Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचनका लागि मनोवैज्ञानिक तथा भौतिक रूपमा तयार रहन सुझाव
निर्वाचनका लागि मनोवैज्ञानिक तथा भौतिक रूपमा तयार रहन सुझाव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ १७, २०७८

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गर्नेरगराउनेतर्फ कार्य गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ।

आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन र सबै मतदाताको मताधिकार सुनिश्चित गर्न  तथा मतदानस्थल एवं केन्द्र मतदाता मैत्री बनाउन आयोगको ध्यानाकर्षण गराएको हो। 

आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यसमेतको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारी र अवसर पनि रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समयसीमाभित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरुरी रहेको बताएका हुन्। 

आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनुपर्नेमा जोड उनले आयोगको निर्वाचन व्यवस्थापनसम्बन्धी सबै पक्ष सकारात्मक रहेको उल्लेख गरेको थियो।

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गरेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधानको धारा, २९४ बमोजिम निर्वाचन आयोग, नेपालले विसं २०७७ साउन १ गतेदेखि २०७८ साल असार मसान्तसम्म सम्पादन गरेका काम कारबाहीको पन्धौँ वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको हो।

यसअघि प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचनसम्बन्धी नीति एवम् कानुनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको अवस्था, मतदाताको सङ्ख्यात्मक विवरण, राष्ट्रियसभा सदस्यको उपनिर्वाचन लगायतका विषयमा जानकारी गराए। 

उक्त अवसरमा संवैधानिक व्यवस्थाअनुसार आसन्न स्थानीय तह लगायतका निर्वाचन सञ्चालन एवम् व्यवस्थापनलाई लक्षित गरी आयोगबाट सम्पादन भएका मतदाता नामावली दर्ता, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकनलगायत विषयमा समेत प्रमुख थपलियाले जानकारी गराएको आयोगले जनाएको छ।

आयोगका तर्फबाट पेस भएको वार्षिक प्रतिवेदनमा आयोगबाट सम्पादित गरेका काम कारबाहीको सारांश, निर्वाचन आयोगसम्बन्धी व्यवस्था, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था, बैठक व्यवस्थापन, आयोगको साङ्गठनिक एवम् प्रशासकीय कार्य व्यवस्थापनसम्बन्धी विषय समेटिएको छ।

प्रतिवेदनमा योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्धका मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानुन तथा राजनीतिक दल तथा बजेट कार्यान्वयन लगायतका विषयहरू समावेश गरिएको छ।
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १९:३०
##BidyaDeviBhandari
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्