Top Navigation
Main Navigation
बिहीबार, वैशाख २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सर्वोच्च अदालत : ‘उच्च जोखिमका कैदीबन्दीलाई छुट दिनू’
सर्वोच्च अदालत : ‘उच्च जोखिमका कैदीबन्दीलाई छुट दिनू’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ २५, २०७७

काठमाडौ । सर्वोच्च अदालतले कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। 

न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गत साउन १९ गते जारी गरेको आदेशको आज सार्वजनिक गरिएको पूर्णपाठमा कारागारको भीडभाड कम गर्न नाजुक अवस्थाका बालबालिका, गर्भवती, दुध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्याका कैदीलाई प्राथमिकता आधारमा छुटको निर्णय गर्न भनिएको छ। 

“कैदीबन्दीको अवस्थाको अत्यन्त सतर्कतापूर्वक पहिचान गरी निजहरुको स्वास्थ्यमा हुने जोखिमतासँग कसूरको प्रकृती र सार्वजनिक सुरक्षा समेतलाई ध्यानमा राखी दुवैबीच सन्तुलन कायम गरी संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरी अहिले महामारी रोकथामको लागि नेपाल सरकारबाट आदेश तथा निर्णयहरु भैरहेको सन्दर्भ छ”, 

पूर्णपाठमा भनिएको छ, “तत्काल छोड्ने वा सजाय कम वा छुट गर्ने वा अन्य कुनै उपयुक्त विशेष निर्णय लिनको लागि निर्देशनात्मक आदेश समेत जारी गरिएको छ, प्रस्तुत रिट निवेदनमा भएका आदेशको कार्यान्वयनको स्थिति देखिने प्रतिवेदन दुई महिनाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतको अनुगमन तथा निरीक्षण महाशाखामा पठाउनू।”

सामान्य अवस्थामा पनि कारागारमा भीडभाड गरी कैदीलाई कारागारभित्र कठिन हिसाबले रहन बस्न बाध्य गर्नु उनीहरुको मानवअधिकारको साथै संवैधानिक अधिकार र कानूनी अधिकारको उल्लंघनको विषय भएको उल्लेख छ।  

महामारीमा उच्च जोखिम र असमान स्थितिमा रहेका कैदी तथा बन्दीको स्वास्थ्य र जीवनको हकको सुरक्षा गर्ने दायित्वको परिपालना गर्न गम्भीर हुनुपर्ने देखिएको फैसलामा छ । 

साथै वैकल्पिक कारागार प्रणालीको प्रयोग गर्न फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २८ को खुल्ला कारागारको व्यवस्था गर्न भनिएको छ । 

सामाजिकीकरण गराउने व्यवस्था, कैद वापत शारीरिक श्रममा लगाउन सकिने व्यवस्थाको कार्यान्वयनको निमित्त आवश्यक शर्त, प्रकृया, कार्यविधि एक महिनाभित्र तयार गर्न र  पुनस्थापना केन्द्रमा पठाउन सकिने व्यवस्थाका साथै  प्यारोलमा राख्न सकिने व्यवस्थाको कार्यान्वयनका निमित्त प्रोवेसन र प्यारोल अधिकृतले शर्त बन्देज तयार गरी एक महिनाभित्र नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरिएको छ । 

फैसलाको पूर्णपाठमा सामुदायिक सेवा गर्न आदेश दिन सक्ने, कैद सजाय निलम्वन गर्न सकिने र २७ को सप्ताहको अन्तिम दिन वा रात्रिकालिन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने व्यवस्था तत्काल कार्यान्वयन हुने प्रकृतिको भएको हुँदा आदेशको हप्तादिनभत्र राजपत्रमा सूचना प्रकाशित गर्नु भनिएको छ। 

सुधारगृहमा पठाउने विषय तत्काल कार्यान्वयनको लागि आवश्यक संरचना निर्माण व्यवस्थापनको प्रकृया अगाडि बढाउने कार्य गर्नु गराउनू भनी परमादेश जारी गरिएको छ । नख्खु कारागार परिसरभित्रकै मनोसामाजिक अस्पतालमा २० जनालाई आइसोलेसनमा राख्न सक्ने स्थान निर्धारण गरिएकोे छ । 

