Top Navigation
Main Navigation
शनिबार, फागुन ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  •  ५५ जनालाई मनमुरी कृषि सम्मान 
 ५५ जनालाई मनमुरी कृषि सम्मान 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर १८, २०७८

काठमाडौं। कृषि सहकारी संस्थामा अग्रणी संस्थाको रुपमा प्रतिष्ठित मनमुरी कृषि सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार स्थित संस्थाको मुख्यालयमा मनमुरी कृषि सहकारी संस्था लिमिटेडले आफ्नो गरिमामय सातौं बार्षिक उत्सव मनाएको हो ।

अर्गानिक कृषि प्रणालीलाई उच्च जोड दिएर कागेश्वरी मनोहरा नगरपालिकाभित्र उदाहरणिय कृषि सहकारीको रुपमा नाम कमाउन सफल मनमुरी कृषि सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सवमा सहकारी शेयरधनीहरुलाई मुनाफाको ३ प्रतिशत लाभाँश वितरण गर्न सफलता पाएको संस्थाकी अध्यक्ष जयकला बस्नेतले बार्षिक प्रतिवेदनमा खुलासा गरेकी छन्। विभिन्न उतार चढावका साथमा सातौं बार्षिक उत्सवसम्म आइपुग्दा मनमुरी कृषि सहकारी संस्था लिमिटेडले विनायक वस्ती स्थित मुख्यालय परिसरमा संचालित मनमुरी कृषि बजार नमूना बजार नै सावित भएको अध्यक्ष बस्नेतले जिकिर गरेकी छन्।

कृषकका लागि आवश्यक बीउ–विरुवा देखि अर्गानिक मलसम्म र सर्वसाधारणका लागि नून देखि सुनसम्म पाउने गरेर नमूनामय बजार व्यवस्थापन गरेको जानकारी पनि अध्यक्ष बस्नेतले दिएकी छन्। कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाव्दारा उदघाटित मनमुरी कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक उत्सवको कार्यक्रम संचालन संस्थाकी सचिव सुनिता भट्टराईवाट भएको थियो ।

सातौं बार्षिक उत्सव तथा साधारण सभामा विभिन्न क्षेत्रका ५५ जनालाई मनमुरी कृषि सहकारी सम्मान प्रदान गर्ने कार्य पनि भएको छ। जसमा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत देखि न्यूजलाइन्स नेपाल डटकमका अध्यक्ष तथा महाप्रवन्धक राजु भट्टसम्मलाई मनमुरी कृषि सहकारी सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा कृषि विज्ञ देखि कृषि बैज्ञानिकसम्मले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
प्रकाशन मिति–२०७८ साल मंसीर २५ गते शनिवार ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास बिहीबार, माघ ३०, २०८२
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक सोमबार, माघ २७, २०८२
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’ शुक्रबार, माघ २४, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
  • नंः २ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ३ शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
  • नंः ४ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ५ सुनसरी १ बाट हर्कराज साम्पाङ विजयी
विचार
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्