Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
विदुर कटुवाल
विदुर कटुवाल आइतबार, जेठ १०, २०८३

काठमाडाैं । कुनै समय नेकपा एमालेभित्र ‘विकल्पविहीन नेता’ का रूपमा स्थापित भएका अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै पार्टीभित्र गम्भीर नैतिक र राजनीतिक संकटमा देखिएका छन् । गत मंसिरमा सम्पन्न महाधिवेशनबाट आफ्नो पक्षको लगभग पूर्ण वर्चस्व स्थापित गरेका ओली केवल छ महिनामै पदाधिकारी तहमा अल्पमतमा पर्नु सामान्य घटना होइन । यो एमालेभित्र वर्षौँदेखि दबिएको असन्तोषको विस्फोट हो । जसले पार्टीभित्र नेतृत्व, कार्यशैली र भविष्यबारे गम्भीर प्रश्न उठाएको छ । 

एमाले सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले नेतृत्व पुनर्गठनको माग उठाउनु एउटा आकस्मिक प्रतिक्रिया होइन, बरु लामो समयदेखि सञ्चित असन्तोषको अभिव्यक्ति हो । अझ विडम्बना त के छ भने, ओलीविरुद्ध खुलेका आवाज विपक्षी धारबाट होइन, उनीकै राजनीतिक संरक्षणमा माथि उठेका नेताहरूबाट आएका छन् । यसले एमालेभित्र नेतृत्वमाथिको विश्वास तीव्र रूपमा खस्किएको संकेत गर्छ । 

मंसिरको महाधिवेशनलाई सम्झिने हो भने त्यो केवल नेतृत्व चयन थिएन । ओली नेतृत्वको पूर्ण संस्थागत कब्जाको प्रक्रिया थियो । १९ सदस्यीय पदाधिकारीमध्ये दुईजनाबाहेक सबै ओली निकटका नेता निर्वाचित भएका थिए । महाधिवेशनपछि एमाले व्यवहारतः सामूहिक नेतृत्वभन्दा अध्यक्षकेन्द्रित संरचनामा रूपान्तरित भएको थियो । आलोचकहरूले त्यतिबेलै भनेका थिए–एमाले पार्टी कम, व्यक्ति–निर्भर संरचना बढी बन्दैछ ।’  अहिलेको संकटले त्यो टिप्पणी गलत थिएन भन्ने देखाएको छ ।

पार्टीभित्र असन्तोषको मूल कारण केवल चुनावी हार होइन । हार त एउटा बहाना मात्र होस् । वास्तविक समस्या नेतृत्व शैलीमा छ । एमालेभित्र लामो समयदेखि निर्णय प्रक्रिया सीमित घेराभित्र केन्द्रित हुँदै गयो । आलोचनालाई असहमति होइन, चुनौतीका रूपमा हेर्ने संस्कार विकसित भयो । फरक मत राख्ने नेताहरू क्रमशः किनारामा पारिए । पार्टीको विचार, नीति र संगठनभन्दा नेतृत्वको इच्छा नै अन्तिम निर्णय बन्न थालेपछि एमालेभित्र लोकतान्त्रिक संस्कृतिमा क्रमशः क्षय आयो ।

गत फागुन २१ को निर्वाचन परिणामले त्यो संकटलाई सतहमा ल्यायो । जुन पार्टी आफूलाई अझै पनि ‘सबैभन्दा बलियो शक्ति’ का रूपमा प्रस्तुत गरिरहेको थियो । उसले अप्रत्याशित हार बेहोरेपछि स्वाभाविक रूपमा जिम्मेवारीको प्रश्न उठ्यो । तर समस्या यतिमै सीमित रहेन । युवापुस्तामाझ बढ्दो निराशा, जेन–जी आन्दोलनप्रतिको कमजोर राजनीतिक प्रतिक्रिया, संगठनभित्र देखिएको निष्क्रियता र जनमतमा आएको गिरावटले एमालेभित्र नेतृत्व पुनर्विचारको बहसलाई तीव्र बनाउँदै लग्यो ।

यसै सन्दर्भमा एमाले सचिवालय बैठकमा उठेको ‘पुनर्गठन’ को मुद्दा वास्तवमा नेतृत्व परिवर्तनकै संकेत हो । नेताहरूले सीधै ‘राजीनामा दिनुस्’ भन्न थालेपछि ओलीको राजनीतिक धरातल कमजोर बनेको प्रष्ट देखिन्छ । सबैभन्दा अर्थपूर्ण पक्ष महासचिव शंकर पोखरेलको  भूमिकामा देखिएको परिवर्तन हो । झन्डै तीन दशकदेखि ओलीका विश्वासपात्र मानिएका पोखरेलले नै अब पार्टी यथास्थितिमा अघि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुग्नु गहिरो संकट हो । ओलीको राजनीतिक यात्रामा पोखरेल केवल सहकर्मी होइनन्, रणनीतिक साझेदार पनि हुन् । त्यस्तो नेता नै विकल्पको पक्षमा उभिनु भनेको ओलीमाथिको आन्तरिक भरोसा कमजोर भइसकेको प्रष्ट प्रमाण हो । 