हालसम्म विभिन्न कारागारका २४ हजार १६३ कैदी मध्ये ५९६ जनाको पिसिआर परिक्षण गरिएकोमा ११८ पोजेटिभ रहेको, ११८ सङ्क्रमणमुक्त, ६५ उपचारार्थ रहेको र एक जनाको मृत्यु भएको जनाइएको छ।

काेराेनाभाइरस (कोभिड-१९) सङ्क्रमण बढीरहेकोले हालको प्रयास व्यवस्थापन पर्याप्त नभएको साथै सबै कारागारमा स्वास्थ्य उपचारको सहज पहुँच नभएको, स्वास्थ्यकर्मीको दरबन्दी समेत पूर्ति नभएको भन्ने महान्यायाधिवक्ता कार्यालयबाट गरिएको हिरासत तथा कारागार अनुगमन प्रतिवेदन २०७७ बाट देखिएको उल्लेख छ। 

“थुनुवा कैदीको हकमा महामारीबाट बच्न अपनाउने महत्वपूर्ण रणनीति शारीरिक दूरी र सुरक्षीत उपायसहित रोकथामको उपाय अवलम्वन गर्नुपर्ने र वैकल्पिक सुधारको दण्डप्रणाली प्रयोग गर्नुपर्ने देखिन्छ”,  पूर्णपाठमा भनिएको छ। 

कारागारमा कूल २४ हजार १६५ कैदीमध्ये ५९६ जनाको मात्र परीक्षण भएकोमा परीक्षणको दायरा बढाउन, ११८ पोजिटिभ देखिएकोमा उपचार गराइरहेको सङ्क्रमित ५० जना रहेको तर १५ मात्र आइसोलेशन बेड रहेकोले त्यसलाई बढाउनु भनिएको छ। 

फैसलामा क्वारेन्टिनको संख्या बढाउन, कैदी नभएको कारागारमा क्षमता अनुसार स्थान्तरण गर्न, सङ्क्रमितलाई हेर्ने विशेष अस्पतालमा उपचार गराउनु तथा महामारीको विस्फोटनलाई  कारागारभित्र रोक्न, सुरक्षित भई बस्न अपनाउनु पर्ने कानून तथा विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार काम गर्न भनिएको छ । 

सुधारात्मक दण्डप्रणाली अन्तर्गत वैकल्पिक कारागार प्रणालीको व्यवस्था फौजदारी न्याय प्रणालीको पाटो भएको तीन वर्ष व्यतित भैसक्दा पनि सोको कार्यान्वयनका लागि आवश्यक संरचना शर्त प्रकृया कार्यविधिको निर्माण नभएको, प्रोवेसन र प्यारोल अधिकृत नियुक्ति नभएको, वैकल्पिक कारागार प्रणाली प्रारम्भको निमित्त राजपत्रमा सूचना प्रकाशित नभएको फैसलामा छ। 

साथै अत्यन्त जोखिमका ज्येष्ठ नागरिकको जीवनको संरक्षण गर्न भनिएको छ । आदेशमा भनिएको छ, “संविधान र ऐनले गरेको व्यवस्थालाई निस्प्रवाही तुल्याउने छुट कसैलाई नहुने हुँदा यो महामारीमा उमेर, शारीरिक अवस्था, स्वास्थ्यको अवस्था आदिको कारण अत्यन्त जोखिमका ज्येष्ठ नागरिक कैदीको हकमा कैद छुटको सुविधा दिनुपर्छ।” 

केन्द्रीय कारागार काठमाडौँमा थुनामा रहेका गोपाल शिवाकोटी (चिन्तन), राम शर्मा, मानबहादुर रावत र  खिमबहादुर सुनारले दायर गरेको रिट निवेदनमाथिको सुनुवाईपछि अदालतले सो फैसला जारी गरेको छ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  २२:३२
##supremcourtofnepal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भदौ २४ को घटनामा सरकारको मौनता किन ?
भदौ २४ को घटनामा सरकारको मौनता किन ? सोमबार, वैशाख २१, २०८३
बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ? आइतबार, वैशाख २०, २०८३
सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा   
सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा    मंगलबार, वैशाख १५, २०८३
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन सोमबार, वैशाख १४, २०८३
लोकतन्त्रको यात्रा र यथार्थ
लोकतन्त्रको यात्रा र यथार्थ शुक्रबार, वैशाख ११, २०८३
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ४ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ५ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
विचार
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्