताको तालिम लिएर सशक्तिकरणका काम गरिरहनु भएको छ। जसले गर्दा उनीहरुको आर्थिक क्षेत्रमा परिवर्तन भएको छ। 

त्यसो त १८ वटा विद्यालयहरु निर्माण पनि भएका छन्। यता कृषि क्षेत्रको विकासका लागि पनि गर्दै आइरहेका छौं। कृषि पेशालाई प्रबद्धन गर्नुका साथै कृषिमा आधुनिकिकरण, बजारिकरण गरेर कृषिबाट धेरै आयआर्जन भइरहेका छन्। स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार गरेका छौं। एसियाकै पहिलो स्वास्थ शहर कार्यक्रम शुरु भएको छ। आमजनताको स्वास्थ्य विमा लगायत ४ वटा स्वास्थ्यचौकी निर्माण भएका छन् भने जापान सरकारको सहयोगमा २ अर्ब लगानी माट्रमा सेन्टर सम्पन्न हुँदैछ। 

यता ३२ करोडको लागतमा अस्पताल पनि निर्माण हुने योजना रहेको छ। जहाँ डायलासिस लगायतका सम्पूर्ण सेवा सुविधा रहने छन्। जबसम्म ग्रामिण जनताको आर्थिक विकास हुँदैन, तबसम्म अरु कुनै पनि किसिमको उन्नति हुन सक्दैन। सामाजिक रुपान्तरणको क्षेत्रमा संयुक्त राष्ट्र संघको १७ वटा दिगो विकासका लक्ष्यअनुसार ४ वटा लक्ष्यहरु करिब ९८ प्रतिशत पूरा भइसकेका छन्। सन् २०३० सम्ममा बाँकी ११ वटा लक्ष्य पूरा गरेर विश्वको sustainability city को रुपमा धुलिखेल नगरपालिका घोषणा हुनेछ।

महिलाका लागि कस्ता खालका कार्यकमहरु ल्याउनु भएको छ ?

वास्तवमा भन्ने हो भने म अलि फरक खालको छु। परिवर्तन पनि फरक किसिमले गर्नुपर्छ भन्ने लाग्छ। महिला भनेर  महिला मात्र होइन त्यसमा महिला, दलित, जनजाती, आदिवासी, अपांग गरी सबैको लागि परिषद बनाएका छौं। यो नेपालको कुनै पनि नगरपालिकाहरुमा छैन। यस्ता खालको परिषद वडा वडाबाट, नगरपालिकाबाट गठन हुन्छ। यसले सशक्तिकरण तथा शीपविकासको काम गर्छ। सयौले शीपविकासका तालिमहरु लिइसकेका छन्। १६ वटा उद्यमी समूह निर्माण भएका छन्। शीपविकास, आर्थिक विकास, गरिबी निवारण पहिलो प्राथमिकता हो। सबै खालका तालिमहरु दिने गरेका छौं।

स्थानियतहको निर्वाचन पछि सर्वसाधारणको कस्ता खालका गुनासाहरु पाउनु भयो ?

राज्य पुनःसंरचना भइसकेपछि नयाँ क्षेत्रको पहिचान गरी त्यहाँबसोबास गर्ने स्थानिय सर्वसाधारणको समस्या पहिचान गरी समाधानगर्न अग्रसर भयौं। श्रोत साधनकम तर, आवश्यकता असिमित थिए। यो जटिल समस्या हो। नेपाल सरकारको संविधानमा स्थानिय सरकारलाई स्वायत्त सरकार भनिसकेपछि त्यहाँ दिने सेवा सुविधामा पूर्णता नदिएको अवस्था पनि छ। असिमिति आवश्यकता र सिमितश्रोत साधनले व्यवस्थापन गर्दा आवश्यकता फरक फरक हुन्छ। त्यसले गर्दा काम गर्न गाह्रो हुन्छ। शहरी क्षेत्रका होस् या ग्रामिण क्षेत्रका हरेक मानिसहरुको आवश्यकता फरक फरक खालका हुन्छन्। हाम्रो देशमा १८ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि छन् भने धुलिखेलमा ४.३६ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि छन्। अब यो दर घट्ने क्रममा छ । रोजगार र शीपमूलक तालिम दिएर सबैलाई रोजगार बनाउने उद्धेश्य अनुरुप काम गरिरहेका छौं।

अबको योजनाहरु के के छन् ?

खासमा भन्नुपर्दा आफूले जिम्मा लिएको काम राम्रोसंग सफलतापूर्वक सम्पन्न गर्ने योजना छ। र योजना अनुसार कामहरु पनि सुचारु भइरहेका छन्। सर्वसाधारण जनताको हितको लागि सदैव काम गरिरहने इच्छा छ। 

-नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन: उदयपुरमा कस्ले मार्ला बाजी ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुरमा कस्ले मार्ला बाजी ? शनिबार, माघ १८, २०८२
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण बुधबार, माघ १५, २०८२
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्