Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रदेश नं. २ युवासम्मेलन २०२० भर्चुअल समारोह सम्पन्न
प्रदेश नं. २ युवासम्मेलन २०२० भर्चुअल समारोह सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज ६, २०७७

बीरगंज । नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चअल सम्पन्न भएको छ ।
    
उद्घाटन समारोहका प्रमुख अतिथि माननीय जितेन्द्र सोनल (मन्त्री) भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, प्रदेश नं.२ ले देश विकासमा युवाहरुको ठूलो भूमिका रहदै आएकोले अबको आवश्यक्ता युवाहरुलाई नेपालमा रोजगार उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गर्दै विदेशीका युवाहरुलाई एकजुट भई देश विकासमा योगदान पुर्याउन आग्रह समेत गरेको छ। 

हाल नेपाल लगायत विश्व नै (कोभिड-१९) महामारीको चपेटामा रहेकोले युवाहरुले अहम भूमिका खेल्न आवश्यक भएकाले नेपालका सबै युवाहरुलाई देशमा नै स्वरोजगार शुरु गरि देश विकासमा लाग्नका लागि नेपाल युवा परिषद्संग आबद्ध युवाहरुलाई जोडदार अपिल गर्दै युवाहरुलाई उद्यमशीलता बनाउन सरकार सक्रिय भई अगाडि बढिरहेको जानकारी गराएका थिए।  
    
त्यसैगरि विशिष्ट अतिथि सरोज बानियाँ, नेपाल युवा परिषद् संस्थापक एवं केन्द्रिय अध्यक्षले नेपाल युवा परिषद्सँग आबद्ध रहेका युवाहरुलाई देश विकासमा सहयोग गर्नका लागि यो संस्थाले बेला बेलामा तालिम दिदै आएको र आउने दिनमा पनि सहयोग रहने बताए भने अर्का अतिथि श्रीमती गिता साह उपाध्यक्ष प्रसौनी गा.पा. बारा, देवनारायण मण्डल, मिथिला वाइडलाईफ ट्रष्ट, नेपाल तथा जय प्रकाश दास, वडा अध्यक्ष फेटा गा.पा.-१, बाराले युवाहरुलाई देश विकासमा सहयोग गर्न आग्रह गर्दै आफ्नो शुभकामना मन्तब्य राखेका थिए।

Nepal Oil Corporation

युवा सम्मेलन कार्यक्रममा प्यानल छलफल राखिएको थियो जसमा निवार्चनमा युवाको भूमिका शीर्षक बारे उमेश कुशवाहा, युवा नेता नेकपा बारा तथा युवाहरुको नेतृत्व विकास शीर्षकमा जेसी शोभा खरेल भटराई, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष नेपाल जेसीज, सलमा खातुन उपमेयर पोखरिया नगरपालिका तथा गुड गर्भर्नेन्स शीर्षकमा शिव प्रसाद भुषाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा डा. दिपेन्द्र चौधरी, प्रोफेसर तथा आर्थिक विश्लेषकले युवाहरुलाई प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा प्रदेश नं. २ भित्र रहेका ८ जिल्लाका करिब ४० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो भने आयोजक कमिटि लगायत ५० जनाको भर्चुअल कार्यक्रममा सहभागिता रहेको थियो।

समापन कार्यक्रमका प्रमुख अतिथि सुरेश कुमार मण्डल, राज्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.२ ले युवाहरुलाई देश विकासमा युवाको अहम भूमिका रहेकाले आजको युवाहरुलाई सरकारले स्वरोजगारको व्यवस्था गरिरहेको बताएका थिए। 

यसैगरि अर्का अतिथि आनन्द गुप्ता वडाअध्यक्ष प्रसौनी गा.पा. वडा नं. ४, बारा, ओमप्रकास सर्राफ संयोजक भिजिट मधेस, युवा समाजसेवी तथा नेताले पनि युवाहरुलाई जागरुक हुन आब्हान गरेका थिए । 

उक्त भर्चुअल कार्यक्रममा स्वागत मन्तब्य पूजा साह, नेपाल युवा परिषद् महोत्तरीले गरेका थिए भने अध्यक्षता नेपाल युवा परिषद्  प्रदेश नं. २ का कार्यक्रम संयोजक तथा पर्सा जिल्ला अध्यक्ष श्रवण प्रसाद साहको रहेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल युवा परिषद बारा जिल्लाका अध्यक्ष राजेश कुशवाहाले गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १९:२८
##province2
प्रतिक्रिया दिनुहोस्
थप समाज
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न मंगलबार, असोज २८, २०८२
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग आइतबार, असोज १२, २०८२
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन बिहीबार, असोज ९, २०८२
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे बुधबार, असोज ८, २०८२
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम बुधबार, असोज ८, २०८२
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’ मंगलबार, असोज ७, २०८२
घटस्थापना : आजबाट बडादशैं सुरु
घटस्थापना : आजबाट बडादशैं सुरु सोमबार, असोज ६, २०८२
मनाइयो विश्वकर्मा पूजा
मनाइयो विश्वकर्मा पूजा बुधबार, असोज १, २०८२
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्