उपमहासचिव योगेश भट्टराईको भनाइ अझ स्पष्ट छ–‘अब तपाईंबाट पार्टी चल्दैन ।’ एमालेभित्र केही वर्षअघिसम्म यस्तो वाक्य सार्वजनिक बैठकमा बोलिनु कल्पनाभन्दा बाहिरको कुरा थियो । यसले के देखाउँछ भने, अब डरको राजनीति कमजोर हुँदै गएको छ र असन्तोष संगठित रूपमा अभिव्यक्त हुन थालेको छ । चार उपाध्यक्षसम्म पुनर्गठनको पक्षमा उभिनु ओलीका लागि अझ ठूलो धक्का हो । जसले महाधिवेशनमा उनको पक्षमा खुलेर काम गरेका थिए, तिनै नेताहरू अहिले नेतृत्व परिवर्तनको संकेत गर्न थालेका छन् । यसको अर्थ एमालेभित्र समस्या केवल विपक्षी गुटको असन्तुष्टि होइन, केन्द्रमै नेतृत्व क्षमतामाथि प्रश्न उठेको अवस्था हो ।

ओली अल्पमतमा पुग्नुको अर्को कारण उनको राजनीतिक व्यवहार पनि हो । उनी प्रायः आक्रामक, एकल निर्णयकर्ता र आलोचनाप्रति असहिष्णु नेताका रूपमा चिनिन्छन् । सरकारमा हुँदा होस् वा पार्टीभित्र, आलोचनालाई षड्यन्त्र वा अयोग्यताका रूपमा व्याख्या गर्ने शैलीले अल्पकालीन नियन्त्रण त दियो, तर दीर्घकालीन विश्वास निर्माण गर्न सकेन । अहिले त्यही शैली उल्टो बोझ बनेको देखिन्छ ।

शनिबारको सचिवालय बैठकमा ओलीले मलाई सम्झाउनेतर्फ नलाग्नुस् भन्दै नेतृत्व नछाड्ने अडान दोहोर्‍याउनु पनि समस्या समाधानभन्दा शक्ति कायम राख्ने मनोविज्ञानकै निरन्तरता देखिन्छ । बैठकमा अरू नेताहरू बोलिरहँदा हस्तक्षेप गर्न खोजेपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिवाद गर्नु एमालेभित्र बढ्दो असन्तोषको प्रतीकात्मक दृश्य बन्यो ।

अर्कोतर्फ ओली पक्षधरहरू भने नेतृत्व परिवर्तनले पार्टीलाई थप संकटमा धकेल्ने तर्क गरिरहेका छन् । सचिव महेश बस्नेतले अध्यक्षको विकल्प खोज्नु अपराधसरह भएको बताएका छन् । तर प्रश्न उठ्छ–यदि हार, संगठनात्मक क्षय, जनाधार कमजोर हुनु र पार्टीभित्र व्यापक असन्तोषका बाबजुद पनि नेतृत्वको समीक्षा गर्न नपाइने हो भने पार्टीभित्र लोकतान्त्रिक अभ्यासको अर्थ के रहन्छ ?

राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन कुनै दुर्घटना होइन, संस्थागत परिपक्वताको संकेत हो । तर एमालेमा लामो समयदेखि नेतृत्वलाई आलोचनाभन्दा माथि राख्ने संस्कार विकसित भयो । जसले गर्दा अहिले नेतृत्व परिवर्तनको सामान्य बहससमेत विद्रोह जस्तो देखिन थालेको छ ।

एमाले अहिले निर्णायक मोडमा छ । एउटा पक्ष अझै पनि ओलीबिनाको एमाले कमजोर हुन्छ भन्ने तर्कमा अडिएको छ । अर्को पक्ष भने ओलीकै कारण एमाले क्रमशः रक्षात्मक, संकुचित र जनताबाट टाढिँदै गएको निष्कर्षमा पुगेको देखिन्छ । यदि सचिवालयमै ओली अल्पमतमा परेका हुन् भने आगामी केन्द्रीय कमिटी बैठकले यो संकटलाई अझ तीव्र बनाउन सक्छ । त्यहाँ पनि बहुमत पुनर्गठनको पक्षमा देखिए ओलीका लागि केवल राजनीतिक होइन, नैतिक संकट पनि गहिरिनेछ ।

राजनीतिमा सबैभन्दा जोखिमपूर्ण अवस्था तब आउँछ, जब नेता आफ्नो प्रभावलाई स्थायी ठान्न थाल्छ । एमालेभित्र अहिले देखिएको संकटले त्यही चेतावनी दिएको छ । प्रश्न अब केवल ओली नेतृत्वको होइन, एमालेको राजनीतिक संस्कारको हो ? के पार्टी अझै व्यक्तिकेन्द्रित नियन्त्रणमै चल्नेछ, वा संस्थागत पुनर्गठनको बाटो रोज्नेछ ? एमालेको आगामी दिशा यही प्रश्नको उत्तरले निर्धारण गर्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ रूम नं १९४
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्