Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गीत, सङ्गीतमार्फत निर्वाचन वातावरण बनाउँदै कलाकार
गीत, सङ्गीतमार्फत निर्वाचन वातावरण बनाउँदै कलाकार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख ३, २०७९

काठमाडौँ । यही वैशाख ३० गतेका लागि निर्धारण भएको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले प्रचार–प्रसार तीव्र पारेका छन्। 

नेपालको संविधान जारी भएपछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचन आफैँमा महत्वपूर्ण राष्ट्रिय अभियान पनि हो।

त्यही राष्ट्रिय अभियानलाई केन्द्रमा राखेर गीत–सङ्गीतका माध्यमबाट पनि जनतालाई आकर्षित गर्ने क्रम सुरु भएको छ ।

सुन्छु हल्ला फेरि पनि चुनाव आउँदैछ रे 
लेखाजोखा राख्नुपर्छ आवश्यकता परे 
अरु त के भनौँ, हाम्रालाई होइन,
राम्रालाई रोजौँ जनता आफैँ सचेत बनौ’

निर्वाचन घोषणा भएपछि लोकप्रिय कलाकार बद्री पङ्गेनी, विष्णु खत्री, सागर बिरही, अस्मिता डल्लाकोटी र यामप्रसाद निहुरेलगायतको सहकार्यमा माथिको गीत सार्वजनिक गरिएको हो। 

सो गीतमा निर्वाचनमा हाम्रालाई नभई राम्रालाई रोजेर आफ्नो गाउँ ठाउँको विकासमा केन्द्रित हुन आह्वान गरिएको छ।

गीतमा योग्य उम्मेदवारलाई मतदान गर्न अनुरोध मात्रै गरिएको छैन, ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ, आफैँ सचेत बनौँ’ भनेर मतदातालाई अनुरोधसमेत गरिएको छ। 

स्थानीय सरकार जनताको घरदैलोको सरकार पनि भएकाले योग्य र सक्षम उम्मेदवारलाई मतदान गरेमात्रै आफ्नो गाउँ ठाउँको विकास हुन्छ र समृद्धि आउँछ भन्ने चेतना गीत र सङ्गीतका माध्यमबाट फैलाउन खोजिएको छ।

त्यसो त निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक सङ्गठन र मोर्चाहरूले पनि गीत–सङ्गीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले उत्कृष्ट चुनावी गीतको श्रव्य दृश्य सामग्री बनाउनेलाई २ लाख ७५ हजार बराबरको पुरस्कार दिने घोषणा गरेको छ।

कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा उत्कृष्ट गीत, सङ्गीत तयार पार्नेलाई पुरस्कारको घोषणा गरेको हो । 

उपसमितिका संयोजक डिबी गुरुङका अनुसार चुनावी प्रचारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस्तो प्रस्ताव अगाडि सारिएको हो।

नेकपा (एमाले)ले पनि निर्वाचन केन्द्रित टिकटक बनाउनेलाई पुरस्कृत गर्ने घोषणा यसअघि नै गरिसकेको छ। सत्तारुढ नेकपा ९माओवादी केन्द्र०का तर्फबाट पनि चुनाव केन्द्रित श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको छ । 

गीत–सङ्गीतले धेरैले मन जित्न सकिने भएकाले नयाँ–नयाँ सिर्जना गरिएको माओवादीसम्वद्ध कलाकारको मत छ। लोकलयमा निर्वाचन केन्द्रित गीत सार्वजनिक गरिएको गायक चेतन गोतामेको भनाइ छ। 

कलाकार चेतन सापकोटाले पनि स्थानीय तहको निर्वाचन केन्द्रित गीत–सङ्गीत सार्वजनिक गरेको छ। गोतामेले स्थानीय निर्वाचनमा किन मतदान गर्ने भन्ने प्रश्नको उत्तर खोज्न मतदातालाई आग्रह गर्दै श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ। 

यस्तै, अर्का कलाकार नवीन खड्का र टीका पुनले पनि निर्वाचन केन्द्रित श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ।निर्वाचनलाई केन्द्रमा राखेर गायक खड्का र सूर्यकुमारी पुनको गीत पनि सार्वजनिक गरेको छ । 

माओवादीसम्वद्ध कलाकर्मीका तर्फबाट एक दर्जन बढी गीत–सङ्गीत निर्वाचनलाई नै केन्द्रमा राखेर सार्वजनिक गरिएको छ।

नेकपा (एमाले) सम्वद्ध कलाकारले पनि निर्वाचन केन्द्रित गीत–सङ्गीतको प्रयोग गरेका छन् । नवराज वली, कोमल वली, गोविन्द मधुर आचार्यलगायतले निर्वाचन सफल बनाउन सबै मतदाता लाग्नुपर्नेमा जोड दिँदै श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ । 

माधव पण्डितको शब्दमा दिनेश श्रेष्ठ, भगवान् कार्की, सुमित्रा भट्टराईलगायतले पनि  चुनावी गीत सार्वजनिक गर्नुभएको छ।

नेपाली कांग्रेसको सांस्कृतिक सङ्घमा आवद्ध कलाकारले स्थानीय निर्वाचन केन्द्रित गीत–सङ्गीत सार्वजनिक गरेका छन्। लोकप्रिय गायक विमलराज क्षेत्री र प्रिती आलेलगायतले ‘रानी फुलैमा’ बोलको श्रव्य दृश्य सामग्रीमार्फत निर्वाचनको प्रचार–प्रसार गरेको छ।

यसैगरी किरण भुजेल, अलिफ खान, सुयोग सापकोटालगायतले पनि निर्वाचन केन्द्रित गीत सार्वजनिक गरेको छ। राधिका हमाल र सुजन बराइलीको जोड पनि स्थानीय निर्वाचन सफल बनाउनेमा केन्द्रित छ। 

‘हामी आफैँ बनाउँछौँ, राम्रो हाम्रो देश’ बोलको गीत–सङ्गीतमार्फत नेकपा (एकीकृत समाजवादी)ले पनि स्थानीय निर्वाचन केन्द्रित श्रव्य दृश्य सामग्री प्रकाशित गरेको छ । अन्य राजनीतिक दल आवद्ध कलाकारले पनि आ–आफ्नै शैलीमा प्रचार–प्रसार सामग्री तयार पारेका छन्।

निर्वाचन आयोगले गीत–सङ्गीत, नाटक एवं कलाका विभिन्न स्वरुप प्रयोग गरेर निर्वाचनको वातावरण बनाउन पाउने व्यवस्था गरेको भए पनि कोही कसैप्रति आक्षेप लगाउन भने नपाउने प्रबन्ध गरेको छ । 

स्थानीय तह निर्वाचन आरसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न/नगराउन नहुने’ व्यवस्था गरेको छ।

त्यस्तै ‘स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोका माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घण्टामा बढीमा दुईपटक मात्रै प्रसारण गराउन सक्ने’ व्यवस्था आचारसंहितामा गरिएको छ ।

कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमबाट प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहने प्रावधान सञ्चारमाध्यमका हकमा समेत आकर्षित हुने गरी आचारसंहितामा समेटिएको छ ।

राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नअङ्कित जयाकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, मास्क, लकेट वा अन्य कुनै किमिसको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न नपाउने व्यवस्था गरेको छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विश्वासको संकटमा नेपालको राजनीति
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्