Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचनका लागि मनोवैज्ञानिक तथा भौतिक रूपमा तयार रहन सुझाव
निर्वाचनका लागि मनोवैज्ञानिक तथा भौतिक रूपमा तयार रहन सुझाव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ १७, २०७८

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गर्नेरगराउनेतर्फ कार्य गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ।

आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन र सबै मतदाताको मताधिकार सुनिश्चित गर्न  तथा मतदानस्थल एवं केन्द्र मतदाता मैत्री बनाउन आयोगको ध्यानाकर्षण गराएको हो। 

आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यसमेतको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारी र अवसर पनि रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समयसीमाभित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरुरी रहेको बताएका हुन्। 

आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनुपर्नेमा जोड उनले आयोगको निर्वाचन व्यवस्थापनसम्बन्धी सबै पक्ष सकारात्मक रहेको उल्लेख गरेको थियो।

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गरेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधानको धारा, २९४ बमोजिम निर्वाचन आयोग, नेपालले विसं २०७७ साउन १ गतेदेखि २०७८ साल असार मसान्तसम्म सम्पादन गरेका काम कारबाहीको पन्धौँ वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको हो।

यसअघि प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचनसम्बन्धी नीति एवम् कानुनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको अवस्था, मतदाताको सङ्ख्यात्मक विवरण, राष्ट्रियसभा सदस्यको उपनिर्वाचन लगायतका विषयमा जानकारी गराए। 

उक्त अवसरमा संवैधानिक व्यवस्थाअनुसार आसन्न स्थानीय तह लगायतका निर्वाचन सञ्चालन एवम् व्यवस्थापनलाई लक्षित गरी आयोगबाट सम्पादन भएका मतदाता नामावली दर्ता, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकनलगायत विषयमा समेत प्रमुख थपलियाले जानकारी गराएको आयोगले जनाएको छ।

आयोगका तर्फबाट पेस भएको वार्षिक प्रतिवेदनमा आयोगबाट सम्पादित गरेका काम कारबाहीको सारांश, निर्वाचन आयोगसम्बन्धी व्यवस्था, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था, बैठक व्यवस्थापन, आयोगको साङ्गठनिक एवम् प्रशासकीय कार्य व्यवस्थापनसम्बन्धी विषय समेटिएको छ।

प्रतिवेदनमा योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्धका मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानुन तथा राजनीतिक दल तथा बजेट कार्यान्वयन लगायतका विषयहरू समावेश गरिएको छ।
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १९:३०
##BidyaDeviBhandari
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण बुधबार, माघ १५, २०८२
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः २ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्