Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गणेशमान सिंहसँग सबैले सिक्नै पर्ने कुरा
गणेशमान सिंहसँग सबैले सिक्नै पर्ने कुरा
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, जेठ १४, २०७९
Ganeshman Singh Shrestha

मानव सभ्यताको प्रारम्भिककालदेखि नै हरेक मान्छे आ–आफ्नो आवश्यकताप्रति सचेत थिए भन्ने कुरा ढुङ्गे युगको ऐतिहासिक तथ्यमा आधारित गाथाहरुले प्रष्ट्याउँछ । 

मानिस जन्मदैदेखि स्वार्थको पर्याय भएर जन्मेको हुन्छ भन्ने कुरा उसमा देखिने लोभ, लालचप्रतिको लिप्तताबाट सजिलैसँग बुझ्न सकिन्छ। आवश्यकताहरु पूर्तिका लागि देखिने मान्छेको चाहनाहरुबाट उसको आत्मकेन्द्रित सोचलाई ब्याख्या गर्न खासै गार्हो हुँदैन । एउटा बालक सर्बप्रथम आमाको दुध पिउन लालायित हुनु मानिसमा आवश्यकता पूर्तिका लागि देखिने पहिलो स्वार्थको प्रारम्भिक चरण हो भने बालक हुर्कने क्रममा आवश्यकता बढ्दै जाने र बढेका आवश्यकताहरु पूर्तिका लागि निरन्तर सक्रिय रहने उसको स्वभावका कारण त झन कुनैपनि मानिसलाई निस्वार्थी भन्नु आफैमा गलत हुन जान्छ । 

गहिरो र तितोसत्य चाहिँ के हो भने संसारका कुनैपनि व्यक्तिमा स्वार्थ छैन भन्नु भनेको व्यवहारतः मानिसको आन्तरिक स्वभावलाई नै नस्वीकार्नु हो । किनभने कुनैपनि मानिसले शून्यतामा रहेर बाँच्ने आधारहरु भेट्टाउँनै सक्दैन। व्यक्तिगत अथवा सामुहिक जुनसुकै आवश्यकताको पूर्तिका लागि गरिने हरेक क्रियाकलाप स्वार्थसँगै जोडिने भएकोले स्वभाविक प्रक्रियाहरुका विरुद्ध कुनैपनि सांसारिक मान्छे जान सक्दैन। 

आध्यात्मिक रुपले ज्यादै नै मानव कल्याणका लागि समर्पित ऋषिमूनिहरुले ज्ञान प्राप्त गर्नका लागि जीवनको अधिकतम समय दिनुमा पनि ज्ञानको लालसा प्रष्टसँग झल्किन्छ । यद्यपी ज्ञान सामुहिक हित र प्रेरकका रुपमा सक्रिय हुने भएतापनि यसका लागि गरिने कठोर ध्यान तपस्या र अन्य आध्यात्मिक क्रियाकलापहरुमा पनि ठूलै मानसिक र बौद्धिक परिश्रमको आवश्यकता पर्दछ । अझ प्रष्टसँग भन्ने हो भने ज्ञानको प्राप्तिका लागि गरिने संघर्ष अन्य शारीरिक परिश्रमभन्दा ज्यादै कठोर र पीडादायी हुन्छ । 

त्यसैले पनि आफ्नो बर्चस्व बढाउन र उच्चकोटीको ज्ञानीको स्थानमा आफूलाई स्थापित गर्न जानेर वा नजानेर कुनैपनि आध्यात्मिक मार्गमा हिँडेको साधक लालायित हुने गर्दछ । जसलाई मानव हितका लागि र मानव शाखका लागि नै संघर्षरत भनिएतापनि त्यसले स्वार्थका परिधिलाई नाघ्न सक्दैन । तर मानव हित र कल्याणका लागि समर्पित कर्मबाट प्राप्त फललाई हाम्रा सनातन हिन्दूशास्त्रहरुले स्वार्थको परिभाषाभित्र पार्दैन जसलाई अन्य प्राणीहरुको हक र अधिकारमा केन्द्रित भई सोच्दा आत्मकेन्द्रित सोचको उपजको रुपमा लिनुपर्ने भएतापनि मानवताको दृष्टिले कटुसत्य नै मान्नुपर्छ । त्यस्तै ज्ञानको उच्च तहमा पुगेका संसारका कतिपय मानिसहरु त्यस्ता हुन्छन् जसले आफ्ना स्वार्थलाई शून्यतामा ढाल्न नसकेपनि ज्यादै नै न्यून बनाएर जीवनको महत्व त्यागमा देख्ने गर्छन्। 

Ganeshaman Singh1653710907.jpg

त्यागले कालान्तरमा सबैका हितका लागि नेतृत्व गर्ने कुरामा विश्वस्त हुनु भनेको पृथ्वीलोकभन्दा ज्यादै माथिको सोच हो जसले दैवीय शक्तिसँग एकाकार हुने हैसियत राख्दछ । निस्वार्थताकासाथ गरिने कुनैपनि क्रियाकलापमा देवताको बास हुन्छ। 

