Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सीमानामा काँडेतार र चलचित्र 'काँडेतार' का सम्बन्धमा अन्तर्क्रियात्मक कार्यक्रम 
सीमानामा काँडेतार र चलचित्र 'काँडेतार' का सम्बन्धमा अन्तर्क्रियात्मक कार्यक्रम 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन १, २०७९
Film Kandetar

काठमाडौं । 'सीमानामा काँडेतार अभियान' र राष्ट्रिय भावधारामा निर्मित चलचित्र 'काँडेतार' का सम्बन्धमा काठमाडौमा आयोजित एक अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्क्रियात्मक कार्यक्रम समारोहमा 'सीमानामा काँडेतार अभियान' का संयोजक तथा चलचित्र 'काँडेतार' का निर्माता एवम् नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताएको हो ।

kandetar11658072096.jpg

अभियानका संयोजक, चलचित्र निर्देशक तथा राष्ट्रवादी नायक खड्काले प्रस्ताव पेश गर्दै चलचित्रको निर्माण टिमले विभिन्न राजनैतिक विद्यार्थी संगठनका अध्यक्षहरुसँग छलफल गरि नेपालका लागि खुला सीमाना घातक भएको बताएका हुन्।

"काँडेतार चलचित्रमार्फत हामीले सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले चलचित्रमार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ निर्माता एवम् नायक खड्काले भने ।

kandetar21658072158.jpgमुलुकमा देशभक्तिपूर्ण भावनामा बनेका चलचित्र रक्षात्मक स्थितिमा पुगेको वताउँदै भन्दै नायक खड्काले बजारिया चलचित्रको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताउँदै हलिउड र बलिउडले चलचित्रको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप समेत लगाएका छन् ।

अन्तर्क्रियात्मक कार्यक्रम समारोहमा नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले चलचित्रले गरेको सीमानामा काँडेतार प्रस्ताव आमनागरिकसामु आएको चुनौती र यसको निर्णय जनताले नै गर्ने बताएका थिए ।

अध्यक्ष पोखरेलले राष्ट्रियताको प्रवद्र्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको बताउँदै सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने उनले बताएका थिए ।

अनेरास्ववियू अध्यक्ष सुनिता बरालले चलचित्रले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको स्वतस्फूर्त समर्थन रहेको जनाउँदै उनले भनिन, ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ। ‘राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’

अनेरास्ववियू अध्यक्ष बरालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा अघि बढ्न पनि नागरिकलाई सचेत तुल्याउनु पर्ने वताउँदै उनले एकजुट भए मात्र यस्तो अभियान सम्भव हुने बताएकी थिइन् ।

kandetar1658072206.jpg

त्यस्तै, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नु पर्ने वताउँदै काँडेतार अभियानमा संगठनको साथ सधैभरी रहने बताएकी थिइन् भने बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्नेमा समेत उनले जिकिर गरेकी थिइन् ।

सोही क्रममा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताउँदै भने, ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो । सीमाको मुद्दामा पनि सबै जना एकजुट हुनुपर्छ,’ उनले भने, ‘यी मुद्दामा नेविसंघ सहकार्य गर्न तयार छ।’

त्यस्तै, आयोजित कार्यक्रमका समारोहस्थलमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सत्यकला राईको कार्यकारी निर्माण रहेको चलचित्र काँडेतारमा नायक नवल खड्का लगायत कलाकारहरुमा गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा,रोमियन लिम्बू लगायतको मुख्य भूमिका रहेको छ।

चलचित्र काँडेतार अब चाँडै प्रदर्शनको तीव्र तयारीमा रहेको छ । चलचित्र काँडेतारले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई जोडदार रुपमा आवाज उठाएको छ भने नायक खड्काले यसअघि माया बसेछ, क्रान्ति, आवाज, दशगजा र भीमदत्त जस्ता देशभक्तिपूर्ण चलचित्र  निर्माण गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २०:३९
##Kandetar
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्