Top Navigation
Main Navigation
आइतबार, जेठ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, जेठ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गौरादहको बजारैमा माया लगाउँने लोकगायक ताजपुरिया 
गौरादहको बजारैमा माया लगाउँने लोकगायक ताजपुरिया 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ २६, २०७८

झापा । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन्। सहर ताक्छन्। आफ्नो संस्कृति र संस्कार बिर्सन्छन्। तर, ‘गौरादहको बजारैमा’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएको छ।

रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकास पाएपछि काठमाडौँको लामो बसाइ टुङ्ग्याएर उनी पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किए।

बुबाको पालामा बनेको झुपडी घर मक्किएको हुँदा जागिरबाट बचेको पैसाले गौरादह नगरपालिका–२ मा सानो नयाँ घर बनाए। अहिले त्यही घरमा ताजपुरिया दम्पती बस्दै आएको छ।

“धेरै गीत गाएँ, धेरै दाम चाहिँ कमाउन सकिनँ,” काठमाडौँबाट गाउँ फर्किर अवकास जीवन बिताइरहेका उनी भन्छन्, “तर धेरै नाम कमाउन पाएकोमा खुशी छु। गौरादहकै गीत गाउँदा सबैले चिने। गौरादह नै प्यारो लाग्छ।”

झापामा राजवंशी र ताजपुरिया बढी जनसङ्ख्या भएको आदिवासी समुदाय हो। उनीहरुको आफ्नै मातृभाषा, वेशभुषा र संस्कृति छ। मातृसंस्कृति जोगाउँदै उनले नेपाली भाषा र लोकलयमा गीत गाएर पुर्याएको योगदान अद्वितीय छ।

विसं २०३९ साल जेठमा अञ्चलाधीश लीलाराज बिष्ट र प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीले गीत सुनेर दिएको १२५ रुपैयाँ बोकेर गौरादहबाट काठमाडौँ पुग्नुभएका ताजपुरियाले रेडियो नेपालमा स्वर परीक्षा पास गरेलगत्तै ताजपुरिया भाषामा नेपालकै पहिलो गीत रेकर्ड गराएको थियो। 

गीतको बोल थियो– ‘कालो गेरे छोडिर देहार गथान खपा हेर्देली माई नाखत बेसान।” यसको अर्थ लाग्थ्यो– ‘काली काली भए पनि हिस्सी परेकी छौ।’ उसबेला रेडियो नेपालमा फूलबारी कार्यक्रममा भाषाभाषीको गीत बज्थ्यो। ताजपुरिया भाषाको गीत गाएको धेरैपछि मात्र उनले नेपाली लोकगीत गाउने अवसर पाए। जसको बोल थियो– ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो, कसो गरी भुल्ने होला मन उडी गयो।’

यो गीत यति लोकप्रिय बन्यो कि यसैले सीताराम ताजपुरियालाई विश्वभरिका नेपाली भाषीसामु चिनायो। यही गीतको ख्यातिका कारण २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उनले गोरखा दक्षिणबाहु पदकले विभूषित हुने अवसर पाए। रेडियो नेपालले उनलाई स्वर्ण पदक समेत दियो।

छत्तीस वर्षअघि २०४२ सालतिर ‘गौरादहको बजारैमा’ गीत रेकर्ड भएको थियो। गायक ताजपुरियाको आफ्नै रचना, स्वर र सङ्गीत मिसिएको छ उक्त गीतमा । उनका अनुसार २०३३ सालमा एसएलसीको जाँच दिएपछि यो गीतको पहिलो हरफ लेखिएको थियो। पछि पुनर्लेखन गरेर गीतलाई रेकर्ड गरिएको थियो।

गौरादहको बजारमा मायालुसँग माया साटेको भावना बोकेको उक्त गीत गाउँदा गौरादह बजारमा पुराना शैलीका झुपडी घरहरु मात्र थिए। अहिले ठूला महल र फराकिला सडकले नगरपालिकामा रूपान्तरित सहर भइसकेको छ गौरादह। 

“गौरादह र जुरोपानी गाउँ समेटेर नगरपालिका बनाउन लाग्दा गौरापानी नगरपालिका बनाउने तयारी भएको रहेछ”, उनले भने, “गौरादहको पहिचान मेटाउनु हुँदैन भनेर मैले नेताहरुलाई आग्रह गरेको थिएँ। आखिर पहिचान बाँच्यो।”

गौरादह–२ मा गौरीगञ्ज जाने सडकमै जोडिएको छ उनको घर। घरको आँगनमा रङ्गीबिरङ्गी फूल फुलेका छन्। गौरादह चोकबाट दक्षिणमा रहेको उनको घर भएको चोकको नामाकरण ‘सीताराम ताजपुरिया चोक’ राखिएको छ। चोकको नाम २०७२ सालमा राखिएको थियो।

एक तले पक्की घरको छतको बुर्जामा ‘गौरादहको बजारैमा’ ठूलो अक्षरले कुँदिएको छ। बाटो हिँड्ने जोकोहीले त्यो घर राष्ट्रिय गायक सीताराम ताजपुरियाको हो भनेर चिन्न सजिलो भएको छ। चोकको नामकरणमा स्थानीय राजनीतिक दलहरु एकमत भएका थिए।

