Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  •  ध्रुब दत्त विदेशवाट धेरै नेपाली चलचित्रमा अभिनय गर्ने पहिलो नेपाली अभिनेता
 ध्रुब दत्त विदेशवाट धेरै नेपाली चलचित्रमा अभिनय गर्ने पहिलो नेपाली अभिनेता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, मंसिर १२, २०७७

     काठमाडौं। एक व्यक्तिले एउटा पूरै चलचित्र बोक्न सक्छ भन्ने प्रयोगात्मक प्रयोग सफल भएको छ। त्यो प्रयोगात्मक चलचित्रको नाम नै शुन्य हो। सनमकुमार बैरागव्दारा निर्देशित यस चलचित्र शुन्यलाई एक्लै बोक्ने एक मात्र कलाकार ध्रुब दत्त हुन्। ध्रुब दत्तको एकल अभिनय रहेको शुन्यले व्यापक चर्चा पाएको छ।
     

 कोरोनाको महामारीका कारण विश्वभर लकडाउन भएको अवस्थामा नेपालमा प्राणभन्दा प्यारी आमाको देहान्त हुंदा बेलायतमा रहेका छोरा चाहेर पनि स्वदेश फर्कन नपाएको छट्टपट्टी र पीडालाई सर्टमूबी शुन्यमा स्वभाविक रुपमा सहज ढंगवाट प्रस्तुत गरिएको छ। त्यस गंभीर भूमिकामा स्वभाविक अभिनय गरेर एक व्यक्ति ध्रुब दत्तले अभिनय गरेर जीवन्तता प्रदान गरिदिएका छन्।

ध्रुब दत्तको यो अभिनय करियरकै स्वभाविक अभिनयलाई विश्वले तारिफ गरिरहेको अवस्था रहेको छ। मेलिना राईको गायन रहेको यो कस्तो माया बोलको गीतको भिडियोमा ध्रुब दत्तले पहिलो पल्ट एन्टी हिरोको रोलमा अभिनय गरेका छन्। यस भिडियोमा पनि गजबले जमेका छन्। यस भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन्।  जेजी प्रोडक्सनले निर्माण गरेको हो। 
   

 बेलायतमा शुन्यवाट उठेका ध्रुब दत्तले यो बर्ष एक पछि अर्को गरेर पाँच विविध भूमिकामा पाँच हिट म्युजिक भिडियोमा अभिनय गरेर अर्को चर्चा बटुलेका छन्। यसक्रममा यो हप्ता शुक्रवार रिलिज भएको डिजी प्रोडक्सनको प्रस्तुति तथा धन किरण गुरुङको शव्द, स्वर र संगीत रहेको तिमी र म बोलको म्युजिक भिडियोमा अभिनेता ध्रुब दत्तको गजबको अभिनय रहेको छ। मनमोहक अभिनयमा अभिनेता ध्रुब दत्तलाई बेलायतकै अभिनेत्री रिया लिम्बूले साथ दिएकी छन्। अल्का गुरुङ निर्माता तथा प्रभु गुरुङ निर्देशक रहेको यस भिडियो लण्डनमा नै छायाँकन गरिएको हो।
   

 बेलायत जस्तो ब्यस्त मुलुकमा विदाको दिनलाई मिलाएर कलाकारिता गर्दैआएका अभिनेता ध्रुब दत्त सानैदेखि कलाकारितामा हुरुक्क बन्दैआएका प्रतिभावान कलाकार हुन्। जसको रगतमा कलाकारिता नै बगेको छ। कलाकारिता अभिनेता ध्रुब दत्तको लागि गौरबता हो। पश्चिम नेपालको बुटवल थाकथलो रहेतापनि पूख्र्यौली पर्वतको फलेबास बताउने ध्रुब दत्त नेपाल भएको बेला पनि बेलाबखत कलाकारितामा नै व्यस्त बन्ने गरेका थिए।


     

नेपाल बसेको बेला अभिनय गरेका पैसाको धम्की लगायतका चलचित्रले ध्रुब दत्तको संघर्षको इतिहास कोरेको पाइन्छ भने, नेपालवाट हङकङ पुगेपछि हङकङका फेसन स्टेजहरुमा फेसनेबल मोडलिङ गरेर अर्को चमत्कार देखाउने कार्य पनि ध्रुब दत्तवाट भएको छ। हङकङमा झण्डै एक दशकबस्दा हङकङमा पनि बेग्लै छवि कायम गरेका ध्रुब दत्तले त्यहाँ दर्जनौ दर्जन फेसन–शोहरुमा मोडलिङ गरेका थिए।
     

हङकङवाटै निर्माण भएको नेपाली चलचित्र द प्लानमा लिडिङ रोलमा अभिनय गरेका ध्रुब दत्तको हातमा हङकङवाट बेलायत आएपछि एक अर्को गरेर चलचित्रको लर्को नै लाग्यो। अभिनेता ध्रुव दत्तले हालसम्म एक दर्जनभन्दा बढी  नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। पछिल्लो समय ध्रुव दत्तले अभिनय गरेको बीपी कोइरालाको अमरकृति बाबुराम ढकाल निर्देशित चलचित्र तीनघुम्ती व्यापक चर्चाको विषय नै बन्यो।
     

