Top Navigation
  • Contact
Main Navigation
बिहीबार, भदौ १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालमै आत्मनिर्भर हुने कार्यक्रमहरु ल्याएका छौं : वडा अध्यक्ष भट्ट
नेपालमै आत्मनिर्भर हुने कार्यक्रमहरु ल्याएका छौं : वडा अध्यक्ष भट्ट
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, मंसिर १९, २०७८

नेपालको सुदूर पश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्ला एउटा सुन्दर जिल्ला हो। यस प्रदेशका ९ वटा जिल्ला मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यही डडेल्धुरा जिल्ला हुँदै जान्छ। सुदूरपश्चिम प्रदेशको हिल स्टेशनको रुपमा रहेको अनि माथि उल्लेखित ६ वटा जिल्लाको प्रवेश विन्दुको रुपमा रहेको डडेल्धुरा जिल्लाको महत्व सुदूरपश्चिममै बिशेष रहेको छ। 

डडेल्धुरा जिल्लाका अजयमेरु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज भट्ट युवा नेता हुन्। फराकिलो सोचका धनी सर्वसाधारण जनताको ढुकढुकी नै बनेका वडा अध्यक्ष शिवराज भट्टसंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप– 

योजना अनुसार कतिको कामहरु भएका छन् ?

वास्तवमा भन्ने हो भने हाम्रो जस्तो भौगोलिक विकटता भएको गाउँपालिकामा विकास निर्माणका कामहरु प्रशस्त मात्रामा भएका छन्। निर्वाचन हुनु अघि जुन किसिमका प्रतिबद्धताहरु भएका थिए त्यस अनुरुप नै कामहरु भएका छन्। 

प्रत्येक वर्ष कामको वर्गिकरण गरेर कामहरु संचालन गर्दै आएका छौं। जसमा आर्थिक विकास तर्फ कृषि र पशुपालन, भौतिक विकास तर्फ खानेपानी, सडक, सिंचाईं सामाजिक विकास तर्फ शिक्षा र स्वास्थ्यमा कामहरु गर्दै आएका छौं। भौगोलिक विकटताका कारण विकास हुन नसकेका कामहरु पनि हामी विस्तारै विकास गर्दै आएका छौं। खानेपानीको कुरा गर्ने हो भने करिब ८० प्रतिशत खानेपानीको काम भएका छन्। 

स्थानिय सर्वसाधारणको कस्तो खालको समस्याहरु पाउनुभयो ?

हाम्रो जस्तो विकासोन्मुख देश त्यसमा पनि सुदुरपश्चिमको यो अजैमेरु गाउँपालिका भौगालिक विकटताको कारण हरेक किसिमका समस्याहरु थिए र अझै पनि प्रशस्त मात्रामा समस्याहरु नभएका होइनन्।  

विशेष गरी साविकको ७, ८ र ९ मा खानेपानीको चरम अभाव थियो। त्यहाँ मुहानहरु प्नि थिएनन्। तर पनि स्थानिय बासिन्दाको आत्मिय सम्बन्ध, उहाँहरुको साथ र सहयोगले गर्दा त्यस ठाउँमा खानेपानी पुर्याउन सफल भएका छौं। ४० प्रतिशत बस्तीहरुमा बिद्युतिकरण गर्न सफल भएका छौं । त्यसपछि धेरै जसो ठाउँमा सडक संजालले जोड्न पाएका छौं । 

महिलाहरुका लागि कस्तो खालको कार्यक्रमहरु ल्याउनु भएको छ ?

वास्तवमा भन्ने हो भने हाम्रो जस्तो भौगोलिक विकटता भएको ठाउँमा सीपमुलक कार्यक्रम तथा आयमूलक कार्यक्रम सम्बन्धि तालिमहरु दिएर आत्मनिर्भर बनाएका छौं। त्यति मात्र होइन कतिपय महिलाहरु राजनीतिक रुपमा पनि अघि बढ्नु भएको छ। जनचेतनामूलक कार्यक्रमहरु ल्याएर महिलालाई अगाडि बढ्न सहयोग गरेका छौं। 

आगामी योजनाहरु के के छन् ?

नेपालका युवाहरु जो विदेश पलायन हुने अवस्था छ । त्यसमा पनि यहाँबाट छिमेकी मुलुक भारत नजिक पर्ने भएकोले भारत पलायन हुनेको संख्या धेरै छ। अब भने नेपालमै स्वरोजगार हुने अवस्था ल्याएर नेपालका युवा नेपालमै आत्मनिर्भर हुने खालका कार्यक्रमहरु ल्याएका छौं। उनीहरुको क्षमता र दक्षता अनुसार तालिम दिएर स्वदेशमै रोजगारी दिने योजना छ। 
 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ?  सोमबार, भदौ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शंकर ग्रुपले गरे ४ करोड सहयोग
  • नंः ५ महाविपत्तिमा एकता अपरिहार्य
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्