हामीले विश्वमा सबैभन्दा ठूलो र पूर्ण त्यागको उदाहरण दिँदा राजकुमार सिद्धार्थ गौतम बुद्धको राजदरबार त्यागलाई नै मान्नु पर्ने हुन्छ। भौतिक विलासीताले दिने क्षणीक शारीरिक आनन्दका कारण भौतिकताको त्याग विना वैराग्यता आउँदैन र वैराग्यता विना ज्ञान प्राप्त हुन सक्दैन भन्ने तत्व ज्ञानलाई अनुशरण गरेर बुद्ध भगवानले राजदरबार त्यागेर राजा भएर ऐस आरामकासाथ बस्न पाउँने अवशरलाई तिलाञ्जली दिनु भएको हो। जुन स्वार्थ र भौतिक विलासितामा लिप्त विश्वका सम्पूर्ण मानवजातीका लागि एउटा गहकिलो थप्पड बन्यो तर आम रुपले स्वभाविक मानिएको सुविधा र आनन्दको लागि जीवनलाई लक्षित गर्ने सांसारिक मान्छेका लागि बुद्ध भगवानको त्यागले वास्तविक आनन्दको खोजी गर्न सबैलाई प्रेरित गरेता पनि सामान्यभन्दा पनि सामान्य ज्ञानबाट व्यवहारतः बञ्चित प्रायः सांसारिक मान्छेले त्यसलाई महसुस गरेको पाइँदैन । जसको फलस्वरुप प्राय मानिसहरुमा पद प्रतिष्ठा र धनको लोभ सजिलै देख्न सकिन्छ। 

जसरी भगवान गौतम बुद्धले त्यागको महत्वलाई संसारभरि ज्ञानको प्राप्तिद्वारा पुष्टि गर्नुभयो त्यसरी नै विश्वका अन्य केहि मानिसहरुले पनि बुद्ध भगवानको तुलनामा त्याग गर्न नसकेपनि लालसी मानिसहरुको संख्या अधिकतम् भएको विश्वसमुदायमा आफूलाई पृथक बनाएर मानवताको प्रतिकका रुपमा त्यागको उदाहरण बन्न सफल भएका छन्। जसमध्ये हाम्रो देश नेपालमा पनि एउटा त्यस्तो मान्छेको जन्म भयो जसले प्रधानमन्त्री जस्तो मुलुकको सबैभन्दा उच्च पद त्यागेर संसारभरि त्यागको महत्वलाई दर्शाउन सफल भए । 

प्रष्ट र सत्य बोल्ने अनि निस्वार्थताका कारण स्वर्गिय गणेशमान सिंहले नेपालमा प्रधानमन्त्री हुने अवसरलाई यस्तो स्वार्थ विना एक कदम नहिँड्ने संस्कार व्याप्त भएको संसारमा त्याग्नु भनेको बुद्धकै पदचापलाई अनुशरण गर्नु हो।इन्द्रियहरुको वशमा परेको र दैवीय गुण नभएको व्यक्तिले कहिल्यै पनि त्यागको महत्व महसूस गर्न सक्दैन। यो लेखको प्रारम्भिक चरणदेखि नै विशेष गरि निस्वार्थताको मुहान ज्ञान नै हो र दैवीय क्रियाकलाप स्वार्थमा नरहि निस्वार्थतामा क्रियाशील हुन्छ भन्ने कुरामा जोड यो पंक्तिकारले दिँदै आएको छ। जुन शतप्रतिशत सत्य पनि हो।स्वभाविक रुपले मान्छे आनन्द सुविधा र मानसम्मानमा आफूलाई भुलाउन चाहन्छ । तर संसारमा केही त्यस्ता व्यक्ति हुन्छन् जो लोभ लालचभन्दा धेरै माथि हुन्छन् र जीवनको औचित्य र महत्व जीवनयापनमा दिन्छन् जीवनस्तरमा होइन जसका कारण उनीहरुको जीवनलाई हेर्ने दृष्टिकोण आध्यात्मिक संसारको दर्शनसँग जोडिएको हुन्छ। ठीक त्यस्तैगरी नेपालका सर्वमान्य नेता स्वर्गिय गणेशमान सिंहले आफूलाई लोभ लालच र मानसम्मानमा निहित नराखी आफ्नो दैवीय गुणलाई प्रतिष्थापित गरिदिए । 

आज पद र प्रतिष्ठाको लागि सिद्धान्त र नैतिकता बेच्नेदेखि लिएर जेपनि गर्न तयार हुने संस्कार दिनदिनै बढ्दै गइरहेको हाम्रो देशमा २०४६ सालको जनआन्दोलनका कमाण्डर स्वर्गिय गणेशमान सिंहले हिँडेको बाटोलाई सबैले पछ्याउन सकेको भए पद प्राप्तिका लागि हुने गरेको असोच्छ प्रतिष्पर्धामा न्यूनिकरण भइ विसंगति र विकृतिको पराकाष्ठालाई हामी सबैले हेरेर नैराश्यताको खाडलमा पुरिन पर्ने थिएन। 

यसरी स्वर्गिय गणेशमान सिंहले झैं जीवनको तत्व ज्ञानलाई हामी सबैले ग्रहण गर्न सके पद र प्रतिष्ठाको लागि लुच्छाचुँडी गर्ने, पाषाँण मनोवृत्तिको अन्त्य भई हामी सबैको घैँटोमा घाम लागेर हाम्रो देशले पनि राजनीतिक स्थिरताका कारण अन्य विकसित मुलुक झैं उन्नतीको शिखरमा चढ्न सक्ने थिया्े। 

सबैलाई चेतना भया... 

-नामी साप्ताहिकबाट साभार

  
    
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०९:२६
##GaneshmanSinghShrestha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्