द प्लान, विष, विरताको चिनो, मृगतृष्णा, नाइन ओ क्लक, निर्दोष, आवेग, तीन घुम्ती, ह्याप्पी डेज, लिली बिली, उल्झन, हेल्लो जिन्दगी रहेको छ। सर्टमुबीमा शुन्य पछि दुई अर्को सर्टमुबी दनब र सहारामा पनि ध्रुब दत्तले अभिनय गरिसकेका छन्।
   

 त्यसपछि बेलायतमा व्यापक चर्चाको विषय बनेको ध्रुव दत्त नै नायक बनेको बेलायतको रंगमंचिय इतिहासमा बेग्लै नाम तथा सफलता कायम गर्न सफल नाटक जीगिषा नै हो। बेलायतमा नै रहेका अग्रज रंगकर्मी तथा निर्देशक सनम कुमार बैरागको लेखन तथा निर्देशनमा मंचित नाटक जीगिषामा ध्रुव दत्तको स्वभाविक अभिनयको सवैले दिल खोलेर तारिफ गरेको पाइएको छ।


   
जीगिषा ध्रुब दत्तले लाइफमा पहिलो पल्ट अभिनय गरेको पहिलो नाटक पनि हो। यसकारण अभिनय करियरको अनुपम कलाकारिताको अमिट छापका रुपमा नाटक जीगिषालाई ध्रुब दत्तले लिएका छन्। जीगिषा नाटकलाई बेलायतस्थित नेपाली राजदूतावासमा पनि देखाउने गौरबता पनि आफूहरुले पाएको त्यो क्षण तथा पललाई ध्रुब दत्तले संझेका छन्।
   

 मनैदेखि अभिनय गर्ने क्षमता बोकेका ध्रुव दत्तको नाटकमा अभिनय पहिलो प्रयास हो। यसअघि चलचित्र वाहेक नाटकमा नखेलेको बताउने उनले नाटकको टेष्ट नै बेग्लै हुने र तुरुन्तै यसको रिजल्ट पाउने भएवाट नाटक खेल्न आफू अझ हौसिएको र यो हौसला नाटककार निर्देशक सनम कुमार बैरागको अपार सपोर्टवाट पाएको उनले दिल खोलेर भनेका छन्।
   

 हालसम्म दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका अभिनेता ध्रुब दत्तले यो बर्ष बेलायत स्थित नेपाली राजदूतावासले पहिलो पल्ट आयोजना गरेको नेपाली चलचित्र महोत्समा सक्रिय अभिनेता अवार्डवाट अवार्डेट बनेका छन्।  


   
त्यस्तैगरेर, कुशल श्रेष्ठव्दारा नै निर्देशित बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गावहादुर सुवेदीको शव्द–रचना, ख्यातिप्राप्त संगीतकार आलोकश्रीको संगीत तथा मखमली स्वरकी धनी गायिका अञ्जु पन्तको गायन रहेको दुख्ने मुटुको गीतको भिडियोमा पनि स्वभाविक अभिनय गरेर ध्रुब दत्तले चर्चा बटुलेका छन्।
   

 यसको अलावा सुलभ लोहनीको स्वर तथा संगीत र मीन बानियाँको शव्द–रचना तथा अम्बर गुरुङ निर्देशक रहेको अर्काको देशमा बोलको गीतको भिडियो, सन्तकुमार राईको निर्देशन रहेको गायक राजेश पायल राई र गायिका निलम रोजु राईको गायन रहेको यति धेरै माया लाग्छ बोलको गीतको भिडियोमा पनि ध्रुब दत्तको स्वभाविक र उत्कृष्ट अभिनय रहेको छ।


 

   नाइन अ क्लक चलचित्रवाट सन् २०१४ मा इनास अवार्ड, सन् २०१७ मा चलचित्र तीनघुम्तीवाट बक्स अफिस अवार्ड, तीनघुम्तीवाटै डि सिने अवार्डवाट अवार्डेट ध्रुब दत्त सन् २०१७ मा गणतन्त्र दिवसका अवसरमा बेलायतका लागि नेपाली राजदूतावासव्दारा आयोजित टप टेन पर्सनालिटीमा पनि सेलेक्ट बनेका थिए। साथै, अभिनेता ध्रुव दत्तले नेपालमा विपदमा परेका कलाकारहरुलाई सक्दो सहयोग गरेर समाज सेवा गर्ने कार्य पनि गर्दैआएका छन्।


   
त्यसको अलावा भूकम्प पीडितहरुलाई पनि सहयोग गरेर समाज सेवी कलाकारको छवि समेत कायम गरिसकेका अभिनेता ध्रुव दत्त पत्नी रत्ना र  छोरा प्रसन्नका साथ बेलायतमा नै व्यस्त बनिरहेका छन्। बेला बेलामा नेपाल आतेजाते गर्दैगरेका ध्रुब दत्त नेपाल आमाको सेवा विदेशमा बसेर पनि गर्दैआएका छन्। विदेशमा बसेर धेरै नेपाली चलचित्र, सर्टमूबी तथा म्युजिक भिडियो खेल्ने कलाकार पनि ध्रुब दत्त नै देखिएका छन्। यो नै ध्रुब दत्तको महानता हो। अनि ठूलो सफलता हो। सन् २०२१ सालमा पनि यसरी नै अभिनय क्षेत्रमा अत्यन्त व्यस्त बनेर अगाडि बढ्ने ध्रुब दत्तको सोच र योजना रहेको छ। 
(नामी साप्ताहिकवाट साभार)

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ४ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
  • नंः ५ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्