Top Navigation
Main Navigation
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मातृभाषामा निर्मित चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नु पर्नेमा जोड
मातृभाषामा निर्मित चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नु पर्नेमा जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २२, २०७९
matribhasha film

ललितपुर । आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेवाः फिल्म सोसाईटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै रुपमा नीति लाद्न नहुनेमा जोड दिएको हो ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले महासंघकै पहलमा राज्यले बनाएको चलचित्र ऐनमा आदिवासी जनजातिको प्रतिनिधित्त्व सुनिश्चित बनाउन सकेको बताएका छन्।

matribhasha film1657129212.jpg

‘विगतमा राज्यले मातृभाषी चलचित्रलाई देख्दैनथियो, तर अहिले महासंघकै पहल र सक्रियतामा राज्यका चलचित्र सम्वन्धि विभिन्न योजना वा ऐन निर्माण गर्दा जनजाति चलचित्रकर्मीलाई पनि आवद्ध गराउन थालिएको छ’ सुनुवारले भने।

मातृभाषी चलचित्रको निर्माण इजाजत प्राप्त गर्न चलचित्र विकास बोर्डबाट केही सहुलियत सुविधा पाइएता पनि सेन्सर लगायतका प्रक्रिया अझै झन्झटिलो रहेको सुनुवारले बताएका थिए।

यस सम्वन्धमा छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्ड गठन गर्न अथवा हालको सेन्सर बोर्डमा मातृभाषी चलचित्रको लागि छुट्टै ढाँचा बनाउन आफुहरुले माग गर्दै आएको सुनुवारले जानकारी गराएका थिए।

अहिलेको समयमा जनजाति चलचित्रको निर्माणको संख्या बढे पनि लगानी उठाउन ठूलो समस्या रहेको उनले बताएका थिए।

नेवाः फिल्म सोसाईटीले असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा ३ दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको आयोजना गरेको थियो ।

matribhasha film2jpg1657129485.jpg

ललितपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यशालाको समापन गरिएको थियो । उक्त समारोहमा बोल्दै सोसाईटीका अध्यक्ष विराजकाजी राजोपाध्यायले युवाहरु लक्षित यस्ता कार्यक्रमले युवाहरुलाई आदिवासी चलचित्र तर्फ आकर्षित गर्दै आफ्नो कला र आदिवासी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने अध्यक्ष राजोपाध्यायले जानकारी गराएका थिए।

सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरेका थिए ।

आयोजित तीन दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक विशाल राजभण्डारीले भिडियोग्राफीका विविध विषयमा प्रशिक्षण दिएको थियो।

समापन समारोहमा महासंघका अध्यक्ष सुनुवारले कार्यशालाका सहभागी साथै प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  २३:२२
##film
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः २ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ३ आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
  • नंः ४ उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
  • नंः ५ ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्