घरभित्र भान्साबाहेकका सबै कोठा उनले पाएको तक्मा, पुरस्कार, सम्मान र कदरका प्रमाणपत्रहरुले भरिभराउ छन्। तत्कालीन राजा वीरेन्द्र र तत्कालीन सञ्चारमन्त्री शङ्कर पोखरेलको हातबाट सम्मान ग्रहण गरिरहेको तस्बीर सजाइएको छ।

सुन र चाँदीका तक्माहरु राखिएका छन्। गायक उदीतनारायण झा, कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता भुवन केसी र राजेश हमाललगायतसँग खिचेका पुराना तस्बीरहरुले उनको घरलाई सङ्ग्रहालय जस्तै बनाएको छ।

मन परेको गीत अर्कै थियो ‘गौरादहको बजारैमा’ गीतले बहुचर्चित बनाए तापनि गायकको प्रिय गीत चाहिँ अर्कै रहेछ। उनलाई सर्वाधिक मन परेको गीत यस्तो रहेछ– 

‘म आफ्नै आँखाबाट झरेको छु,
झरेको पातलाई जसले टेके पनि हुन्छ ।
म आफ्नै चिहानमा मरेको छु,
मरेको गीतलाई जसले लेखे पनि हुन्छ ।।’

उनका २०० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भइसकेका छन्। तीमध्ये धेरैजसो लोकगीत छन् भने आधुनिक र भजन गीत पनि धेरै नै छन्। “म सानैदेखि नेपाली भाषा, संस्कृति र लोकलयसँग नजिकिएको थिएँ”, आदिवासी परिवारमा जन्मेर पनि पहाडी मूलको नेपाली लोकगीतमा रुचि राख्नुको कारण बताउँदै उनले भने, “मातृभाषा चटक्कै भुलेको होइन, नेपाली भाषा बोल्ने साथीहरु मेरा धेरै थिए। उनीहरुसँगै घुलमिल धेरै थियो। त्यसको प्रभाव गीतमा पनि पर्यो।”

तराईमा जन्मी हुर्की गरेको उनको अधिकांश गीतमा भने पहाडी जनजीवन र भाका झल्किन्छ। उनको एउटा गीत यस्तो छ–

“ढाकरै बोकी ठ्याक्क ठ्याक्क
ओखलढुङ्गा चार दिनको बाटो कटारी बजार ठ्याक्क ठ्याक्क
भोकै र नाङ्गै बालबच्चा घरमा ठ्याक्क ठ्याक्क
यस्तै नै रैछ दुखिया कर्म ठ्याक्क ठ्याक्क ।”

गीत धेरै नै गाए पनि ‘गौरादहको बजारैमा’ यति धेरै प्रसिद्ध होला भनेर आफूले सुरुमा कल्पना नगरेको उनले बताए।बूढेसकालले छुन थालिसकेको छ उनलाई। मधुमेह र रक्तचापको बिरामीले च्याप्न थालेको छ। आँखाको शक्ति कम हुँदै गएको छ। शरीर कमजोर हुँदै गएको छ। तथापि विभिन्न जिल्लाबाट गीत गाउन बोलाउँदा उनी जाने गरेको छ। केही समयपछि भारतको आसाममा गीत गाउन निम्तो आएको जानकारी दिँदै जाने तयारी गरिरहेको उनले बताए। 

सीताराम ताजपुरियाले जीवनभर नेपाली साङ्गीतिक क्षेत्रको सेवा गरे। तर उनले दाम होइन, नाम कमाए। यसैमा खुशी हुनुहुन्छ उनी। “जागिरबाट बिदा भएपछि आफ्नै गाउँ गौरादह आएको छु, सानैदेखिका साथीभाइ सबै यतै छन्”, उनले भावुक हुँदै भने, “मेरो बुबा गोठालो हुनुहुन्थ्यो। अर्काको बनिबुतो गरेर हामीलाई पाल्नु हुन्थ्यो। धेरै पढाउन सक्नुभएन। तर मैले काठमाडौँ गएर गीत गाएर देशको सेवा गर्न पाएँ। गौरादहको नाम चम्काउन पाएँ।”

उनको सम्पत्तिको नाममा एक कठ्ठा जग्गा र घर छ। पत्नी लक्ष्मी ताजपुरिया पनि सङ्गीतप्रति झुकाव राख्नुहुन्छ। छोराछोरी छैनन्। बाँचुञ्जेल नेपाली सङ्गीतको सेवा गर्ने इच्छा उनले सुनाए। गौरादह नगरपालिकाले सम्मान गर्ने भएको रहेछ। पत्रकार र सङ्गीत क्षेत्रका मानिसहरु भेट्नका लागि आइरहन्छन्। यसैमा उनी सन्तुष्ट छन्। 

“कलाकारहरुलाई गहना भनेर मात्र हुँदैन”, उनले सरकारलाई सुझाव राख्दै भने, “देशको कला र संस्कृतिको जगेर्ना गर्ने कलाकारहरुको अवस्था के रहेछ भने यसो कहिलेकाहीँ सरकारले पनि हेरविचार गर्नुपर्छ।” आधुनिक सङ्गीतको नाममा पाश्चात्य संस्कृतिको अतिक्रमणले नेपाली सङ्गीतमा विकृति बढ्न थालेको उनको गुनासो छ।

 

 

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १९:५७
##SitaramTajpuriya
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ४ नेपालको गौरवमाथि सत्यगत अडान
  • नंः ५ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
विचार
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्