Top Navigation
Main Navigation
मंगलबार, फागुन १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, फागुन १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • माघीको रौनकतामा थारु समुदाय
माघीको रौनकतामा थारु समुदाय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस २९, २०७८

काठमाडौ । शुक्लाफाँटा नगरपालिका–३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त छन्। दुई दिनअघि देखिनै उनले दुनाटपरी लगाउन थाको हो। 

माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किनका लागि दुनाटपरी बनाउने कार्यमा उनी लागेको छ। 

“माघीपर्व घर छेउमै आइपुग्यो। त्यसकै तयारीका लागि व्यस्त हुनुपरेको छ”, उनले भने, “घरका पुरुष सुँगुर खोज्नमा जुटेका छन्। महिला दुनाटपरी बनाउने कार्यसँगै कुटानीपिसानीमा व्यस्त छौं।” माछाको जोहो गर्नका लागि तयारी हुँदै गरेको उनले बताए। 

“पहिला ढिक्कीमै धान कुटेर चामल बनाइ माघी आउन एक दिन अगावै त्यसलाई भिजाएर ढिक्कीमै कुट्ने गर्दथ्यौं”, उनले भने, “कुटेर बनाइएको चामलको पिठोबाट ढिक्री तयार गरिन्थ्यो। त्यसलाई निकै पवित्र मानिन्थ्यो। आजभोलि त्यो चलन हटदै गएको छ।”

उनले कुटानीपिसानी मिलमै कुटिएको धानको चामलकै प्रयोगलाई बढावा दिन थालिएपछि महिलाले बिहानीको झिसमिसेमै उठेर माघीका लागि चामल कुटनुपर्ने अवस्था अब नरहेको बताए। 

मिलमै पिसिएको चामलको पिठोबाट थारु समुदायले माघी पर्वका लागि मौलिक परिकार ढिक्री बनाउने गर्दछन। ढिक्री देवीदेउतालाई पुज्ने कार्यसँगै घरमा पाहुना लाग्न आएकालाई सुँगुरको मासु, माछासँग खान दिइने गरिन्छ। 

सुँगुर खोज्ने र मार्नेकार्य माघी पर्व आउन एक दिन अगावै गरिन्छ। त्यसलाई ‘जिता मर्ना दिन’ भन्ने गरिन्छ। यस दिन गाउँ टोलका सबै जना मिलेर सुँगुर काटने कार्य पुस्तौंदेखि गर्दै आएको भलमन्सा रामप्रसाद चौधरीले बताए।  

“सुँगुर काटनुपर्ने भएकाले त्यसको व्यवस्था गर्नमा जुटेका छौं”, उनले भने, “एक टोलका लागि सुँगुरको व्यवस्था भइसकेको छ। अर्को टोलका लागि खोज्दै छौं ।” माघी पर्व सुरु हुनु एकदिन अगावै  गाउँका थारु समुदायले सामूहिक रुपमै सुँगुर, बाख्रा, कुखुरा काटेर खाने गरिए पनि माघ महिना सुरु भएपछि कुनै पनि जनावरको बध गर्न भने बर्जित रहेको छ। माघीका लागि छोक्रा र मघौटा नृत्य टोलीको व्यवस्थापनको कार्यसमेत भइसकेको भलमन्सा चौधरीले बताए। उनका अनुसार माघको पहिलो दिन बिहानै नदी तलाउमा नुहाएर घरका ठूलावडाको आर्शिवाद लिने कार्य गरिन्छ।

“गाँउ नजिकैको नदी, तलाउ, कुवामा गै  सूर्य नउदाउँदै फूल चामल पैसा हातमा लिई नुहाइ ढुङगालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाइ भगवान महादेवको दर्शन गर्नुपर्ने हुन्छ”, उनले भने, “नदी तलाउमा नुहाएर र महादेवको दर्शन गरे वर्षभरी गरेका पापकर्म हराएर जाने जनविश्वास छ।” नुहाउने क्षेत्रमा सरसफाइ र व्यवस्थापनको कार्यमासमेत थारु समुदायका अगुवा जुटेका छन्। 

नुहाएर घर फर्केपछि दिदीबहिनी फूपु, भाञ्जाभाञ्जीका लागि पाँचदेखि सात अञ्जुली चामल, नून, खुर्सानी छुट्यार्ई यस अवसरमा निसराउ दिने चलन रहेको छ। त्यसपछि गाउँका मान्यजनबाट आर्शिवाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ।

आशिर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसी विशेष प्रकारले बनेको चामलको पिठोको ढीक्री, सुँगुरको मासु, अनदी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिएको छ। बडघरीयाको घरबाट सुरु गर्दै मघौटा छोक्रा नाच गाउँका सबैको घर घरमा भएर नाच्दै  मनोरञ्जन लिइने गरिन्छ। 

मघौटा नाचमा नाच्नेले उतानो परी आँखाको परेला र मुखबाट पैसा उठाउने कला देखाउने गर्दछन्। रोमाञ्चले भरिएको नाच हेर्नको उत्सुता यस बेला बेग्लै प्रकारको हुने गरेको छ।

माघको दोस्रो दिन गाउँका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने  विकास निर्माण, विवाह, अंशबण्डा, सामाजिक कार्यको योजाना बनाइने गरिन्छ। विगतका वर्षको योजनाको समीक्षा गरिन्छ। 

यसै दिन गाउँको योजना कार्यान्वयनको नेतृत्व लिने वडघरीयाको छनोट गरिन्छ। गाउँमा आउने रोगव्याधी, दैवी प्रकोप हटाउनका लागि धार्मिक मान्यताअनुरुप गुरुवा, गाउँमा खबर आदानप्रदानको व्यवस्था गर्न चौकिदारको छनोट गरिँदै आएको थारु अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए। 

थारु बुढापाकाका अनुसार माघी पर्वसँगै नयाँ कामको सुरुआत हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेका छन्। 

यसलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन्। थारु पात्रो अनुसार यो वर्ष थारु संवत् २६४५ रहेको छ। माघ महिनालाई थारु समुदायले शुभ महिनाका रुपमा लिने गर्दछन्। 

यस महिनामा गरिने सम्पूर्ण कार्य सफल हुने जनविश्वास लिइने गरिएको छ। माघीमा गाउँघरमा ढोग स्यावा लाग्ने, दिदीबहिनीलाई कोसेलीसहित भेट्न जाने, मघौटा नाचको आयोजना गर्ने, अंशबण्डा गरिने, गुरुवा केशौका र बडघर चुन्नेलगायत कार्य परम्परागत कालदेखि चल्दै आएको छ।


 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १३:३६
##Maghi
प्रतिक्रिया दिनुहोस्
थप समाज
गोप्य सम्बन्धमा हुने गल्ती
गोप्य सम्बन्धमा हुने गल्ती मंगलबार, फागुन १९, २०८२
घरजाने यात्रुको थामीनसक्नु घुईँचो
घरजाने यात्रुको थामीनसक्नु घुईँचो सोमबार, फागुन १८, २०८२
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ३ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः ४ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
  • नंः ५ वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा 
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्