Top Navigation
Main Navigation
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सीमानामा काँडेतार र चलचित्र 'काँडेतार' का सम्बन्धमा अन्तर्क्रियात्मक कार्यक्रम 
सीमानामा काँडेतार र चलचित्र 'काँडेतार' का सम्बन्धमा अन्तर्क्रियात्मक कार्यक्रम 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन १, २०७९
Film Kandetar

काठमाडौं । 'सीमानामा काँडेतार अभियान' र राष्ट्रिय भावधारामा निर्मित चलचित्र 'काँडेतार' का सम्बन्धमा काठमाडौमा आयोजित एक अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्क्रियात्मक कार्यक्रम समारोहमा 'सीमानामा काँडेतार अभियान' का संयोजक तथा चलचित्र 'काँडेतार' का निर्माता एवम् नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताएको हो ।

kandetar11658072096.jpg

अभियानका संयोजक, चलचित्र निर्देशक तथा राष्ट्रवादी नायक खड्काले प्रस्ताव पेश गर्दै चलचित्रको निर्माण टिमले विभिन्न राजनैतिक विद्यार्थी संगठनका अध्यक्षहरुसँग छलफल गरि नेपालका लागि खुला सीमाना घातक भएको बताएका हुन्।

Nepal Oil Corporation

"काँडेतार चलचित्रमार्फत हामीले सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले चलचित्रमार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ निर्माता एवम् नायक खड्काले भने ।

kandetar21658072158.jpgमुलुकमा देशभक्तिपूर्ण भावनामा बनेका चलचित्र रक्षात्मक स्थितिमा पुगेको वताउँदै भन्दै नायक खड्काले बजारिया चलचित्रको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताउँदै हलिउड र बलिउडले चलचित्रको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप समेत लगाएका छन् ।

अन्तर्क्रियात्मक कार्यक्रम समारोहमा नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले चलचित्रले गरेको सीमानामा काँडेतार प्रस्ताव आमनागरिकसामु आएको चुनौती र यसको निर्णय जनताले नै गर्ने बताएका थिए ।

अध्यक्ष पोखरेलले राष्ट्रियताको प्रवद्र्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको बताउँदै सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने उनले बताएका थिए ।

अनेरास्ववियू अध्यक्ष सुनिता बरालले चलचित्रले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको स्वतस्फूर्त समर्थन रहेको जनाउँदै उनले भनिन, ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ। ‘राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’

अनेरास्ववियू अध्यक्ष बरालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा अघि बढ्न पनि नागरिकलाई सचेत तुल्याउनु पर्ने वताउँदै उनले एकजुट भए मात्र यस्तो अभियान सम्भव हुने बताएकी थिइन् ।

kandetar1658072206.jpg

त्यस्तै, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नु पर्ने वताउँदै काँडेतार अभियानमा संगठनको साथ सधैभरी रहने बताएकी थिइन् भने बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्नेमा समेत उनले जिकिर गरेकी थिइन् ।

सोही क्रममा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताउँदै भने, ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो । सीमाको मुद्दामा पनि सबै जना एकजुट हुनुपर्छ,’ उनले भने, ‘यी मुद्दामा नेविसंघ सहकार्य गर्न तयार छ।’

त्यस्तै, आयोजित कार्यक्रमका समारोहस्थलमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सत्यकला राईको कार्यकारी निर्माण रहेको चलचित्र काँडेतारमा नायक नवल खड्का लगायत कलाकारहरुमा गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा,रोमियन लिम्बू लगायतको मुख्य भूमिका रहेको छ।

चलचित्र काँडेतार अब चाँडै प्रदर्शनको तीव्र तयारीमा रहेको छ । चलचित्र काँडेतारले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई जोडदार रुपमा आवाज उठाएको छ भने नायक खड्काले यसअघि माया बसेछ, क्रान्ति, आवाज, दशगजा र भीमदत्त जस्ता देशभक्तिपूर्ण चलचित्र  निर्माण गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २०:३९
##Kandetar
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक आइतबार, साउन १२, २०८२
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक सोमबार, साउन ६, २०८२
दिदीभाइको कथानकतामा गजबको गीत  सार्वजनिक
दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक शनिबार, असार २१, २०८२
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा बुधबार, असार १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
विचार
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्