Top Navigation
Main Navigation
सोमबार, फागुन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, फागुन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • पोखरामा ४ देशीय ‘पोखरा आर्ट क्याम्प’ 
पोखरामा ४ देशीय ‘पोखरा आर्ट क्याम्प’ 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २२, २०७९
Pokhara Art Camp

काठमाडौ । पोखरामा चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’ मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै १०० कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको हो।  

कोभिड-१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो । 

महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो । यसका कारण कला पर्यटन ठप्प हुन पुगेको थियो । 

अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापीरूपमा पुर्याउने प्रयास थालिएको आयोजक समितिका संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिएका हुन्। 

‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुकुमार श्रेष्ठले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बर भूमि र हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान भएको जानकारी दिए। 

सदस्यसचिव श्रेष्ठका अनुसार आठ हजारमाथिका तीन वटा हिमाल एकसाथ देखिने गण्डकी प्रदेशको राजधानी पोखरा हो। उनले पोखरा आर्ट क्याम्पमार्फÞत गण्डकीको सुन्दरता विश्वभर पुर्याउने अभियानमा सहभागी हुन पााएकामा खुसी व्यक्त गरेका छन्। 

ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ।

पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा ओजना गर्ने जनाइएको छ। 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १०:२६
##PokharaArtCamp
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्