Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मातृभाषामा निर्मित चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नु पर्नेमा जोड
मातृभाषामा निर्मित चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नु पर्नेमा जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २२, २०७९
matribhasha film

ललितपुर । आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेवाः फिल्म सोसाईटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै रुपमा नीति लाद्न नहुनेमा जोड दिएको हो ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले महासंघकै पहलमा राज्यले बनाएको चलचित्र ऐनमा आदिवासी जनजातिको प्रतिनिधित्त्व सुनिश्चित बनाउन सकेको बताएका छन्।

matribhasha film1657129212.jpg

‘विगतमा राज्यले मातृभाषी चलचित्रलाई देख्दैनथियो, तर अहिले महासंघकै पहल र सक्रियतामा राज्यका चलचित्र सम्वन्धि विभिन्न योजना वा ऐन निर्माण गर्दा जनजाति चलचित्रकर्मीलाई पनि आवद्ध गराउन थालिएको छ’ सुनुवारले भने।

मातृभाषी चलचित्रको निर्माण इजाजत प्राप्त गर्न चलचित्र विकास बोर्डबाट केही सहुलियत सुविधा पाइएता पनि सेन्सर लगायतका प्रक्रिया अझै झन्झटिलो रहेको सुनुवारले बताएका थिए।

यस सम्वन्धमा छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्ड गठन गर्न अथवा हालको सेन्सर बोर्डमा मातृभाषी चलचित्रको लागि छुट्टै ढाँचा बनाउन आफुहरुले माग गर्दै आएको सुनुवारले जानकारी गराएका थिए।

अहिलेको समयमा जनजाति चलचित्रको निर्माणको संख्या बढे पनि लगानी उठाउन ठूलो समस्या रहेको उनले बताएका थिए।

नेवाः फिल्म सोसाईटीले असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा ३ दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको आयोजना गरेको थियो ।

matribhasha film2jpg1657129485.jpg

ललितपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यशालाको समापन गरिएको थियो । उक्त समारोहमा बोल्दै सोसाईटीका अध्यक्ष विराजकाजी राजोपाध्यायले युवाहरु लक्षित यस्ता कार्यक्रमले युवाहरुलाई आदिवासी चलचित्र तर्फ आकर्षित गर्दै आफ्नो कला र आदिवासी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने अध्यक्ष राजोपाध्यायले जानकारी गराएका थिए।

सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरेका थिए ।

आयोजित तीन दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक विशाल राजभण्डारीले भिडियोग्राफीका विविध विषयमा प्रशिक्षण दिएको थियो।

समापन समारोहमा महासंघका अध्यक्ष सुनुवारले कार्यशालाका सहभागी साथै प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  २३:२२
##film
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्